०१ चैत्र २०८१, शनिबार
15-03-2025 , Sat
×

त्रिभुवन विमानस्थलमा कर्मचारी कुटपिट गर्ने प्रहरीको ड्युटी परिवर्तन

Logo
नमो संवाददाता प्रकाशित सोमबार, माघ १५, २०८०

तस्विर : फाईल

काठमाडौं । निजामति कर्मचारीले देशभर काम ठप्प पार्ने चेतावनीपछि त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयभित्र कर्मचारी कुटपिट गर्ने प्रहरीको ड्युटी परिवर्तन गरिएको छ। गृहमन्त्रालयको निर्दैशनमा आइतबारबाट उनीहरुको ड्युटी परिवर्तन गरिएको हो।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनमा ती प्रहरीलाई हटाइएको हो। आइतबार दिउँसो उनीहरूको स्थानमा अन्य प्रहरीलाई ड्युटीमा खटाइएको गृहमन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता नारायण भटराईका अनुसार ती प्रहरीलाई ड्युटीमा खटाइएको छैन।उनीहरुलाई कारबाही गरेको नभई जिम्मेवारी मात्रै हेरफेर गरिएको हो।‘छानवीन हुँदैछ सो प्रकृया पूरा नहुन्जेल उनीहरुलाई डिउटीमा खटाइएको छैन’, प्रवक्ता भट्टराईले भने ।निजामती कर्मचारी संगठनका प्रतिनिधिहरूले उनीहरूलाई तीन दिनभित्र कारबाही नगरे देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका थिए। उनीहरूले गृहमन्त्री श्रेष्ठलाई भेटेर प्रहरीबाटै कर्मचारीहरू असुरक्षित भएको जानकारी गराएका थिए।

उनीहरुले कर्मचारी कुटपीट गर्ने प्रहरीलाई कारवाही नगरेमा देशभर आन्दोलन घोषणा गर्ने जनाएका थिए ।शनिबारबाट विमानस्थल अध्यागमन कार्यरत कर्मचारीहरूले कालो पटी बाँधेर काम गरिरहेका थिए।शुक्रबार दिउँसो अध्यागमन कार्यालयका अधिकृत छायालाल मोक्तानलाई प्रहरीले निर्घात रूपमा कुटपिट गरेका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख गोगन हमालमाथि पनि विमानस्थलमा खटिएका प्रहरीले हातपात गरेका थिए।

अध्यागमनका एक अधिकृत छायालाल मोक्तानमाथि हातपात गरेको विषयमा हमालले प्रश्न उठाउँदा ती प्रहरीले हमालमाथि नै हातपात गरेका थिए ।सरकारले छानबिन समिति नै बनाएर घटनाको अध्ययन गरिरहेको छ। प्रारम्भिक विवाद र कुटपिटका भएको बेलाको ‘सिसिटिभी फुटेज’ पनि सार्वजनिक भइसकेको छ।त्यही दृश्यलाई हेरेर पक्ष/विपक्षमा बहस पनि चलिरहेको छ। घटनामा संलग्न दुवै पक्षले आ-आफ्नो कमजोरी भने स्विकारेका छैनन्। दुवै पक्ष एकअर्काविरुद्ध आमनेसामने भएका छन्।

घटनामा संलग्न व्यक्तिहरू मात्र नभई उनीहरूसम्बद्ध संगठनहरू नै आफ्नाको बचाउमा उभिएका छन्। घटनामा अध्यागमनका कर्मचारीहरुले प्रहरीले आफूमाथि हातपात गरेको बताएको छ भने प्रहरीले प्रतिरक्षा मात्रै गरेको दाबी गरेको छ।सार्वजनिक भिडियोमा भने अध्यागमन कर्मचारीले पनि हात हालेको देखिन्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बर्जु । कोशी प्रदेश स्थित सुनसरी जिल्लाको सिमावर्ती क्षेत्र बर्जु गाउँपालिकाले बढ्दै गई रहेको कालोबजारीलाई नियन्त्रण गर्न बजार अनुगमन गरि म्याद गुज्रेका समानहरु नियन्त्रणमान लिई नष्ट गरेको छ । गाउँपालिका भित्र पर्ने बजार देखी गाउँघरमा खोलिएका किराना पसल, मदिरा, हार्डवेयर, औषधी पसल, कपडा पसल, कस्मेटिक पसल तथा होटेलहरूमा फितलो अनुगमनको फाइदा उठाउँदै म्याद गुज्रेका तथा […]

बर्जु। कोशी प्रदेश स्थित बर्जु गाउँपालिकाका कर्मचारीहरुले संयुक्तरूपमा गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र बुझाएका छन् । पालिकामा कार्यरत कर्मचारीहरुको सुरक्षाको प्रत्याभुती गरी ७२ घण्टा भित्र सहज र सरल ढंगबाट काम गर्ने वातावरण सृजना गरियोस भन्ने माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापनपत्रमा ” २०८१ साल फागुन २० गतेका दिन यस बर्जु गाउँपालिकाको प्रशासन शाखामा अन्दाजी १०:४५ […]

देवानगञ्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासँग माओवादी अभियानले जनतालाई अजयशक्ति प्रदान गर्ने बताएका छन् । जनतासँग माओवादी तराई–मधेस जागरण अभियानअन्तर्गत सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित जनजागरण सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । पहिलो चरणमा सुरु गरिएको हुलाकी मार्ग केन्द्रित अभियानले दक्षिण सिमाना बसोबास गर्ने नेपालीको अवस्था बुझेर उनीहरूमाथिको विभेद […]