०१ चैत्र २०८१, शनिबार
15-03-2025 , Sat
×

करको दर घटाएर आम्दानीको लक्ष्य बढाउँदै इटहरी उपमहानगर

Logo
नमो अनलाईन प्रकाशित मंगलबार, माघ ०२, २०८०

तस्विर : फाईल

इटहरी । इटहरी उपमहानगरपालिकाले आर्थिक ऐन २०८०/८१ लाई संशोधन गर्ने तयारी गरेको छ । वृद्धि भएको राजस्व, शुल्क तथा जरिवानाको विरोध भएपछि उपमहानगरपालिकाले आगामी नगर सभा मार्फत करको दर घटाउने तयारीमा लागेको हो ।

पौष मसान्त सम्म इटहरी उपमहानगरपालिकाको आन्तरिक आम्दानी १७ करोड ५५ लाख मात्र छ । जसले चालु खर्च मात्र पनि व्यवस्थापन गर्न समस्या पर्ने देखिन्छ ।

मुख्यतः दस्तुर जरिवाना र एकीकृत सम्पत्ति करको दर घटाए पनि आम्दानीको लक्ष्य बढाउन लागेको छ ।यसअघि ६८ करोड १४ लाख अनुमान गरिएको आन्तरिक आयको लक्ष्य बढाएर ९२ करोड १४ लाख पुर्‍याउन लागिएको हो ।

सम्पत्ति करको सबैभन्दा धेरै सम्पत्तिको मूल्याङ्कन हुने १ करोड १० लाख रुपैयाँ सम्मको करमा वृद्धि हुने भएको छ । सम्पत्ति करको हिसाबमा इटहरी उपमहानगरपालिका भित्र अत्यधिक मूल्याङ्कन हुने  एकीकृत सम्पत्ति करको दर वृद्धि हुन लागेको हो । यस अघि ७५ लाख सम्म शून्य दशमलव १३ प्रतिशत लाग्ने करको शीर्षक बढाएर १ करोड १० लाख सम्मको शून्य दशमलव १४ प्रतिशत पुर्याउने तयारी भएको छ ।

यसअघि १२ करोड ५५ लाख ८० हजार अनुमान गरिएको सम्पत्ति करको आय बढाएर २१ करोड ५५ लाख ८० हजार पुर्‍याउन लागिएको छ । भुमिकर तथा मालपोतमा पनि १० करोड अनुमान बढाउने तयारी भएको छ । १४ करोड अनुमान गरेको घर बहाल करबाट २० करोड उठाउने उपमहानगरको योजना छ।

व्यवसाय करमा ८ करोड अनुमान गरिएकोमा बढाएर १३ करोड पुर्‍याउन लागिएको हो । सिफारिस दस्तुरबाट हुने आम्दानीमा १ करोड अनुमान वृद्धि गर्ने तयारी भएको छ ।

यसअघि ९७० लाग्ने सर्जीमिन गरि गरिने नागरिकता सिफारिसमा ५७० कायम गरिने भएको छ । गैरआवसीय नेपालीको नागरिकता सिफारिसमा भने १० हजार शुल्क लाग्ने भएको छ ।

अस्थायी बसोबास प्रमाणित सिफारिस शुल्कमा ५ सय रुपैयाँ घटाउन लागिएको हो । यसअघि ९७० लाग्दै आएको सिफारिस संशोधन विधेयक प्रमाणित भए पश्चात् ४७० लाग्ने भएको छ ।

२ हजार कायम रहेको थ्रि-फेज लाइन जडान सिफारिसमा ५ सय घटाएर १५ सय पुर्याउने तयारी गरिएको छ। विद्युत् सर्जीमिनमा अपाङ्गलाई नि:शुल्क गर्ने व्यवस्था मिलाउन लागिएको छ ।

९७० रहेको धनीपुर्जा हराएको सिफारिसमा ४७० घटाएर ५ सय पुर्याउने तयारी भएको छ । त्यस सँगै भौतिक पूर्वाधार प्रयोगशाला परीक्षण गरिने बस्तुको सेवा शुल्कमा समेट घटाउने उपमहानगरको तयारी छ ।

itahari-tax-paper

itahari-tax-paper-2

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका–१ रामनगर भुटाहाका लोदाई बहरदारका छोरा राहुल बहरदारले आज बिहान आ त्म हत्या गरेका छन्। उनले आफ्नो घरभन्दा करिब डेढ किलोमिटर पश्चिममा रहेको मकैबारीमा मसला रुखमा झुन्डिएर ज्यान लिएका हुन्। स्थानीयहरूका अनुसार राहुल केही दिनदेखि मानसिक तनावमा देखिएका थिए। उनी प्रेमीकाको विवाह अरू कसैसँग भएको खबर पाएपछि चिन्तित भएका थिए। स्थानीयहरूले […]

देवानगञ्ज । सुनसरी स्थित देवानगञ्ज गाउँपालिका वडा नं. ३ कप्तानगञ्जबाट ३९ के.जी गाजा सहित ईलका प्रहरी कार्यालय देवानगञ्जका प्रमुख कमल विष्टको नेतृत्वमा खटेको प्रहरी टोलिले एकजनालाई पक्राउ गरेको छ। अरविन्द कुमार यादवको घरमा लुकाई राखेको अवस्थामा इलाका प्रहरी कार्यालय देवानगञ्ज, कोशी प्रदेशका PIT शाखा र जिल्ला प्रहरी कार्यालय सुनसरीको सादा पोसाकको संयुक्त टोलिले २०८१ सालको […]

हरिनगर । हरिनगरामा रहेको उपयुक्त कृषि सहकारी संस्था लिमिटेडको ९ औं बार्षिक साधारण सभा सम्पन भएको छ । हरिनगर गाउँपालिका वडा नं. – ४ हरिनगरा स्थित रहेको हरिनगरा माध्यमिक विद्यालयको सभाहलमा गाउँपालिकाकी उपाध्यक्ष रिमझिम कुमारी भगतको प्रमुख आतिथ्यमा सभाको आयोजना गर्दै आर्थिक बर्ष २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्दै साधारण सभा सम्पन भएको हो। सभामा […]