१३ मंसिर २०८०, बुधबार
29-11-2023 , Wed
×

फोक्सोमा पानी जम्मा र किड्नीको इन्फेक्सन पीडितद्वारा सहयोगको अपिल

Logo
नमो अनलाईन प्रकाशित मंगलबार, जेठ ०९, २०८०

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–९ की ४० वर्षीया सिता देवी महासेठले उपचारका लागि सहयोगको अपिल गरेकी छन् । फोक्सोमा पानी जम्मा र किड्नीको इन्फेक्सनबाट पीडित महासेठलाई उपचारका लागि आर्थिक अभाव भएपछि सहयोगको अपिल गरिएको हो ।

परिवारिक स्रोतका अनुसार महासेठको ५ दिनदेखि भारतको दरभंगास्थित सरकारि अस्पतालमा उपचार भइरहेको थियो। आज काठमाडौँ स्थित टिचिङ्ग हस्पिटलमा रेफर गरिएको छ।
चिकित्सकले सबैतिरबाट चाँडो आर्थिक सहयोग जुटाएर तयारी अवस्थामा बस्न भनेका छन्।

 

महासेठको उपचार खर्च जुटाउनका लागि सङ्गसंस्था ,स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार सङ्ग समेत आग्रह गरे ।

‘अहिलेसम्म उपचारमा धेरैं रुपैयाँ खर्च भइसकेको छ, थप उपचारका लागि आर्थिक अभाव भएकाले सहयोग गरिदिनु हुन अनुरोध छ’, विरामीका पति रामरतन महासेठले भने, ‘थप ३ देखि ४ लाख खर्च हुने भनिएको छ, त्यसैले सहयोगका लागि सबैसँग आग्रह गरेका हौं ।’

महासेठलाई सहयोग जुटाउन उनकी छोरी अर्चना कुमारी महासेठको नाममा सिद्धार्थ बैंकमा ५५५००२५२१३० नम्बरको खाता खोलिएको छ । थप जानकारीका लागि पिडितको मोबाइल नम्बर ९८२७८२७९३८ वा ९८००८२३८७० मा सम्पर्क गर्न परिवारले आग्रह गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बिराटनगर । पश्चिमी वायुको सामान्य प्रभाव तथा राजस्थानमा विकास भएको न्यून चापीय प्रणालीका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान काठमाडौं उपत्यकासहित कोशी, मधेस, कर्णाली, सुदूरपश्चिम प्रदेशमा बदलीको अवस्था रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए। उनका अनुसार काठमाडौं उपत्यकामा बदलीका […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. ७ सिनुवारीबाट केराबारीमा केरा चोरी गर्दै गरेको अवस्थामा एकजना पक्राउ परेका छन् । विगत केही दिन देखि देवानगञ्जमा केरा चोरी बढे पछि किसानहरू चिन्तित छन् । खेतमा केरा काटी बोरामा हाल्दै गरेको देखेपछि सोधपुछ गर्न खोज्दा केरा छोडेर भाग्न खोज्दा केरा चोर हो भनेर स्थानीयहरु समातेर प्रहरीको जिम्मा […]

देवानगञ्ज । नेपाल भारत सम्बन्धलाई काठमाडौ र दिल्लीको भन्दा सीमा वारिपारी बस्ने स्थानीयको नजरले हेर्न सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित एक कार्यक्रममा वक्ताहरुले सुझाब दिएका छन् । नेपाल भारतको एउटा महत्वपूर्ण छिमेकी हो । सदियौँ पुरानो नागरिक सम्बन्ध र विश्वास, भौगोलिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धहरू दुवै देशका लागि निकै महत्वपूर्ण रहेको सत्यलाई बुझनुपर्छ उहाँहरुको […]