०३ माघ २०८१, बिहिबार
16-01-2025 , Thu
×

समाजिक अभियन्ता गिरीद्वारा भारतीय पर्यटकलाई स्वागत

Logo
ब्रहमदेव मेहता प्रकाशित सोमबार, पुष १६, २०८०

तस्विर : नमो अनलाईन

विराटनगर । समाजिक अभियन्ता अभिषेक गिरीले सोमवार भारतबाट नेपाल आउँदै गरेका पर्यटकहरुलाई रानी-जोगबनी बोर्डरमा स्वागत गरेका छन् ।

नयाँ बर्ष २०२४ र टोपी दिवसको अवसर पारेर समाजिक अभियन्ता गिरीले भारतीय पर्यटकलाई खादा लाएर स्वागत सम्मान गरेका हुन् ।

नेपाल-भारत बिचको रोटी-बेटिको सम्बन्धलाई थप बल दिन गिरी फाउंडेशनले आज बिहान रानी नाकाबाट नेपाल भित्रिन लागेको पर्यटकहरुलाई स्वागत गरेका थिए । नेपाल-भारतको सम्बन्ध सदियौँ देखि चलि आएकोले यसलाई थप उत्साह दिन यस्तो किसिमको कार्यक्रम आयोजना गरेको गिरीले बताए । आगामी दिनहरुमा समेत सम्बन्धलाई बलियो बनाउने खालको काम गरि रहने समेत बताउनु भयो ।

नयाँ बर्ष २०२४ को अवसरमा नेपाल घुम्न आउने पर्यटकहरुलाई गिरीले स्वागत गर्दा प्रर्यटकहरु निकै खुसी भएका थिए ।

भारतीय पर्यटकलाई नेपाल प्रवेश गर्दा सुरक्षा निकायले सास्ती दिएको गुनासो आउने गरेको अवगत गराउँदै गिरीले यसो नगरिदिन प्रहरीसमक्ष आग्रह समेत गरे ।

कार्यक्रममा सशस्त्र प्रहरीका डिएसपी महेश केसी, विराटनगर महानगरपालिका-१५ का वडाध्यक्ष प्रकाश साहलगायत सहभागी थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देवानगञ्ज । संविधानको धारा २१७ बमोजिम गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने व्यवस्था छ । उक्त समितिमा गाउँ सभा वा नगर सभाले आफूमध्येबाट निर्वाचित गरेका दुई जना सदस्य रहने व्यवस्था छ । न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमीन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुंगो लगाउने गर्दछ […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. १ मध्यहर्षाहीमा रहेको साना किसान कृषि सहकारी संस्था ३६ लाख घाटामामा पुगेको छ। संस्थाले आर्थिक वर्ष २०८०/८१ मा ३६ लाख घाटा व्यहोरी रहेको लेखा प्रतीवेदनले देखाएको छ। संस्थाले पुष २७ गते सम्पन्न गरेको साधारण सभामा सार्वजनिक गरेको लेखा प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षमा २२ लाख घाटामा सञ्चालन रहेकोमा आर्थिक […]

देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाको १६ औं गाउँसभा अधिवेशन सम्पन्न गरेको छ । गाउँपालिकाको अध्यक्ष बेचन प्रसाद मेहताको अध्यक्षता, उपाध्यक्ष विभा कुमारी यादव तथा सभा सचिवको रुपमा प्रमुख प्रशासकीय अधिकृत सुधिर साफी लगायत सभा सदस्यहरुको उपस्थितिमा गाउँ सभा सम्पन्न भएको हो। सभामा गाउँपालिकाकी उपाध्यक्ष कुमारी बिभा यादवले संसोधनका प्रस्तावहरुमा कार्यपालिका निर्णयहरु तथा गाउँपालिका […]