२६ भाद्र २०८१, बुधबार
11-09-2024 , Wed
×

“हाम्रो समाजमा बुद्धिजीविको उपयोगिता”

Logo
राम खेलौन मेहता प्रकाशित शनिबार, मंसिर ०९, २०८०

तस्विर : नमो अनलाईन

शब्दको आफनै  शक्ति र पहिचान हुन्छ भन्छ।त्यसको एक उदाहरण हो “बुद्धिजीवि” यो शब्द आफैले आफना परिणाम एवं गरिमा त्तकाल झलकाउछ। जस्को शाब्दिक अर्थ बुद्धिको प्रयोग वा उपयोगद्वारा जिविका उपार्जन गर्नू हो।तर यतिमात्र अर्थले यसको दायरा सिमित गर्नु जायज देखिदैन्।

परम्परागतरुपमा धर्मशास्त्र जानेहरु बुद्धिजीवि कहलाउथयो भने हाल आएर शिक्षित व्यक्ति,बौद्धिक व्यक्ति, आधुनिक सूचना सञ्चार (प्रविधि) प्रणालीमा आबद्ध समुह, समाजका लोकप्रियपात्र, चतुर मानिस, संकटमा समाधानको लागि उचित नेतृत्व प्रदान गर्ने तथा प्राज्ञयीक व्यक्तीहरुलाई यस श्रेणीमा राखिएको पाइएसंगै यसले दिने भाव भनेको परिवार, समाज, राष्ट्र मात्र नभई अन्तराष्ट्रिय एवं समग्र मानव पर्यावरणको लागि न्यायीक, बौद्यिक योगदान दिने वा अर्थ राख्ने व्यक्तिहरुलाई बुद्धिजीवि अंकित गर्दछ। राष्ट्रिय जनगणना २०७८ अनुसार देशको समग्र साक्षरता दर ७६.२ प्रतिशत जस मध्ये स्नातक वा सो सरहका ४.६ प्रतिशत र स्नातकोत्तर वा सो भन्दा माथि २.२ प्रतिशत रहेको र पेशा अनुसार सैनिक अधिकारीहरु ०.७ प्रतिशत, व्यवस्थापक ५.१ प्रतिशत, पेशाविद्ध ३.८ प्रतिशत र प्राविधिक तथा सहायक पेशाविद् १.९ प्रतिशत मात्र रहेकोले हाम्रो मुलुकमा बुद्धिजीविको संख्या कति रहेको भन्ने जिज्ञासा अझै कायम नै रहेको पाईछ।

बुद्धिजीविहरुको उपयोगिता एवं दायराको दृष्टीले हेर्दा यी समाजको शैक्षिकसम्वृद्ध , वैज्ञानिकता पुष्टिगर्ने पृथकसमाजको रुपमा रहेकोले श्रमजीविहरु लाई राय, परामर्श प्रदान गर्दे आवश्यक निर्देशन नियन्त्रण गरेकोहुन्छ, आफ्ना बिवेकको उपयोग गर्ने, परजीवि हुन नचाहने कारणले गर्दा राजनीतिकर्मीहरुले सदा चुनावमा प्रयोग गरि शासकिय प्रकृयामा टाढै राखन रुचाउने गुण्डा, तस्कर स्थापित दलाल, बाहुवलीहरुबाट लाभलिने मनसायले उनिहरुलाई भ्रमित गर्न “तपाई त बुद्दिजीवि हो” भनी एकछिनलाई लठ्याउने गरेको अभ्यास हाम्रो जस्तो बिकासनोमुख मुलुकको लागि नौलो होइन तर पछिल्लो राजनीतिक परिणामहरुले बुद्धिजीविहरुलाई उचित स्थान नदिए राज्यको राजनीतिक कोर्स नै परिवर्तन हुनै संकेतहरु देखिन थालेको छ।

