०३ माघ २०८१, बिहिबार
16-01-2025 , Thu
×

सुनसरी खाेला पुजन सहित महाआरती हुने

Logo
नमो अनलाईन प्रकाशित आइतबार, मंसिर १०, २०८०

तस्विर : फाईल

हरिनगर । सुनसरीको इनरुवा नगरपालिका वडा नं-४ स्थित सुनसरी खाेलामा सुनसरी पूजन सहित महाआरती हुने भएकाे छ ।

सनातन कुटुम्ब नेपालकाे आयाेजनामा मंसिर ११ गते साेमबार सुनसरी खाेलामा `पाचौं नमामि सुनसरि´सुनसरी खोला पूजन सहित महाआरती हुनलागेकाे हाे ।

साेमबार सुनसरी पुलको दक्षिण भागमा दिउँसो ३ बजे देखि विधिवत् रुपमा पूजापाठ गरि साँझ ६ बजे महाआरती हुने सनातन कुटुम्ब नेपालले जनाएकाे छ ।

पौराणिक महत्वको अनुपम प्राकृतिक संपदा सुनसरी नदी जल तथा तटीय क्षेत्रको स्वच्छता एवं जल प्रवाहको निर्बाध गति प्रति जन जनमा सजगता र समर्पण बढोस् भन्ने उद्देश्यले सनातन कुटुम्बले कार्तिक पूर्णिमा सुनसरी पूजन महाआरती गरि ‘ नमामि सुरसरि’ गर्न लागेकाे सनातन कुटुम्ब नेपालले जनाएकाे छ ।

विगत चार बर्षदेखि सनातन कुटुम्ब नेपालले कार्तिक पूर्णिमा सुनसरी पूजन महाआरती ‘नमामि सुरसरि’ गर्दै आएकाे छ । उक्त महाआरतीमा इनरुवा लगायत इनरुवा आसपासका क्षेत्रका श्रद्धालु भक्तजनहरुकाे उत्साहजनक सहभागिता सुनसरी पूजन सहित महाआरती हुनेगरेकाे छ । आवर सुनसरीबाट साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देवानगञ्ज । संविधानको धारा २१७ बमोजिम गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने व्यवस्था छ । उक्त समितिमा गाउँ सभा वा नगर सभाले आफूमध्येबाट निर्वाचित गरेका दुई जना सदस्य रहने व्यवस्था छ । न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमीन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुंगो लगाउने गर्दछ […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. १ मध्यहर्षाहीमा रहेको साना किसान कृषि सहकारी संस्था ३६ लाख घाटामामा पुगेको छ। संस्थाले आर्थिक वर्ष २०८०/८१ मा ३६ लाख घाटा व्यहोरी रहेको लेखा प्रतीवेदनले देखाएको छ। संस्थाले पुष २७ गते सम्पन्न गरेको साधारण सभामा सार्वजनिक गरेको लेखा प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षमा २२ लाख घाटामा सञ्चालन रहेकोमा आर्थिक […]

देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाको १६ औं गाउँसभा अधिवेशन सम्पन्न गरेको छ । गाउँपालिकाको अध्यक्ष बेचन प्रसाद मेहताको अध्यक्षता, उपाध्यक्ष विभा कुमारी यादव तथा सभा सचिवको रुपमा प्रमुख प्रशासकीय अधिकृत सुधिर साफी लगायत सभा सदस्यहरुको उपस्थितिमा गाउँ सभा सम्पन्न भएको हो। सभामा गाउँपालिकाकी उपाध्यक्ष कुमारी बिभा यादवले संसोधनका प्रस्तावहरुमा कार्यपालिका निर्णयहरु तथा गाउँपालिका […]