०६ माघ २०८१, आइतबार
19-01-2025 , Sun
×

मस्जिदभित्र लगेर १५ वर्षीया बालिकाको बलात्कार गरी हत्या गरेको आरोपमा खाँ पक्राउ

Logo
नमो अनलाईन प्रकाशित बिहिबार, मंसिर १४, २०८०

हरिनगर । गुल्मीको चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरमा बालिकालाई बलात्कार गरी हत्या अभियोगमा मदरसाका शिक्षक पुर्पक्षका लागि जेल चलान भएका छन् ।

बाँके खजुरा ७ घर भई स्थानीय मदरसामा अध्यापन गराउन बसेका २३ वर्षीय रहिस खाँ लाई शान्तिपुरमा डेरा गरी बस्दै आएकी १५ वर्षकी मनिषा रुचाललाई बलात्कार गरी हत्या गरेको अभियोगमा जिल्ला अदालत गुल्मीले पुर्पक्षका लागि थुनामा पठाएको हो । बालिका रुचाल स्थानीय विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिइन् ।

खाँ त्यहाँस्थित गुल्सने मदिनामा ५ महिनादेखि शिक्षकका रूपमा कार्यरत थिए । कार्तिक १६ गते मनिषा खेतमा खेतालालाई सुर्ती पुर्‍याउने जाने क्रममा खाँले बालिकालाई फकाई मस्जिदभित्र लगेर बलात्कार गरी हत्या गरेर सोही रातिनजिकैको हुग्दीखोलामा फालेको स्थानीयले प्रहरीलाई बताएका छन् । १६ गतेबाट हराइरहेकी बालिका कात्तिक १७ गते विहानै खोलामा नग्न अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

घटना शंकास्पद देखिएपछि प्रहरीले विभिन्न विधि र प्रविधिको प्रयोग गरी सुक्ष्म अध्ययन एवं अनुसन्धान गरी जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दामा अदालतमा मुद्दा दर्ता गरेकोमा सोमबार पुर्पक्षका लागि कारागार पठाउने आदेश भएको गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानले बताएका छन् । साभार गण्डक न्यूज

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देवानगञ्ज । संविधानको धारा २१७ बमोजिम गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने व्यवस्था छ । उक्त समितिमा गाउँ सभा वा नगर सभाले आफूमध्येबाट निर्वाचित गरेका दुई जना सदस्य रहने व्यवस्था छ । न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमीन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुंगो लगाउने गर्दछ […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. १ मध्यहर्षाहीमा रहेको साना किसान कृषि सहकारी संस्था ३६ लाख घाटामामा पुगेको छ। संस्थाले आर्थिक वर्ष २०८०/८१ मा ३६ लाख घाटा व्यहोरी रहेको लेखा प्रतीवेदनले देखाएको छ। संस्थाले पुष २७ गते सम्पन्न गरेको साधारण सभामा सार्वजनिक गरेको लेखा प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षमा २२ लाख घाटामा सञ्चालन रहेकोमा आर्थिक […]

देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाको १६ औं गाउँसभा अधिवेशन सम्पन्न गरेको छ । गाउँपालिकाको अध्यक्ष बेचन प्रसाद मेहताको अध्यक्षता, उपाध्यक्ष विभा कुमारी यादव तथा सभा सचिवको रुपमा प्रमुख प्रशासकीय अधिकृत सुधिर साफी लगायत सभा सदस्यहरुको उपस्थितिमा गाउँ सभा सम्पन्न भएको हो। सभामा गाउँपालिकाकी उपाध्यक्ष कुमारी बिभा यादवले संसोधनका प्रस्तावहरुमा कार्यपालिका निर्णयहरु तथा गाउँपालिका […]