१३ मंसिर २०८०, बुधबार
29-11-2023 , Wed
×

मोरङ कारागारका कैदीबन्दी आन्दोलित

जेलर धुब्रप्रसाद कोइरालाले हरेक चिजमा नजरना मागेको आरोप
Logo
नमो अनलाईन प्रकाशित सोमबार, जेठ ०१, २०८०

हरिनगर । मोरङ कारागारका कैदीबन्दी आन्दोलित भएका छन् । जेलर धुब्रप्रसाद कोइरालाले आफुहरूलाई अनावश्यक दुःख दिने गरेको भन्दै उनीहरू आन्दोलित भएका हुन् ।

विरामी भएर उपचारमा जान खोज्दा समेत कोइरालाले रकम माग्ने, नदिएमा उपचारका लागि जान समेत नदिने गरेको उनीहरूले बताएका छन् । सोमबार कारागारका कैदीबन्दीले टाउकोमा कालो पट्टी बाँधेर कोइरालाविरुद्ध आन्दोलित भएका हुन् ।

उनीहरूले ‘घुसखोर, भ्रष्ट्राचारी, कमिसनखोर जेलर चाहिँदैन’, ‘उपभोग्य बस्तु खरिद गर्न चौकीदारलाई बाहिर जान दिनैपर्छ’, ‘मोरङ कारागारबाट भ्रष्ट्राचार जेलरको तत्काल सरुवा गर’, ‘कारागारभित्र आउने र कारागारबाट जाने उपभोग्य बस्तुमा जेलरले कमिसन माग्न पाइँदैन’, ‘उपचार गर्न जाँदा रकम माग्न पाईँदैन’ लगायतका नारा लेखिएका प्लेकार्ड पनि लगाएका छन् ।

केहीदिन अगाडी १२ जना कैदीबन्दीहरूले उपचारको लागि सहजिकरण गरिदिन माग राख्दै मानव अधिकार आयोग, नेपाल पत्रकार महासंघ कोशी प्रदेशसहित आधा दर्जन बढी निकायमा पत्र पठाएका थए ।

पुर्पक्षका लागि मोरङ कारागारमा रहेका शेहँसा सिद्दिकी ९अव्दुल खताव०, रफुल मियाँ, दिपक दास, बलबहादुर नेपाल, ओम प्रकाश मण्डल, अक्षय मण्डल, साहिद मियाँ, काजीमान पुरी, शक्ति मण्डल, मो जहाँगिर लगायतले बारम्बार कारागार प्रशासनलाई चिठ्ठी पठाउँदा समेत जेलर कोइरालाले कुनै हस्पिटल जान नदिएको भन्दै उनीहरूले आधा दर्जन बढी निकायमा पत्र पठाएका थिए ।

उनीहरूले पठाएको पत्रमा ‘कारागार प्रसाशनले उपचारका लागि पत्र दिएता पनी रकम नबुझाए पछी जेलरले हस्ताक्षर गर्दैनन् । उपचार गर्नका लागि जान पटक पटक पत्र पठाएता पनी रकम माग्ने गरेको र नदिए सम्म उपचारमा जान नपाउने गरेका छौं’ भनि लेखिएको थियो ।

यता मोरङ कारागारका जेलर कोइरालाले भने यस विषयमा आफुलाई जानकारी नभएको बताएका छन् । यो विषयमा खुलेर बोल्न नचाहेका उनले कैदीबन्दी आन्दोलित भएको विषयमा पनि बोल्न चाहेनन् ।

उनले कैदीबन्दीलाई स्वास्थ्यमा समस्या देखिएको खण्डमा कोसी अस्पतालमा चेकजाँच हुने र त्यहाँ समस्या समाधान नभएको खण्डमा अस्पतालले रिफर गरिदिएपछि मात्रै अन्यन्त्र लगिने गरेको बताए ।

कैदीबन्दी आन्दोलित हुँदा उपचारको लागि ९ जना कैदीबन्दी पनि उपचारमा जान नपाएका उनले बताए । महिला पुरुष गरेर तीन सय क्षमता रहेको मोरङ कारागारमा सोमबारसम्म १ हजार ६३ कैदीबन्दी छन् । जसमा ५० जना क्षमता रहेको महिला कारागारमा ११० जना छन् भने तीन सय क्षमता रहेको पुरुष कारागारमा ९५३ जना कैदीबन्दी छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बिराटनगर । पश्चिमी वायुको सामान्य प्रभाव तथा राजस्थानमा विकास भएको न्यून चापीय प्रणालीका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान काठमाडौं उपत्यकासहित कोशी, मधेस, कर्णाली, सुदूरपश्चिम प्रदेशमा बदलीको अवस्था रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए। उनका अनुसार काठमाडौं उपत्यकामा बदलीका […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. ७ सिनुवारीबाट केराबारीमा केरा चोरी गर्दै गरेको अवस्थामा एकजना पक्राउ परेका छन् । विगत केही दिन देखि देवानगञ्जमा केरा चोरी बढे पछि किसानहरू चिन्तित छन् । खेतमा केरा काटी बोरामा हाल्दै गरेको देखेपछि सोधपुछ गर्न खोज्दा केरा छोडेर भाग्न खोज्दा केरा चोर हो भनेर स्थानीयहरु समातेर प्रहरीको जिम्मा […]

देवानगञ्ज । नेपाल भारत सम्बन्धलाई काठमाडौ र दिल्लीको भन्दा सीमा वारिपारी बस्ने स्थानीयको नजरले हेर्न सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित एक कार्यक्रममा वक्ताहरुले सुझाब दिएका छन् । नेपाल भारतको एउटा महत्वपूर्ण छिमेकी हो । सदियौँ पुरानो नागरिक सम्बन्ध र विश्वास, भौगोलिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धहरू दुवै देशका लागि निकै महत्वपूर्ण रहेको सत्यलाई बुझनुपर्छ उहाँहरुको […]