०३ माघ २०८१, बिहिबार
16-01-2025 , Thu
×

गिरि फाउन्डेसन र पारस हस्पिटलबीच निःशुल्क स्वास्थ्य शिविर गर्न सहमति

Logo
नमो संवाददाता प्रकाशित मंगलबार, माघ १६, २०८०

तस्विर : नमो अनलाईन

विराटनगर । समाजसेवी अभिषेक गिरिले स्थापना गरेको गिरि फाउन्डेसन र पारस मल्टिस्पेसियालिटी हस्पिटलबीच निःशुल्क स्वास्थ्य शिविर गर्नका लागि सहकार्य हुने भएको छ ।

सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर विराटनगर महानगरपालिका-११ महेन्द्र चोकस्थित पारस मल्टिस्पेसियालिटी अस्पताल र गिरि फाउन्डेसनले संयुक्त रूपमा शिविरको आयोजना गर्नेगरी सम्झौता गरे ।

पारस हस्पिटलसँग विभिन्न समयमा निःशुल्क रूपमा शिविरको आयोजना गर्नेगरी सम्झौता भएको फाउन्डेसनका अध्यक्ष गिरिको भनाइ छ ।

पछिल्लो समय समाजसेवामा सक्रिय रहेका गिरिले आफ्नो फाउन्डेसनमार्फत् नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरी बिरामीहरूलाई सुलभ र सहज उपचार सेवा उपलब्ध गराउनका लागि सम्झौता भएको सुनाए ।

विपन्न वर्गका बिरामीले स्वास्थ्योपचार नपाइरहेको परिस्थितिलाई मध्यनजर गरेर स्वास्थ्य शिविर सञ्चालन गर्न आँटेको गिरिले जनाए ।

गिरिले भने, ‘कतिपय अहिले पनि स्वास्थ्यको पहुँचमा हुनुहुन्न । विपन्न वर्गका सबैलाई अस्पताल ल्याएर उपचार गराइदिन सकिरहेका छैनौं । त्यो सम्भव पनि छैन । तर उनीहरू सबैलाई समेटेर सहुलियत उपचार दिलाउने प्रयासस्वरूप स्वास्थ्य शिविर आयोजना गर्न खोजेका हौं ।’

गिरिका अनुसार पहिलो चरणमा विराटनगर महानगरपालिकाका १९ वटै वडामा स्वास्थ्य शिविरको आयोजना हुने छ ।

स्थानदेखि स्वास्थ्य सामग्रीमा लाग्ने खर्च व्यवस्थापनसम्म फाउन्डेसनले गर्नेछ भने चेकजाँच अस्पतालले गर्ने छ ।

यस्तै, अस्पतालका प्रबन्ध निर्देशक हेमनारायण मेहताले विशेषज्ञ चिकित्सकहरूबाट विभिन्न विभागको स्वास्थ्य शिविर सेवा सञ्चालन गर्नका लागि सम्झौता भएको सुनाए ।

स्वास्थ्य शिविरमा छनोट भएका बिरामीहरूलाई सम्पूर्ण उपचारमा २५ प्रतिशत छुट गर्ने, अपरेसनमा ५० प्रतिशत छुट गर्ने उनको भनाइ छ ।

स्वास्थ्य शिविरमा छनोट भएका बिरामीहरूलाई भर्ना गरेर उपचार वा अपरेसन गर्नुपरेमा औषधिमा १० प्रतिशत छुट गर्ने दुवै संस्थाको योजना छ ।

त्यसबाहेक अपरेसन शुल्क, बेड भर्ना शुल्क, मेडिसिन, डाक्टर राउन्ड, भर्ना शुल्क, प्याथोलोजीमा (सिबिसी, बिएसआर र सेरोलोजी), छातीको एक्सरे, मुटुको इसिजीबाहेक अन्य चेक गर्नु पर्ने अवस्थामा ५० प्रतिशत छुट हुने अस्पतालका बालरोग विशेषज्ञ सफिउर रहमानले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देवानगञ्ज । संविधानको धारा २१७ बमोजिम गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने व्यवस्था छ । उक्त समितिमा गाउँ सभा वा नगर सभाले आफूमध्येबाट निर्वाचित गरेका दुई जना सदस्य रहने व्यवस्था छ । न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमीन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुंगो लगाउने गर्दछ […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. १ मध्यहर्षाहीमा रहेको साना किसान कृषि सहकारी संस्था ३६ लाख घाटामामा पुगेको छ। संस्थाले आर्थिक वर्ष २०८०/८१ मा ३६ लाख घाटा व्यहोरी रहेको लेखा प्रतीवेदनले देखाएको छ। संस्थाले पुष २७ गते सम्पन्न गरेको साधारण सभामा सार्वजनिक गरेको लेखा प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षमा २२ लाख घाटामा सञ्चालन रहेकोमा आर्थिक […]

देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाको १६ औं गाउँसभा अधिवेशन सम्पन्न गरेको छ । गाउँपालिकाको अध्यक्ष बेचन प्रसाद मेहताको अध्यक्षता, उपाध्यक्ष विभा कुमारी यादव तथा सभा सचिवको रुपमा प्रमुख प्रशासकीय अधिकृत सुधिर साफी लगायत सभा सदस्यहरुको उपस्थितिमा गाउँ सभा सम्पन्न भएको हो। सभामा गाउँपालिकाकी उपाध्यक्ष कुमारी बिभा यादवले संसोधनका प्रस्तावहरुमा कार्यपालिका निर्णयहरु तथा गाउँपालिका […]