२८ आश्विन २०८१, सोमबार
14-10-2024 , Mon
×

गृहमन्त्री आफैं पुगेर छुटाए जनमत पार्टीका नेता-कार्यकर्ता

Logo
नमो संवाददाता प्रकाशित सोमबार, पुष १६, २०८०

काठमाडौं । ‘धोती दिवस’ मनाउन भन्दै माइतीघर क्षेत्रमा भेला भएको बेला पक्राउ परेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी, जनमत पार्टीका अध्यक्ष सीके राउत लगायतलाई प्रहरीले छाडेको छ ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठ आफैं नेपाल प्रहरी क्लब भृकुटीमण्डप पुगेर उनीहरुलाई छुटाएका हुन् । ‘गृहमन्त्री श्रेष्ठले आफूहरुबाट भएको कमीकमजोरी स्वीकार्दै आफ्नै उपस्थितिमा सबै आन्दोलनकारीलाई रिहाइ गराउनु भयो,’ जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले भने ।

अंग्रेजी महिनाको जनवरी १ तारिखको अवसर पारेर ‘धोती दिवस’ मनाउन भन्दै जनमत पार्टीका नेता–कार्यकर्ताहरु ‘धोती दिवस’ लेखिएको ब्यानरसहित माइतीघरमा भेला भएका थिए । निषेधित क्षेत्रमा भेला भएपछि प्रहरीले उनीहरुलाई हटाउन खोजेको थियो । सो क्रममा प्रहरीसँग उनीहरुको धकेलाधकेल भएको थियो ।

प्रदर्शनमा सहभागीहरु प्रहरीको घेरा तोड्दै अघि बढेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् । आज मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेकी हुन् । प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले विज्ञप्ति जारी गरी प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेश गर्न […]

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा नेपाली कांग्रेसले असभ्य व्यवहार गरेको बताएका छन् । अध्यक्ष ओलीले शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै कांग्रेसले उत्ताउलोपन देखाएर सत्तापक्ष र मन्त्री बसेको रोमा आएको बताएका हुन् ।  उनले कांग्रेस सांसदहरुले अपशब्द प्रयोग गरेको टिप्पणी गरेका छन् । बिहीवारको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका उपसभापति धनराज […]

इलाम । इलाम क्षेत्र २ मा आउँदो १५ गते उपनिर्वाचन हुँदैछ । निर्वाचनको साताअघि इलाम सदरमुकामको चोकबजारमा बिहीबार ‘नो भोट’ भन्दै सयौंको भिडमा कार्यक्रम चलिरहेको छ । अभियानमा सहभागी हुन झापातिरबाट दर्जनौं सवारी साधनमा हुलका हुल मानिस आएका छन् । र, उनीहरूले भारतीय नम्बरका सवारी साधन ल्याएका छन् । उनीहरूले ल्याएका भारतीय सवारीमा नेपालको राष्टिूय झन्डा […]