०१ चैत्र २०८१, शनिबार
15-03-2025 , Sat
×

बर्जुमा मोटरसाइकल दुर्घटना, चालक गम्भीर घाईते

Logo
जुगेस दास प्रकाशित मंगलबार, पुष १७, २०८०

तस्विर : नमो अनलाईन

बर्जु । सुनसरीको बर्जु गाउँपालिका-५ सितागञ्जमा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन्।

देवानगञ्ज देखी बिराटनगर जाँदै गरेको स ११ प २७५९ नम्बरको माेटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक उदयपुर घर भएका ३० बर्षीय दिक्कबहादुर बस्नेत घाईते भएकाे हो ।

तिब्र गतिमा रहेको उक्त मोटरसाइकल घुम्ति बाटोमा अनियन्त्रित भई बिधुत पोलमा ठोकिदा दुर्घटना भएको ईलाका प्रहरी कार्यलय सितागञ्जले जनाएको छ ।

घाइते बस्नेतको अवस्था गम्भीर देखिएकोले सुरुमा बिराटनगर स्थित काेशी अस्पतालमा भर्ना गरिए पनि अहिले गोल्डेन हस्पिटल बिराटनगरमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय सितागञ्जका असइ कुमार कटवालले जानकारी दिनुभएकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका–१ रामनगर भुटाहाका लोदाई बहरदारका छोरा राहुल बहरदारले आज बिहान आ त्म हत्या गरेका छन्। उनले आफ्नो घरभन्दा करिब डेढ किलोमिटर पश्चिममा रहेको मकैबारीमा मसला रुखमा झुन्डिएर ज्यान लिएका हुन्। स्थानीयहरूका अनुसार राहुल केही दिनदेखि मानसिक तनावमा देखिएका थिए। उनी प्रेमीकाको विवाह अरू कसैसँग भएको खबर पाएपछि चिन्तित भएका थिए। स्थानीयहरूले […]

देवानगञ्ज । सुनसरी स्थित देवानगञ्ज गाउँपालिका वडा नं. ३ कप्तानगञ्जबाट ३९ के.जी गाजा सहित ईलका प्रहरी कार्यालय देवानगञ्जका प्रमुख कमल विष्टको नेतृत्वमा खटेको प्रहरी टोलिले एकजनालाई पक्राउ गरेको छ। अरविन्द कुमार यादवको घरमा लुकाई राखेको अवस्थामा इलाका प्रहरी कार्यालय देवानगञ्ज, कोशी प्रदेशका PIT शाखा र जिल्ला प्रहरी कार्यालय सुनसरीको सादा पोसाकको संयुक्त टोलिले २०८१ सालको […]

हरिनगर । हरिनगरामा रहेको उपयुक्त कृषि सहकारी संस्था लिमिटेडको ९ औं बार्षिक साधारण सभा सम्पन भएको छ । हरिनगर गाउँपालिका वडा नं. – ४ हरिनगरा स्थित रहेको हरिनगरा माध्यमिक विद्यालयको सभाहलमा गाउँपालिकाकी उपाध्यक्ष रिमझिम कुमारी भगतको प्रमुख आतिथ्यमा सभाको आयोजना गर्दै आर्थिक बर्ष २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्दै साधारण सभा सम्पन भएको हो। सभामा […]