०१ चैत्र २०८१, शनिबार
15-03-2025 , Sat
×

गौतमपुरमा नि:शुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम हुने

Logo
ब्रहमदेव मेहता प्रकाशित शुक्रबार, मंसिर २९, २०८०

हरिनगर। सुनसरीको सिमावर्ती क्षेत्र हरिनगर गाउँपालिका – ३ गौतमपुरमा एक दिने नि:शुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम हुने भएकाे छ ।

मानव स्वास्थ्य संरक्षण तथा अनुसन्धान समाज नेपालको आयोजना हरिनगर ३ नः वडा कार्यालय गौतमपुरको सह-आयोजना र नवप्रतिभा कृषि सहकारी संस्था लि को संयोजकमा एवं मित्रता मेडिकल हल, बिराटनगर (नोवेल हस्पिटल गेट अगाडि) र शिवशान्ति हेल्थकेयर सेन्टर हरिनगराको प्राविधिक सहयोगमा एक दिने निःशुल्क स्वास्थ्य शिविर (whole body checkup,) सँगै रक्तदान कार्यक्रम हुन लागेको हो ।

पशुपति शिक्षा मन्दिर, हरिनगर-३ गौतमपुरको प्राङ्गणमा मंसिर ३० गते शनिबार, बिहान ७:०० बजे देखि हुने उक्त शिविरमा आँखा तथा दाँत जाँच गरिने छ भने स्त्री रोग विशेषज्ञ डाक्टर , वरिष्ट फिजिशियन, मेडिकल अफिसर, यूरो सर्जन लगायतका विशेषग्य डाक्टरहरुद्वार चेकजाँच गरिने युवा सामाजसेवी दिलिप मेहताले बताए ।

निःशुल्क स्वास्थ्य शिविरमा आएर चेकजाँच गराउन समेत सबैमा आग्रह गरेका छन् ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर। कोशी प्रदेशको राजधानी विराटनगर स्थित रहेको गोल्डेन अस्पताल १४औं वर्षमा प्रवेश गरेको छ । विराटनगर–११ स्थित महेन्द्र चौक भन्दा पश्चिम तर्फ आफ्नै सुविधा सम्पन्न भवनमा सञ्चालनमा रहेकाे अस्पतालले दक्ष विशेषज्ञ डाक्टरहरुबाट सबै प्रकारका रोगको सस्तो, सरल तथा सुलभ दररेटमा उत्कृष्ट उपचार सेवा प्रवाह सँगै विद्यार्थीहरु लाई अध्ययन गराउने कलेज सञ्चालनमा ल्याउनु गोल्डेन अस्पतालको १४ […]

काठमाडौँ । गर्मीमा पानीको कमीका कारण तपाईँको घाँटी लगातार सुख्खा भइरहेको छ, चक्कर आइरहेको छ, आँखा रातो भएको छ वा पिसाब पहेँलो भइरहेको छ भने यो तपाईँको स्वास्थ्यको लागि चेतावनीको सङ्केत हुनसक्छ । तपाईँको शरीरमा पानी र इलेक्ट्रोलाइट्सको कमीले तपाईँको स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ । यी प्रभावहरूलाई डिहाइड्रेसन भनिन्छ अर्थात् शरीरमा पानीको कमी । […]

काठमाडाैँ । बिहान खाली पेटमा फलफूलको जुस पिउनुको सट्टा ताजा फलफूल खानु राम्रो हुन्छ । यसमा फाइबर हुन्छ, जसले चिनीको प्रभाव कम गर्न काम गर्छ। गर्मीमा नरिवल पानी, तरबूज, कागती, कागती पानी पनि सेवन गर्न सक्नुहुन्छ । यदि तपाई बिहान खाली पेटमा जुस पिएर आफ्नो स्वास्थ्यमा सुधार ल्याउन चाहनुहुन्छ भने गल्तिले पनि यस्तो गल्ती नगर्नुहोस्, अन्यथा […]