१३ मंसिर २०८०, बुधबार
29-11-2023 , Wed
×

बजेट नहँदा भरतपुर कारागारमा औषधि अभाव

Logo
नमो अनलाईन प्रकाशित मंगलबार, जेठ ०२, २०८०

भरतपुर । भरतपुर कारागारमा औषधि किन्न बजेट अभाव भएको छ । कारागार विभागले अघिल्ला वर्षका तुलनामा बजेट घटाएर पठाएपछि दीर्घरोगी र अन्यका लागि औषधिको अभाव भएको हो ।

 

कारागारमा हाल ४९ महिला चार नाबालक÷नाबालिकासहित सात सय ५८ कैदीबन्दी छन् । तिनीहरूमध्ये दुई सय हाराहारी दीर्घरोगी छन् । कारागारका प्रमुख कमलप्रसाद आचार्यका अनुसार उनीहरू उच्च रक्तचाप, मधुमेह, थाइराइड, क्यान्सर, मिर्गौलाजस्ता दीर्घरोग भएका छन् । उनीहरूलाई नियमित औषधि खुवाउनुपर्ने हुन्छ ।

 

यसका अतिरिक्त समय–समयमा कैदीबन्दी बिरामी पर्दा औषधि किन्नुपर्ने हुन्छ । उनका अनुसार कारागार विभागले चालु आर्थिक वर्षका लागि रु १२ लाखमात्रै बजेट पठाएको छ । अघिल्लो वर्ष रु २५ लाख पठाएको थियो । यसभन्दा अघिल्लो वर्ष रु ४८ लाख पठाएको जनाउँदै उनले कैदीबन्दीलाई औषधि खुवाउन नसक्ने अवस्थामा पुगेको बताएका छन् ।

 

औषधिको चरम अभाव भएपछि रु १५ लाख माग गरेकामा रु एक लाखमात्रै प्राप्त भएको कारागार प्रमुख आचार्यले जानकारी दिए । कारागारले जिल्ला स्वास्थ्य कार्यालय, भरतपुर महानगरपालिकाको स्वास्थ्य महाशाखामा अनुरोध गरेर केही औषधि जुटाएको छ ।

 

दैनिक औषधिको व्यवस्थापनमा जटिलता हुँदै आएको छ । उनले भने, “किन्न बजेट अभाव भएपछि सरकारी र गैरसरकारी क्षेत्रबाट सहयोगका लागि अनुरोध गरिरहेका छौँ ।” नियमित औषधिसमेत अभाव भएको जनाउँदै शल्यक्रिया गर्नुपर्ने, भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था आएमा झन् ठूलो समस्या हुने बताए।

 

कारागारमा रहेका आर्थिक अवस्था राम्रो भएकाहरूले आफैँले औषधि किनेर खान थालेका छन् भने विपन्नलाई औषधि खान समस्या परेको छ । “सत्तरी प्रतिशत बिरामीको औषधि किनेर खाने क्षमता छैन ।”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बिराटनगर । पश्चिमी वायुको सामान्य प्रभाव तथा राजस्थानमा विकास भएको न्यून चापीय प्रणालीका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान काठमाडौं उपत्यकासहित कोशी, मधेस, कर्णाली, सुदूरपश्चिम प्रदेशमा बदलीको अवस्था रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए। उनका अनुसार काठमाडौं उपत्यकामा बदलीका […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. ७ सिनुवारीबाट केराबारीमा केरा चोरी गर्दै गरेको अवस्थामा एकजना पक्राउ परेका छन् । विगत केही दिन देखि देवानगञ्जमा केरा चोरी बढे पछि किसानहरू चिन्तित छन् । खेतमा केरा काटी बोरामा हाल्दै गरेको देखेपछि सोधपुछ गर्न खोज्दा केरा छोडेर भाग्न खोज्दा केरा चोर हो भनेर स्थानीयहरु समातेर प्रहरीको जिम्मा […]

देवानगञ्ज । नेपाल भारत सम्बन्धलाई काठमाडौ र दिल्लीको भन्दा सीमा वारिपारी बस्ने स्थानीयको नजरले हेर्न सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित एक कार्यक्रममा वक्ताहरुले सुझाब दिएका छन् । नेपाल भारतको एउटा महत्वपूर्ण छिमेकी हो । सदियौँ पुरानो नागरिक सम्बन्ध र विश्वास, भौगोलिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धहरू दुवै देशका लागि निकै महत्वपूर्ण रहेको सत्यलाई बुझनुपर्छ उहाँहरुको […]