२६ भाद्र २०८१, बुधबार
11-09-2024 , Wed
×

कविता “अन्तर द्वन्द्व”

Logo
लेखक : अमन बस्नेत, सुनसरी प्रकाशित आइतबार, माघ १४, २०८०

हरेक रात,
जब सन्नाटाले राज सुरु गर्छ,
तब,
आँखा र मस्तिष्कको द्वन्द्व चल्छ।
आँखाले पर्दा तल्तिर सार्छ,
शुन्य सिवाय केहि देख्दैन,
औंसीसङ्ग निस्पट कालो सापटी लिई।
त्यसमै विलीन हुन,
आँखाले जमर्को गर्छ।
तर मस्तिष्कले मान्दैन।
अनेकन रङ्गहरु एकैचोटि,
बाल्टिनभित्र मिसाएर त्यसमाथि
थोरै अभिलाषा,
थोरै उज्यालो,
थोरै मिठो थपेर,
आँखाको सामुन्ने छ्ताछुल्ल पारिदिन्छ।
तिनै रङ्गहरुको बीचमा,
भुलबस नथपिएको
जीवन खोज्नथाल्छ
आँखा । यताउता सबैतिर हेर्छ,
पसिनापसिना हुन्छ,
काँप्छ,
कराउँछ,
चिच्याउँछ,
तर भेट्दैन।
खोज्दाखोज्दै थाकेर पुन:
उहि कालोमा,
उहि वास्तविकतामा,
रित्तो फर्किन्छ आँखा।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । आईफोन १६ सार्वजनिक हुन अब केही दिन मात्र बाँकी छ । यस पटक आईफोन १६, आईफोन १६ प्लस, आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्स सार्वजनिक हुने अनुमान गरिएको छ । अहिलेसम्म बाहिरिका जानकारी अनुसार ९ सेप्टेम्बरमा यी फोन सार्वजनिक हुनेछन् । आईफोनको यो नयाँ लाइनअप एआई, सफ्टवेयर अपडेट, क्यामेरा जस्ता अनेकन् […]

काठमाडौं । यही असार ७ गतेबाट पुनः प्रदर्शनमा आउन लागेको भजन शिरोमणि स्वर्गीय भक्तराज आचार्यको वायोपिक फिल्म ‘आचार्यु को नयाँ ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा भक्तराज आचार्यको बाल्यपन देखि  संगीत क्षेत्रको १६ बर्षे उत्कृष्ट समय अनि स्वर गुमेको घटना पनि देखाइएको छ । १३ बर्ष अघिनै निर्माण भएर प्रर्दशन भएता पनि भक्तराज आचार्य […]

काठमाण्डौं । गीतकार प्रमिला बस्नेतको नयाँ गीत ‘यो जिन्दगीको‘ बजारमा आएको छ । ‘यो जिन्दगीको‘ शिर्षकमा रहेको गीतमा गायिका अन्जु विश्वकर्मा ले स्वर दिएकी छन । सरोज प्याकुरेलको संगीत , फडिन्द्र राईको एरेन्जमा गीतमा निमार्ण गरिएको छ । प्रेमील जोडि विचको भावनात्मक सम्वन्धलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।आफनो मनको कुरा बुझने मायालाई आफुले […]