०३ माघ २०८१, बिहिबार
16-01-2025 , Thu
×

राष्ट्रपति पौडेलद्वारा मेहताको निधनप्रति समवेदना व्यक्त

Logo
ब्रहमदेव मेहता प्रकाशित बिहिबार, पुष ०५, २०८०

तस्विर : फाईल

देवानगञ्ज । राष्ट्रपति रामचन्द्र पौलेलले देवानगञ्ज गाउँपालिकाको पुर्व अध्यक्ष एवं नेपाली काँग्रेसका नेता लालीप्रसाद मेहताको निधनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले समवेदना पत्र जारी गरी देवानगञ्ज गाउँपालिकाका पूर्व अध्यक्ष मेहताको निधनप्रति गहिरो समवेदना व्यक्त गरेका हुन् ।

राष्ट्रपति पौडेलले मेहताको निधनप्रति दुखः व्यक्त गर्दै मेहताले पञ्चायतकालका कठिन दिनमा लोकतन्त्र पुनःस्थापनाका लागि भएका हरेक संघर्षमा आफुलाई सदैव अग्रपंक्तिमा राखेर आफ्नो राजनीतिक दर्शन, सिद्धांत र संगठनको सुदृढीकरणमा पुर्‍याउनुभएको योगदानको प्रशंसा गर्नु भएको छ ।

राजनीतिलाई समाजसेवाको माध्यम बनाउनु पर्छ भन्ने मान्यताका मेहता सहयोगी, मिलनसार तथा लोकतन्त्रप्रति प्रतिबद्ध एक राजनीतिक कार्यकर्ताको रुपमा यस क्षेत्रमा पुर्याएको योगदान भावी पुस्ताकोलागी अनुकरणीय रहेको बताउनु भएको छ ।

दु:खको यस घडीमा मेहताको आत्माको चिर शान्तिको कामना सहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । साथै शोकाकुल परिवारजन र आफन्तजनप्रति हार्दिक समवेदना समेत व्यक्त गर्नु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हरिनगर । हरिनगरामा रहेको उपयुक्त कृषि सहकारी संस्था लिमिटेडको ९ औं बार्षिक साधारण सभा सम्पन भएको छ । हरिनगर गाउँपालिका वडा नं. – ४ हरिनगरा स्थित रहेको हरिनगरा माध्यमिक विद्यालयको सभाहलमा गाउँपालिकाकी उपाध्यक्ष रिमझिम कुमारी भगतको प्रमुख आतिथ्यमा सभाको आयोजना गर्दै आर्थिक बर्ष २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्दै साधारण सभा सम्पन भएको हो। सभामा […]

बराहक्षेत्र । सुनसरी जिल्ला स्थित बराहक्षेत्र नगरपालिका ११ मधुवन स्थिति रहेको दाजु भाइ कृषि फर्मले विगत विगतको ४ बर्ष देखि च्याउ खेती तर्फ आकर्षित भएका छन । वैदेशिक रोजगारबाट फर्केर आएका भरत र रोसन दाजु भाइले च्याउ खेती गर्दे आएको हो। पहिलोपटक २ सय सिलिन्डर अर्थात पोक्का बाट च्याउ खेती गरिएको थियो । भने अहिले […]

हरिनगर । विशेष सूचनाका आधारमा खटिएको ईलाका प्रहरी कार्यालय देवानगञ्ज र जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त टोलीले हरिनगर गाउँपालिका – ७ कविलासा टोलको भित्री सडक खण्डबाट १०७.८ किलो गाँजासहित दुईजनालाई पक्राउ गरेको छ। टोलीले को १ ह २२६१ नम्बरको अटोमा प्लास्टिकको चार वटा बोरामा लुकाएर ल्याइएको लागू औषध गाँजासहित अटो चालक देवानगञ्ज गाउँपालिका–२ का २० […]