०३ माघ २०८१, बिहिबार
16-01-2025 , Thu
×

विराटनगरका सोनी र दमकका तामाङ ब्राउन सुगर सहित पक्राउ

Logo
नमो संवाददाता प्रकाशित आइतबार, माघ १४, २०८०

तस्विर : फाईल

विराटनगर । प्रहरीले विराटनगर र दमकबाट शनिवार २ जनालाई लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

पक्राउ पर्नेमा विराटनगर-१२ का २३ वर्षीय शौरभ सोनी र झापाको दमक-९ का २६ वर्षीय पासाङ तामाङ छन् ।

प्रहरी अनुसार शनिवार बेलुका साढे ४ बजे विराटनगर-१५ एक नम्बर ढाटबाट लागुऔषध ब्युरो विराटनगरको प्रहरी टोलीले सोनीलाई लागुऔषध ब्राउनसुगर ० दशमलव ५७ ग्राम सहित पक्राउ गरिएको हो ।

यसैगरी शनिवार राती ८ बजे दमक-८ सब्जी लाइनबाट इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले तामाङलाई लागुऔषध ब्राउनसुगर २ ग्राम सहित पक्राउ गरिएको हो ।

पक्राउ परेका दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देवानगञ्ज । संविधानको धारा २१७ बमोजिम गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने व्यवस्था छ । उक्त समितिमा गाउँ सभा वा नगर सभाले आफूमध्येबाट निर्वाचित गरेका दुई जना सदस्य रहने व्यवस्था छ । न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमीन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुंगो लगाउने गर्दछ […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. १ मध्यहर्षाहीमा रहेको साना किसान कृषि सहकारी संस्था ३६ लाख घाटामामा पुगेको छ। संस्थाले आर्थिक वर्ष २०८०/८१ मा ३६ लाख घाटा व्यहोरी रहेको लेखा प्रतीवेदनले देखाएको छ। संस्थाले पुष २७ गते सम्पन्न गरेको साधारण सभामा सार्वजनिक गरेको लेखा प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षमा २२ लाख घाटामा सञ्चालन रहेकोमा आर्थिक […]

देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाको १६ औं गाउँसभा अधिवेशन सम्पन्न गरेको छ । गाउँपालिकाको अध्यक्ष बेचन प्रसाद मेहताको अध्यक्षता, उपाध्यक्ष विभा कुमारी यादव तथा सभा सचिवको रुपमा प्रमुख प्रशासकीय अधिकृत सुधिर साफी लगायत सभा सदस्यहरुको उपस्थितिमा गाउँ सभा सम्पन्न भएको हो। सभामा गाउँपालिकाकी उपाध्यक्ष कुमारी बिभा यादवले संसोधनका प्रस्तावहरुमा कार्यपालिका निर्णयहरु तथा गाउँपालिका […]