०३ माघ २०८१, बिहिबार
16-01-2025 , Thu
×

सेनाका उपरथी निर्मलकुमार थापालाई रथीमा बढुवा गर्न सिफारिस

Logo
नमो संवाददाता प्रकाशित बिहिबार, पुष १२, २०८०

तस्विर : फाईल

नेपाली सेनाका उपरथी निर्मलकुमार थापा रथीमा बढुवाका लागि सिफारिस भएका छन्।

रथीमा रिक्त रहेको पदपूर्तिका लागि उनलाई बढुवा सिफारिस गर्न बुधबार सार्वजनिक सूचना जारी गरिएको सेनाका सूचना अधिकारी एवं सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए।

उनका अनुसार सात दिनभित्र उपरथीविरूद्ध कुनै उजुरी भएमा सात दिनभित्र पेस गर्नसक्ने गरी सूचना जारी गरिएको हो।

‘हरेक दर्जाको पदोन्नतिको लागि बढुवा बोर्डले सूचना प्रकाशित गर्छ। त्यही बमोजिम हिजो सूचना प्रकाशन भएको हो,’ सूचना अधिकारी भण्डारीले भने।

सात दिनपछि उनीविरूद्ध कुनै उजुरी नपरेमा बढुवा प्रक्रिया अघि बढ्नेछ। यद्यपि छानबिन गर्नुपर्ने आवश्यक भएमा सेनाले छानबिन गर्ने सूचना अधिकारी भण्डारीले बताए।

नेपाली सेनामा रथी दर्जाको दुईवटा दरबन्दी छ।

रथी सरोजप्रताप राणाको अवकाशपछि रिक्त रहेको पदमा अशोकराज सिग्देललाई पदोन्नति गरिएको थियो। त्यसपछि रथी सीताराम खड्काको अवकासपछि पदोन्नतिका लागि उपरथी थापालाई सिफारिस गर्न सूचना प्रकाशन गरेको हो।

नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माको कार्यकाल २०८१ भदौमा सकिँदैछ। उनीपछि सिग्देल वरीयताका आधारमा  प्रधान सेनापति हुने सम्भावना छ।

सिग्देल बढुवा हुनुअघि रिक्त पदका लागि ताराध्वज पाण्डेलाई पनि सिफारिस गर्न सूचना प्रकाशन गरेको थियो। जन्ममिति विवादमा परेपछि पाण्डेले राजीनामा दिएका थिए।

उनको राजीनामापछि सिग्देलको पनि जन्ममिति विवाद आएको थियो। रक्षा मन्त्रालयले उनको जन्ममिति सही भएको भन्दै बढुवा अघि बढाएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देवानगञ्ज । संविधानको धारा २१७ बमोजिम गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने व्यवस्था छ । उक्त समितिमा गाउँ सभा वा नगर सभाले आफूमध्येबाट निर्वाचित गरेका दुई जना सदस्य रहने व्यवस्था छ । न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमीन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुंगो लगाउने गर्दछ […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. १ मध्यहर्षाहीमा रहेको साना किसान कृषि सहकारी संस्था ३६ लाख घाटामामा पुगेको छ। संस्थाले आर्थिक वर्ष २०८०/८१ मा ३६ लाख घाटा व्यहोरी रहेको लेखा प्रतीवेदनले देखाएको छ। संस्थाले पुष २७ गते सम्पन्न गरेको साधारण सभामा सार्वजनिक गरेको लेखा प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षमा २२ लाख घाटामा सञ्चालन रहेकोमा आर्थिक […]

देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाको १६ औं गाउँसभा अधिवेशन सम्पन्न गरेको छ । गाउँपालिकाको अध्यक्ष बेचन प्रसाद मेहताको अध्यक्षता, उपाध्यक्ष विभा कुमारी यादव तथा सभा सचिवको रुपमा प्रमुख प्रशासकीय अधिकृत सुधिर साफी लगायत सभा सदस्यहरुको उपस्थितिमा गाउँ सभा सम्पन्न भएको हो। सभामा गाउँपालिकाकी उपाध्यक्ष कुमारी बिभा यादवले संसोधनका प्रस्तावहरुमा कार्यपालिका निर्णयहरु तथा गाउँपालिका […]