०२ फाल्गुण २०८१, शुक्रबार
14-02-2025 , Fri
×

हरिनगरमा नि:शुल्क स्वास्थ्य शिविर

Logo
नमो संवाददाता प्रकाशित बिहिबार, पुष २६, २०८०

तस्विर : नमो अनलाईन

हरिनगर । सुनसरीकाे हरिनगर गाउँपालिका ४ स्थित रहेको हरिनगरा माध्यमिक विद्यालय प्राङ्गणमा एक दिने निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।

लाईफ गार्ड अस्पताल प्रा. लि. को प्राविधिक सहयोग तथा हरिनगर गाउँपालिका वडा नं. ४ सुनसरीको संयुक्त आयोजनामा मिति २०८० पौष २७ गते शुक्रवार बिहान १० : ०० बजे देखि साँझ ५ : ०० सम्म नि:शुल्क स्वास्थ्य शिविर हुने भएको हो ।

शिवशान्ति हेल्थकेयर सेन्टर प्रा. लि. हरिनगर – ४, सुनसरी, HHCRS-NEPAL Health For Society र मेघा पोलिक्लिनिक एण्ड डाईग्नोस्टिक सेन्टर प्रा. लि.
हरिनगर – ४ को सह आयोजनामा हुन गई रहेको उक्त शिविरमा सबै किसिमको स्वास्थ्य समस्याको जाँच गरिने आयोजकले जानकारी गराएको छ। शिविरमा सहभागी भई स्वास्थ्य जाँच गराउन आयोजकले आग्रह समेत गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देवानगञ्ज । सुनसरी स्थित देवानगञ्ज गाउँपालिका वडा नं. ३ कप्तानगञ्जबाट ३९ के.जी गाजा सहित ईलका प्रहरी कार्यालय देवानगञ्जका प्रमुख कमल विष्टको नेतृत्वमा खटेको प्रहरी टोलिले एकजनालाई पक्राउ गरेको छ। अरविन्द कुमार यादवको घरमा लुकाई राखेको अवस्थामा इलाका प्रहरी कार्यालय देवानगञ्ज, कोशी प्रदेशका PIT शाखा र जिल्ला प्रहरी कार्यालय सुनसरीको सादा पोसाकको संयुक्त टोलिले २०८१ सालको […]

हरिनगर । हरिनगरामा रहेको उपयुक्त कृषि सहकारी संस्था लिमिटेडको ९ औं बार्षिक साधारण सभा सम्पन भएको छ । हरिनगर गाउँपालिका वडा नं. – ४ हरिनगरा स्थित रहेको हरिनगरा माध्यमिक विद्यालयको सभाहलमा गाउँपालिकाकी उपाध्यक्ष रिमझिम कुमारी भगतको प्रमुख आतिथ्यमा सभाको आयोजना गर्दै आर्थिक बर्ष २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्दै साधारण सभा सम्पन भएको हो। सभामा […]

बराहक्षेत्र । सुनसरी जिल्ला स्थित बराहक्षेत्र नगरपालिका ११ मधुवन स्थिति रहेको दाजु भाइ कृषि फर्मले विगत विगतको ४ बर्ष देखि च्याउ खेती तर्फ आकर्षित भएका छन । वैदेशिक रोजगारबाट फर्केर आएका भरत र रोसन दाजु भाइले च्याउ खेती गर्दे आएको हो। पहिलोपटक २ सय सिलिन्डर अर्थात पोक्का बाट च्याउ खेती गरिएको थियो । भने अहिले […]