०६ माघ २०८१, आइतबार
19-01-2025 , Sun
×

हत्यामा संलग्न अभियुक्त ३० वर्षपछि पक्राउ

Logo
नमो संवाददाता प्रकाशित सोमबार, पुष १६, २०८०

तस्विर : फाईल

कर्तव्य ज्यान मुद्दामा संलग्न रही फरार एक अभियुक्तलाई ३० वर्षपछि पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय भोजपुरले फरार अभियुक्त टेम्केमैयुङ गाउँपालिका वडा नं ५ खावाका ४६ वर्षीय पूर्णहाङ राईलाई यही पुस १४ गते राति पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुदीपराज पाठकले अभियुक्त राईलाई ललितपुरमा बसोबास गर्दै गरेको अवस्थामा पक्राउ गरी भोजपुर ल्याइएको जानकारी दिनुभयो । विसं २०५० मङ्सिर ३ गते राईसहितको संलग्नतामा साविक कोट गाविसका राजधन राईको खुकुरी प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ।

हत्याका मुख्य प्रतिवादी शुक्रदेव राईको फरार रहेका अवस्थामा मृत्यु भइसकेको जानकारी आएको र सो सम्बन्धमा थप अनुसन्धान जारी राख्दै अन्य संलग्न प्रतिवादीको खोजी जारी रहेको प्रहरी प्रमुख पाठकले बताएका छन्।

पक्राउ परेका पूर्णहाङलाई आज  जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दे सार्वजनिक गरियो। विसं २०६१ भदौ २८ गते जिल्ला अदालत भोजपुरबाट पूर्णहाङलाई घटनामा संलग्न रहेको भन्दै तीन वर्ष कैदको सजाए भएको थियो। फरार रहेका मुख्य प्रतिवादी शुक्रदेवलाई भने अदालतले २० वर्षको कैद सजाए तोकेको थियो।

विसं २०५० कात्तिक २७ गते लक्ष्मी पूजाको दिन देउसी खेल्ने क्रममा प्रतिवादी शुक्रदेव, पूर्णहाङलगायत २६ जनाले मृतकका दाजु जाहेरवाला बागधन राईसँग बादविवाद भएको थियो। त्यसपछि  मङ्सिर ३ गते विवाद मिलाउने क्रममा झगडा भएपछि राजधनमाथि कुटपिट गर्नेक्रममा शुक्रदेव राईले खुकुरी प्रहार गरी कर्तव्य गरी उनको हत्या गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देवानगञ्ज । संविधानको धारा २१७ बमोजिम गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने व्यवस्था छ । उक्त समितिमा गाउँ सभा वा नगर सभाले आफूमध्येबाट निर्वाचित गरेका दुई जना सदस्य रहने व्यवस्था छ । न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमीन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुंगो लगाउने गर्दछ […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. १ मध्यहर्षाहीमा रहेको साना किसान कृषि सहकारी संस्था ३६ लाख घाटामामा पुगेको छ। संस्थाले आर्थिक वर्ष २०८०/८१ मा ३६ लाख घाटा व्यहोरी रहेको लेखा प्रतीवेदनले देखाएको छ। संस्थाले पुष २७ गते सम्पन्न गरेको साधारण सभामा सार्वजनिक गरेको लेखा प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षमा २२ लाख घाटामा सञ्चालन रहेकोमा आर्थिक […]

देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाको १६ औं गाउँसभा अधिवेशन सम्पन्न गरेको छ । गाउँपालिकाको अध्यक्ष बेचन प्रसाद मेहताको अध्यक्षता, उपाध्यक्ष विभा कुमारी यादव तथा सभा सचिवको रुपमा प्रमुख प्रशासकीय अधिकृत सुधिर साफी लगायत सभा सदस्यहरुको उपस्थितिमा गाउँ सभा सम्पन्न भएको हो। सभामा गाउँपालिकाकी उपाध्यक्ष कुमारी बिभा यादवले संसोधनका प्रस्तावहरुमा कार्यपालिका निर्णयहरु तथा गाउँपालिका […]