बहुमुखि, बहुआयामिक शब्द बुद्धिजीविको अर्थ, परिभाषा र अभ्याससमेत लाई मध्यनजर गर्दा विश्व समाजमा यसता ब्यक्तिको कमि छैन Nobel Prize बिजेता देखि मुलुकमा विभिन्न विशिष्ट योगदान गर्नेले प्राप्त गरेको विभुषण, मानपदवी, अलंकार र पदक तथा पुरस्कार धारकहरु प्राय यै श्रेणीमा हुन्छ।

अर्को पाटोबाट मनन् गर्दा यी शब्द आफैमा सदावाहार मानपदवी भन्दा कम छैन।यी शब्दबाट सामान्यतया हाम्रो अपेक्षा नकारात्मक पक्षलाई न्युनिकरण, समाज परिवर्तनमा सकारात्मक भुमिका, सामाजिक जिवनमा क्रान्तिकारी रुपान्तरण, क्षेत्रगत योगदान मार्फत दीगो विकास, दिगो शान्ति, सुशासन कायम गर्नुनै रहेको हुन्छ।

अन्तमा मुलुकको बेरोजगारी समस्या भित्रको शैक्षिक बेरोजारी, आर्थिक साक्षरता एवं आर्थिक मन्दी, राजनीतिक कुसँस्कार झन डरलागदौ देखिन्छ।जसलाई राज्यले शिक्षा प्रणालीमा समय सापेक्ष परिमार्जन मार्फत विद्दमान बुद्धिजीविहरुको अधिक्तम उपयोग, अन्तरकृया, राय परामर्शबाट मुलुक लाई दिगो शान्ति, सुशासन र समृद्धि कागम गरी अन्तराष्ट्रिय सम्मान र बुद्धिजीविहरु आफैले पनि यो शब्दको शोभा रक्षाको लागि कोसिसको खाचो देखिन्छ।

लेखक शाखा अधिकृत पदमा मोरङ जिल्ला अदालतमा कार्यरत्त हुनुहुन्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हरिनगर । विराटनगर स्थित जुद्ध म्याच फ्याक्ट्री (सलाई उद्योग) का श्रमिक मान बहादुर गुरुङले एक दशकको पारिश्रमिक एकमुष्ट पाइन्छ भन्ने आस मारेका छैनन् । २१ वर्षदेखि पारिश्रमिकको पर्खाइमा रहेका उनी बुढेसकालमा पसिनाको मूल्य कुरिरहेका छन् । तेह्रथुमबाट जागिर खान उद्योगमा पुगेका उनी २०३९ साल देखिका स्थायी कर्मचारी हुन् । २०६३ सालमा सुरेन्द्रलाल सुवालले उद्योगको अध्यक्ष […]

हेटौँडा । एक साताअघि हेटौँडा उपमहानगरपालिका-१० बसपार्कस्थित होटलको कोठामा युवतीको हत्या गरी फरार भएका  समिर खानलाई प्रहरीले सोमबार अपरान्ह हेटौँडाबाटै पक्राउ गरेको छ । होटलको कोठामा हेटौँडा उपमहानगरपालिका-११ सरस्वतीकी २३ वर्षीया एलिसा न्यौपानेको हत्या गरेर फरार भएका हेटौँडा उपमहानगरपालिका-४ का ३२ वर्षीय समिर खान भन्ने चाँद खाँ पैठानलाई हेटौँडा उपमहानगरपालिका-५ लटिनाथ मन्दिर क्षेत्रबाट पक्राउ गरेको […]

देवानगञ्ज । पिता परमेश्वरको नाममा विभिन्न प्रलेभनमा पारी स्व धर्म धर्म त्याग्न लागाई क्रिस्चियन बनाएकाहरु पुनः सनातन धर्म हिन्दुमै फर्कन थालेका छन् । सुनसरीको देवानगञ्ज गाउँपालिकाका दुई हजार बढीलाइ एक कार्यक्रमको आयोजना गरी मन्त्र उच्चारणका साथ स्वधर्ममा फर्काएका छन्। देवानगञ्जका यतिका मानिसलाई विश्व हिन्दू परिषद नेपालका धार्मिक अभियन्ताहरुले पहल गरेर पुनः हिन्दू धर्ममै फर्काएका हुन् […]