०३ आषाढ २०८१, आइतबार
16-06-2024 , Sun
×

जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आज यूएई जाँदै

Logo
नमो अनलाईन प्रकाशित बुधबार, मंसिर १३, २०८०

तस्विर : फाईल

काठमाडौं । जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यूएईको दुबई जाँदै छन् । प्रधानमन्त्री प्रचण्ड बुधबार राति साढे ९ बजे दुबईका लागि प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसीसीसी)का पक्ष राष्ट्रहरुको २८औं सम्मेलन (कोप २८) यही मंसिर १४ देखि २६ गतेसम्म यूएईको दुबईमा हुँदै छ । सोही सम्मेलनमा प्रधानमन्त्री प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सहभागी हुन लागेको हो ।

प्रतिनिधि मण्डलमा वन तथा वातावरणमन्त्री वीरेन्द्र महतोका साथै उच्च सरकारी अधिकारीहरु छन् । भ्रमण टोलीमा प्रधानमन्त्री पुत्री गंगा दाहाल पनि सहभागी हुनेछिन् ।

प्रधानमन्त्री प्रचण्डले मंसिर १६ गते शनिबार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यही दिन प्रधानमन्त्रीले पर्वतीय देशहरुको एजेण्डा उठाउन ‘हिमालको पुकार : जलवायु संकटबाट हामीलाई कसले बचाउने छ ?’ कार्यक्रम आयोजना गर्ने पररराष्ट्र मन्त्रालयले जनाएको छ ।

सम्मेलनका क्रममा प्रधानमन्त्री प्रचण्डले द्वीपक्षीय भेटवार्ताहरु पनि गर्ने छन् । यूएई भ्रमणका क्रममा त्यहाँ रहेको नेपाली दूतावासमा जाने र नेपाली समुदायका साथै नेपाल-यूएई व्यवसायी सम्मेलनलाई सम्बोधन समेत गर्ने कार्यक्रम तय भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । १ बैशाख २०८१ को मिति । नयाँ वर्षको दिन । घरमा माहोल रमाइलो थियो । एकाबिहानै ३२ वर्षीय रोशन सिंह (नाम परिवर्तन) को ह्वाट्सएपमा आफ्नै बहिनीको नग्न फोटो तथा भिडिओ आयो । रोशन आफ्नो फोन घरमै छोडेर नियमित काममा गएका थिए । उक्त फोनमा परिवारका अन्य सदस्यको पनि पहुँच थियो । रोशन पेसाले […]

इनरुवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकामा प्रथम महिला खाे-खाे प्रतियोगिता हुने भएको छ । भाेक्राहा नरसिंह गाउँपालिका चिराैली सुनसरीको सहयोग तथा प्रदेश स्तरीय खाे-खाे खेलकुद उपभोक्ता समितिको आयोजना र जिल्ला खाे-खाे संघ सुनसरीको सहकार्यमा उपाध्यक्ष प्रथम महिला आमन्त्रण राष्ट्रिय खाे-खाे प्रतियोगिता आयाेजना हुने भएको हाे । प्रतियोगिता जेठ २९ गतेदेखि ३१ गते सम्म संचालन हुने […]

झापा  । कोशी प्रदेश स्थित बी एन्ड सी मेडिकल कलेजले अन्ततः सम्बन्धन पाउने भएको छ । सर्वोच्च अदालतले बिहीबार चिकित्सा शिक्षा आयोग र काठमाडौं विश्वविद्यालयको नाममा परमादेश जारी गरेसँगै सम्बन्धन पाउने भएको हो । न्यायाधीशद्वय डा. कुमार चुँडाल र सारंगा सुवेदीको संयुक्त इजलासले १५ दिनभित्र सम्बन्धन दिन परमादेश जारी गरेका हुन् । सर्वोच्चले यसअघि १२ चैत, २०८० मा […]