२६ भाद्र २०८१, बुधबार
11-09-2024 , Wed
×

सवैभन्दा बढी कर तिर्ने उद्योग बन्यो अन्नपूर्ण केवल

Logo
ब्रहमदेव मेहता प्रकाशित बिहिबार, मंसिर ०७, २०८०

तस्विर : नमो अनलाईन

हरिनगर । अन्नपूर्ण केवल सवैभन्दा बढी कर तिर्ने उद्योग बनेको छ । अन्नपूर्ण केवलल्स इन्डस्ट्रीज पालि आर्थिक वर्ष २०७८÷७९ मा सवैभन्दा बढी कर तिर्ने उद्योग बनेको हो ।

राज्यलाई जिल्लामै सवैभन्दा बढी कर तिरेको सो उद्योगलाई राजश्व कार्यालयले सम्मान गरेको छ । १२ औँ राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजश्व कार्यालय विराटनगरले सो उद्योगलाई सम्मान गरेको हो ।

आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख डा. डीबी क्षेत्रीले कार्यालयको क्षेत्राधिकार अन्तर्गतका करदाता मध्ये उद्योगतर्फ सवैभन्दा बढी अन्नपूर्ण केवलल्स इन्डस्ट्रीज पालिले आयकर दाखिला गरेको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हरिनगर । विराटनगर स्थित जुद्ध म्याच फ्याक्ट्री (सलाई उद्योग) का श्रमिक मान बहादुर गुरुङले एक दशकको पारिश्रमिक एकमुष्ट पाइन्छ भन्ने आस मारेका छैनन् । २१ वर्षदेखि पारिश्रमिकको पर्खाइमा रहेका उनी बुढेसकालमा पसिनाको मूल्य कुरिरहेका छन् । तेह्रथुमबाट जागिर खान उद्योगमा पुगेका उनी २०३९ साल देखिका स्थायी कर्मचारी हुन् । २०६३ सालमा सुरेन्द्रलाल सुवालले उद्योगको अध्यक्ष […]

हेटौँडा । एक साताअघि हेटौँडा उपमहानगरपालिका-१० बसपार्कस्थित होटलको कोठामा युवतीको हत्या गरी फरार भएका  समिर खानलाई प्रहरीले सोमबार अपरान्ह हेटौँडाबाटै पक्राउ गरेको छ । होटलको कोठामा हेटौँडा उपमहानगरपालिका-११ सरस्वतीकी २३ वर्षीया एलिसा न्यौपानेको हत्या गरेर फरार भएका हेटौँडा उपमहानगरपालिका-४ का ३२ वर्षीय समिर खान भन्ने चाँद खाँ पैठानलाई हेटौँडा उपमहानगरपालिका-५ लटिनाथ मन्दिर क्षेत्रबाट पक्राउ गरेको […]

देवानगञ्ज । पिता परमेश्वरको नाममा विभिन्न प्रलेभनमा पारी स्व धर्म धर्म त्याग्न लागाई क्रिस्चियन बनाएकाहरु पुनः सनातन धर्म हिन्दुमै फर्कन थालेका छन् । सुनसरीको देवानगञ्ज गाउँपालिकाका दुई हजार बढीलाइ एक कार्यक्रमको आयोजना गरी मन्त्र उच्चारणका साथ स्वधर्ममा फर्काएका छन्। देवानगञ्जका यतिका मानिसलाई विश्व हिन्दू परिषद नेपालका धार्मिक अभियन्ताहरुले पहल गरेर पुनः हिन्दू धर्ममै फर्काएका हुन् […]