२६ भाद्र २०८१, बुधबार
11-09-2024 , Wed
×

पाथीभरामा केवलकार निर्माण नगर्न भन्दै स्थानीय उत्रिए सडकमा

Logo
नमो संवाददाता प्रकाशित सोमबार, माघ १५, २०८०

तस्विर : नमो अनलाईन

ताप्लेजुङ ।  पाथीभरा मन्दिरमा केवलकार निर्माण नगर्न भन्दै सदरमुकाम फुङलिङमा सोमबार विरोध प्रदर्शन भएको छ । मुन्धुमी आस्थाको पवित्र स्थल भएकाले केवलकार निर्माण बिरुद्ध केवलकार खारेजी समिति बनाएर स्थानीयबासी आन्दोलित भएका छन् ।

उनीहरु प्रकृति माँस्न नपाइने, पाथीभरालाई यथास्थितिमा राख्नुपर्ने, पाथीभराको नाम मुक्कुमलुङ हुनुपर्ने, आइएलओ १६९ पालना गर्नुपर्ने लगायतका माग सहित सडकमा निस्किएका हुन् ।

काफ्लेपाटीदेखि पाथीभरा मन्दिरसम्म केवलकार निर्माणका लागि पाथीभरा केवलकार निर्माण प्रालिले सम्पुर्ण कागजी प्रक्रिया पूरा गरिसकेको छ । कम्पनीको नेतृत्व उद्योग वाणिज्य संघका केन्द्रीय अध्यक्ष चन्द्र ढकालले गरेका छन् ।

रुख कटान र निर्माणको चरणमा पुगेको कम्पनीलाई फुङलिङ नगरपालिकाले निर्माण अनुमति दिएको छ भने स्थानीयबासी भने निर्माण गर्ने र नगर्ने पक्षमा विभाजित भएका छन् । आन्दोलनकारीले रुख काट्न कुनै हालतमा नदिने अडान लिँदै आएका छन् ।

उनीहरुले कटान हुने क्षेत्रमा बसेरै अवरोध पुर्‍याएका छन् । आन्दोलनरत र निर्माण कम्पनीबीच समन्वयका लागि जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाको संयोजकत्वमा समिति पनि गठन गरिएको छ । तर, आन्दोलनरत पक्षले कुनै हालतमा निर्माण गर्न नदिने अडान लिँदै आएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् । आज मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेकी हुन् । प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले विज्ञप्ति जारी गरी प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेश गर्न […]

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा नेपाली कांग्रेसले असभ्य व्यवहार गरेको बताएका छन् । अध्यक्ष ओलीले शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै कांग्रेसले उत्ताउलोपन देखाएर सत्तापक्ष र मन्त्री बसेको रोमा आएको बताएका हुन् ।  उनले कांग्रेस सांसदहरुले अपशब्द प्रयोग गरेको टिप्पणी गरेका छन् । बिहीवारको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका उपसभापति धनराज […]

इलाम । इलाम क्षेत्र २ मा आउँदो १५ गते उपनिर्वाचन हुँदैछ । निर्वाचनको साताअघि इलाम सदरमुकामको चोकबजारमा बिहीबार ‘नो भोट’ भन्दै सयौंको भिडमा कार्यक्रम चलिरहेको छ । अभियानमा सहभागी हुन झापातिरबाट दर्जनौं सवारी साधनमा हुलका हुल मानिस आएका छन् । र, उनीहरूले भारतीय नम्बरका सवारी साधन ल्याएका छन् । उनीहरूले ल्याएका भारतीय सवारीमा नेपालको राष्टिूय झन्डा […]