देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिका वडा नं. – ३ स्थित रहेको श्री माध्यमिक विद्यालय पाँचौसिम्मरका सुकुम्बासी समुदायका विद्यार्थीहरुलाई न्यानो लुगा बितरण गरिएको छ ।
जन्मथलो देवानगञ्ज भएको तर हाल अमेरिकी नागरिक भएर अमेरिकामा बसोवास गर्दै आइरहेका दुई सहयोगी युवाहरु प्रमोद मेहता र प्रकाश मेहताकोको आर्थिक सहयोगमा हिन्दू स्वयंसेवक संघ नेपाल, देवानगञ्जको आयोजनामा सुकुम्बासी ६५ जना बिद्यार्थीहरुलाई स्विटर र ७ जना बृद्धहरुलाई बल्यांकेट बितरण गरेको हो ।
समाजिक तथा धार्मिक कार्यमा सदैव सक्रिय रहेको हिन्दू स्वयंसेवक संघ नेपाल, देवानगञ्जले जाडो छल्न का लागि बिद्यार्थी तथा वृद्धहरु लाई न्यानो लुगा बितरण गरिएको सुनसरी जिल्ला स-कार्यवाह एवं शिक्षक शन्तकुमार मेहताले जानकारी दिनुभयो ।
त्यस्तै हिन्दू स्वयंसेवक संघ नेपाल, बिराटनगर बिभाग कार्यवाह श्रवण कुमार यादवले संघ परिचय राखेका थिए।
देवानगञ्ज – ३ का वडाअध्यक्ष अनिल भगतको प्रमुख अतिथि रहेको उक्त वितरण कार्यक्रम श्री माध्यमिक विद्यालय पाँचौसिम्मरका प्रअ जयनन्दन् शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो । जसमा स्थानीय समाजसेवी, बुद्धिजीवि तथा संघका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
सुनसरी । ठगी आरोपमा झापा मेचिनगरका प्रदीप राउतलाई प्रहरीले पक्राउ गरेको छ। बैंकिङ कसुर मुद्दामा संलग्न रहेको भन्दै महाराजगञ्ज प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। राउतविरुद्ध १९ लाख ५० हजार र १५ लाख गरी दुईवटा चेक बाउन्सको जाहेरी परेको थियो। मेनपावर व्यवसायको आडमा ठगी गर्दै आएका उनले करोडौंको जग्गा किन्ने बहाना गर्दै धनाढ्य व्यक्तिहरूलाई जालमा पार्ने […]
देवानगञ्ज । सुनसरी स्थित देवानगञ्ज गाउँपालिका वडा नं. ३ कप्तानगञ्जबाट ३९ के.जी गाजा सहित ईलका प्रहरी कार्यालय देवानगञ्जका प्रमुख कमल विष्टको नेतृत्वमा खटेको प्रहरी टोलिले एकजनालाई पक्राउ गरेको छ। अरविन्द कुमार यादवको घरमा लुकाई राखेको अवस्थामा इलाका प्रहरी कार्यालय देवानगञ्ज, कोशी प्रदेशका PIT शाखा र जिल्ला प्रहरी कार्यालय सुनसरीको सादा पोसाकको संयुक्त टोलिले २०८१ सालको […]
हरिनगर। हरिनगरा बहुमुखी कलेजमा संचालन भैरहेको B. Ed. प्रथम बर्षको बार्षिक परिक्षा सौहार्दपूर्ण वातावरणमा संचालन भैरहेको छ । सुनसरी स्थित हरिनगर गाउँपालिकामा रहेको पूर्वाञ्चल विश्वविद्यालयबाट मान्यता प्राप्त हरिनगरा बहुमुखी कलेजमा संचालन भैरहेको B. Ed. प्रथम बर्षको बार्षिक परिक्षा सौहार्दपूर्ण वातावरणमा संचालन भैरहेको कलेज प्रमुख बलराम मण्डलले बताउनु भयो। स्थानिय तहमै कलेज स्थापना भएपछि बाहिर गएर […]