०६ माघ २०८१, आइतबार
19-01-2025 , Sun
×

इलामबाट बिद्यार्थी बोकेर धनकुटा गईरहेको बस दुर्घटना हुँदा ६ जना घाइते

Logo
नमो संवाददाता प्रकाशित शनिबार, मंसिर १६, २०८०

धरान । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ कोलवोटेमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

इलामबाट बनभोजका लागि धनकुटाको नमस्ते झरना आउँदै गरेको मे १ ख ३३८० नम्बरको बस बिहान करिब १०ः४५ बजे दुर्घटना भएको हो।

इलामको माइ नगरपालिका-४ स्थित गरुवा आधारभूत विद्यालयका विद्यार्थी बनभोज आउँने क्रममा ब्रेक फेल भएर बस दुर्घटना भएको धनकुटाका प्रहरी प्रवक्ता राजवावु महजंनले संगालोखबरलाई जानकारी दिए । दुर्घटनामा परी चार जना विद्यार्थी र दुई जना शिक्षक घाइते भएका हुन् ।

घाइते हुने विद्यार्थीहरुमा १४ बर्षीया शान्ति लिम्बु, १३ बर्षीया सिमा राई, १६ बर्षीय मनिका राई र १६ बर्षीया निस्मा सारु मगर छन् । उनीहरुसँगै बनभोज आएका शिक्षक ५७ बर्षीय रामबहादुर मगर र ४९ बर्षीया शिक्षिका पवित्रा राई पनि घाइते भएकी छन् ।

घाइतेहरुलाई उद्धार गरेर उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको भेडेटारका प्रहरी इन्चार्ज टंकप्रसाद कोइरालाले जानकारी दिए । घाइते मध्ये शान्तिको अवस्था गम्भीर छ । सो बसमा करिब ५५ जना सवार थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देवानगञ्ज । संविधानको धारा २१७ बमोजिम गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने व्यवस्था छ । उक्त समितिमा गाउँ सभा वा नगर सभाले आफूमध्येबाट निर्वाचित गरेका दुई जना सदस्य रहने व्यवस्था छ । न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमीन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुंगो लगाउने गर्दछ […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. १ मध्यहर्षाहीमा रहेको साना किसान कृषि सहकारी संस्था ३६ लाख घाटामामा पुगेको छ। संस्थाले आर्थिक वर्ष २०८०/८१ मा ३६ लाख घाटा व्यहोरी रहेको लेखा प्रतीवेदनले देखाएको छ। संस्थाले पुष २७ गते सम्पन्न गरेको साधारण सभामा सार्वजनिक गरेको लेखा प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षमा २२ लाख घाटामा सञ्चालन रहेकोमा आर्थिक […]

देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाको १६ औं गाउँसभा अधिवेशन सम्पन्न गरेको छ । गाउँपालिकाको अध्यक्ष बेचन प्रसाद मेहताको अध्यक्षता, उपाध्यक्ष विभा कुमारी यादव तथा सभा सचिवको रुपमा प्रमुख प्रशासकीय अधिकृत सुधिर साफी लगायत सभा सदस्यहरुको उपस्थितिमा गाउँ सभा सम्पन्न भएको हो। सभामा गाउँपालिकाकी उपाध्यक्ष कुमारी बिभा यादवले संसोधनका प्रस्तावहरुमा कार्यपालिका निर्णयहरु तथा गाउँपालिका […]