०३ आषाढ २०८१, आइतबार
16-06-2024 , Sun
×

कोशी अस्पतालमा बिमाको निःशुल्क औषधि भए नभएको अनुगमन

Logo
नमो संवाददाता प्रकाशित मंगलबार, माघ १६, २०८०

तस्विर : नमो अनलाईन

विराटनगर । कोशी अस्पताल भित्र सञ्चालित औषधि पसलमा स्वास्थ्य बिमाको सुविधाका औषधि नपाउने गरेको जनगुनासो आएपछि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला औषधि पसलको सोमवार अनुगमन गरेका छन् ।

उपमेयर शिल्पा निराला कार्की सहित गरिएको अनुगमनमा मेयर कोइरालाले स्वास्थ्य बिमा सुविधामा उल्लेख भएका औषधि पसलमा भए नभएको निरीक्षण गरेका थिए ।

जनताको सुविधाका लागि सरकारले स्वास्थ्य बिमा कार्यक्रम ल्याएको बताउँदै उनले जनतालाई दुःख दिने काम नगर्न औषधि पसललाई निर्देशन दिए ।

अस्पतालका डाक्टरले स्वास्थ्य बिमामा पाउने औषधि समेत नलेखी अन्य औषधि लेख्ने गरेको गुनासो समेत आएको उपमहानगरपालिकाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । १ बैशाख २०८१ को मिति । नयाँ वर्षको दिन । घरमा माहोल रमाइलो थियो । एकाबिहानै ३२ वर्षीय रोशन सिंह (नाम परिवर्तन) को ह्वाट्सएपमा आफ्नै बहिनीको नग्न फोटो तथा भिडिओ आयो । रोशन आफ्नो फोन घरमै छोडेर नियमित काममा गएका थिए । उक्त फोनमा परिवारका अन्य सदस्यको पनि पहुँच थियो । रोशन पेसाले […]

इनरुवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकामा प्रथम महिला खाे-खाे प्रतियोगिता हुने भएको छ । भाेक्राहा नरसिंह गाउँपालिका चिराैली सुनसरीको सहयोग तथा प्रदेश स्तरीय खाे-खाे खेलकुद उपभोक्ता समितिको आयोजना र जिल्ला खाे-खाे संघ सुनसरीको सहकार्यमा उपाध्यक्ष प्रथम महिला आमन्त्रण राष्ट्रिय खाे-खाे प्रतियोगिता आयाेजना हुने भएको हाे । प्रतियोगिता जेठ २९ गतेदेखि ३१ गते सम्म संचालन हुने […]

झापा  । कोशी प्रदेश स्थित बी एन्ड सी मेडिकल कलेजले अन्ततः सम्बन्धन पाउने भएको छ । सर्वोच्च अदालतले बिहीबार चिकित्सा शिक्षा आयोग र काठमाडौं विश्वविद्यालयको नाममा परमादेश जारी गरेसँगै सम्बन्धन पाउने भएको हो । न्यायाधीशद्वय डा. कुमार चुँडाल र सारंगा सुवेदीको संयुक्त इजलासले १५ दिनभित्र सम्बन्धन दिन परमादेश जारी गरेका हुन् । सर्वोच्चले यसअघि १२ चैत, २०८० मा […]