०३ माघ २०८१, बिहिबार
16-01-2025 , Thu
×

माछाको खुद्रा बिक्री केन्द्र बिर्तामोडमा स्थापना

Logo
नमो संवाददाता प्रकाशित आइतबार, पुष १५, २०८०

तस्विर : फाईल

बिर्तामोड । उपभोक्तालाई स्वच्छ तथा गुणस्तरीय माछा उपलब्ध गराउने उद्देश्यले झापामा माछा व्यवसायीले खुद्रा बिक्री केन्द्र स्थापना गर्न थालेका छन् ।

नेपाल मत्स्यपालन किसान सङ्घको अगुवाइमा बिक्री केन्द्र स्थापना सुरु भएको हो । सङ्घले जिल्लाका प्रमुख सहरहरूमा केन्द्र स्थापना गरेर नेपालमा उत्पादित माछा बिक्री गर्ने योजना बनाएको सङ्घका कोशी प्रदेश अध्यक्ष विष्णुप्रसाद आचार्यले जानकारी दिए ।

सङ्घले बिर्तामोडको भद्रपुर रोडमा पहिलो पटक माछा बिक्री केन्द्र स्थापना गरेको छ । सङ्घका झापा अध्यक्ष लक्ष्मीप्रसाद शिवाकोटीले खुद्रा बिक्री केन्द्र स्थापना गरेका हुन् । बिर्तामोड नगरपालिका–१० मा माछा फार्म सञ्चालन गरिरहेका शिवाकोटीले आफ्नो उत्पादन बिक्रीका लागि बिर्तामोडमा बिक्री केन्द्र सञ्चालनमा ल्याएको बताए ।

शिवाकोटीले उपभोक्तालाई स्वच्छ, ताजा र गुणस्तरीय माछा सुलभ मूल्यमा उपलब्ध गराउनका लागि बिक्री केन्द्र्र स्थापना गरेको बताए । उनले आफ्नो फार्मबाट उत्पादित माछा सो केन्द्रबाट सिधै उपभोक्तालाई उपलब्ध गराउने पनि बताए ।

भारतीय माछाका कारण नेपालमा उत्पादित माछाको बजार सधैँ मारमा पर्ने गरेको व्यवसायीको गुनासो छ । भारतीय माछा निर्वाधरूपमा नेपालमा बिक्री हुने क्रम नरोकिएका कारण नेपाली माछा उत्पादक पलायन हुने अवस्थामा रहेको शिवाकोटी बताउँछन् । भारतीय माछा आयात प्रतिस्थापन गर्दै नेपाली माछाको बजार स्थापित गर्ने सङ्घको योजना रहेको उनको भनाइ छ ।नेपालमा भन्दा भारतीय बजारमा सस्तो मूल्यमा माछा उपलब्ध हुन्छ । नेपालमा पोखरीमा पानीका लागि प्रयोग भएको बिजुली अत्यन्तै महँगो हुन्छ । माछापालन व्यवसायलाई उद्योगका रूपमा राखिएको कारणले विद्युत् महँगो पर्ने गरेको गुनासो कृषकको छ । उनीहरूले विद्युत् उपयोग गर्दा कृषिजन्य उद्योग मानेर सोहीअनुसारको शुल्क निर्धारण गर्न पनि माग गरेका छन् ।

माछाका लागि आवश्यक पर्ने दानालगायतमा पनि भारतीय किसानभन्दा नेपाली किसानले महँगो मूल्य खर्च गर्नुपर्ने अवस्था रहेको छ । ‘भारतमा ७० प्रतिशत अनुदान सरकारले उपलब्ध गराउँछ’ आचार्यले भने, ‘नेपालमा अनुदान त छ तर, वास्तविक माछा व्यवसायीले त्यो अनुदान पाउन सकेका छैनन्, त्यसकारण यहाँको उत्पादनमा लागत बढी हुन्छ ।’

नेपाली माछापालक किसानलाई माछा बिक्रेता व्यवसायीबाट पनि असहयोग हुने गरेको गुनासो शिवाकोटीले गरेका छन् । धेरै मुनाफा आउने कारणले माछा बिक्रेताले भारतीय उत्पादन नै बिक्री गर्ने गरेको उनको भनाइ छ । भारतीय माछामात्र बजारमा बिक्री गर्ने गरेका कारण नेपाली उत्पादनले बजार नपाउने गरेको हो । चोरी तस्करी भएर आउने माछा नियन्त्रणमा लिनसके नेपाली उत्पादनले बजार पाउने आशा उनीहरूको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देवानगञ्ज । संविधानको धारा २१७ बमोजिम गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने व्यवस्था छ । उक्त समितिमा गाउँ सभा वा नगर सभाले आफूमध्येबाट निर्वाचित गरेका दुई जना सदस्य रहने व्यवस्था छ । न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमीन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुंगो लगाउने गर्दछ […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. १ मध्यहर्षाहीमा रहेको साना किसान कृषि सहकारी संस्था ३६ लाख घाटामामा पुगेको छ। संस्थाले आर्थिक वर्ष २०८०/८१ मा ३६ लाख घाटा व्यहोरी रहेको लेखा प्रतीवेदनले देखाएको छ। संस्थाले पुष २७ गते सम्पन्न गरेको साधारण सभामा सार्वजनिक गरेको लेखा प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षमा २२ लाख घाटामा सञ्चालन रहेकोमा आर्थिक […]

देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाको १६ औं गाउँसभा अधिवेशन सम्पन्न गरेको छ । गाउँपालिकाको अध्यक्ष बेचन प्रसाद मेहताको अध्यक्षता, उपाध्यक्ष विभा कुमारी यादव तथा सभा सचिवको रुपमा प्रमुख प्रशासकीय अधिकृत सुधिर साफी लगायत सभा सदस्यहरुको उपस्थितिमा गाउँ सभा सम्पन्न भएको हो। सभामा गाउँपालिकाकी उपाध्यक्ष कुमारी बिभा यादवले संसोधनका प्रस्तावहरुमा कार्यपालिका निर्णयहरु तथा गाउँपालिका […]