०२ फाल्गुण २०८१, शुक्रबार
14-02-2025 , Fri
×

कार्यपालिका सदस्य विकास भाटीद्वारा महिला पत्रकार माथी हातपात

Logo
नमो अनलाईन प्रकाशित बुधबार, पुष १८, २०८०

तस्बिर : दुर्व्यवहार गर्ने धरान उपमहानगरपालिकाको कार्यपालिका सदस्य विकास भाटी र पीडित पत्रकार रश्मि प्रधान ।

बिराटनगर । धरान उपमहानगरपालिकाको कार्यपालिका सदस्य विकास भाटीद्वारा पत्रकार रश्मि प्रधानको मोबाइल खोसेर हातपात गरेका छन् । प्रधान ‘कपुरी न्युज’मा आबद्ध छिन भने उनी पत्रकार नेपाल पत्रकार महासङ्घ सुनसरीकी साधारण सदस्य समेत हुन ।

धरान उपमहानगरपालिकाले पब्लिक हाई स्कुल मैदानमा आयोजना हुने ‘धरान डे मेलाका लागि टेण्ट हाउले पण्डालको स्टल बनाउँदै छ । सोमवार दिउँसो ुधरान डे स्थलको समाचार सङ्कलन गर्न पत्रकार प्रधान हाइस्कुल मैदान पुगेकी थिइन् ।

स्टलहरू बनाई रहेको ठाउँमा वादविवाद झगडा भइरहेको देखिएपछि पत्रकार प्रधान त्यहाँ के भएको भनी हेर्न पुगेकी थिइन् । त्यहाँ रहेका धरान उपमहानगरपालिका कार्यपालिका सदस्य विकाश भाटी गाली गलौजको भाषामा कसैसँग झगडा गरिरहेका थिए ।

त्यही बेला पत्रकार प्रधान त्यहाँ पुगेको विकास भाटीले देख्ने बित्तिकै ‘तैंले भिडियो खिचेको ?’ भन्दै एक्कासि हातपात गर्दै मोबाइल खोसेर अश्लील गाली गलौज गरेको पत्रकार प्रधानले बताइन । कार्यपालिकाको सदस्य जस्तो पदमा रहेका व्यक्तिको यस्तो व्यवहार अक्षम्य छ।

यसबारे ‘कपुरी न्युज’ले पत्रकार महासङ्घका सुनसरी जिल्ला सचिव ध्रुव ढकाललाई तत्काल फोनद्वारा जानकारी गराउँदै कार्यपालिका सदस्य जस्तो जिम्मेवार पदमा रहेका व्यक्तिको उद्दण्ड व्यवहारको लागि उचित कारबाही गर्न माग गरेको छ । सचिव ढकालले घटना बारे इलाका प्रहरी कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय सुनसरीमा तत्काल मौखिक उजुरी दिइएको बताए ।

पत्रकार प्रधानले आज मङ्गलवार कार्यालय समयमा इलाका प्रहरी कार्यालयमा कानुनी कारबाहीका लागी उजुरी दिने बताइन ।

धरान डे मेलाका लागि जिम्मेवारी दिएको कार्यपालिका सदस्य विकास भाटीलाई धरान उपमहानगरपालिकाले महिला पत्रकार माथि हातपात गरेकोमा आवश्यक प्रहरी कारबाही गरी महिलासँग हुने लैङ्गिक हिंसाबाट सुरक्षा गर्न माग गर्दै ‘कपुरी न्युज’ ले घट्नाको भर्त्सना समेत गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी । ठगी आरोपमा झापा मेचिनगरका प्रदीप राउतलाई प्रहरीले पक्राउ गरेको छ। बैंकिङ कसुर मुद्दामा संलग्न रहेको भन्दै महाराजगञ्ज प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। राउतविरुद्ध १९ लाख ५० हजार र १५ लाख गरी दुईवटा चेक बाउन्सको जाहेरी परेको थियो। मेनपावर व्यवसायको आडमा ठगी गर्दै आएका उनले करोडौंको जग्गा किन्ने बहाना गर्दै धनाढ्य व्यक्तिहरूलाई जालमा पार्ने […]

हरिनगर। हरिनगरा बहुमुखी कलेजमा संचालन भैरहेको B. Ed. प्रथम बर्षको बार्षिक परिक्षा सौहार्दपूर्ण वातावरणमा संचालन भैरहेको छ । सुनसरी स्थित हरिनगर गाउँपालिकामा रहेको पूर्वाञ्चल विश्वविद्यालयबाट मान्यता प्राप्त हरिनगरा बहुमुखी कलेजमा संचालन भैरहेको B. Ed. प्रथम बर्षको बार्षिक परिक्षा सौहार्दपूर्ण वातावरणमा संचालन भैरहेको कलेज प्रमुख बलराम मण्डलले बताउनु भयो। स्थानिय तहमै कलेज स्थापना भएपछि बाहिर गएर […]

देवानगञ्ज । संविधानको धारा २१७ बमोजिम गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने व्यवस्था छ । उक्त समितिमा गाउँ सभा वा नगर सभाले आफूमध्येबाट निर्वाचित गरेका दुई जना सदस्य रहने व्यवस्था छ । न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमीन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुंगो लगाउने गर्दछ […]