०३ माघ २०८१, बिहिबार
16-01-2025 , Thu
×

हिन्दू स्वयंसेवक संघ नेपालद्वारा न्यानो लुगा बितरण

Logo
नमो संवाददाता प्रकाशित मंगलबार, माघ १६, २०८०

तस्विर : अजय मण्डल/नमो अनलाईन

देवानगञ्ज । हिन्दू स्वयंसेवक संघ नेपाल, देवानगञ्जले देवानगञ्ज गाउँपालिका वडा नं. – ७, पक्कीटोल, सिनुवारी स्थित रहेको श्री माध्यमिक विद्यालय पक्कीटोलमा अध्यनरत बिपन्न परिवारका बिद्यार्थी तथा स्थानीय वृद्धहरुलाई न्यानो लुगा वितरण गरेको छ ।

देवानगञ्ज गाउँपालिका जन्मिएका तर हाल अमेरिकामा बसोवास गर्दै आइरहेका दोई प्रकाश मेहता र प्रमोद मेहताको आर्थिक सहयोगमा न्यानो लुगा बितरण गरिएको हो ।

समाजलाई एक ढिक्कामा बाँध्दै बिभिन्न धार्मिक तथा समाजिक कार्य गर्दै आइरहेको हिन्दू स्वयंसेवक संघ नेपालले देश भरी नै आफ्नो सेवा कार्य गर्दै आइरहेको छ।

यो भन्दा अगाडि देवानगञ्जकै श्री माध्यमिक विद्यालय पाँचौसिम्मर र दिव्या अधारभुत विद्धालयमा न्यानो लुगा वितरण गरि सकेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हरिनगर । हरिनगरामा रहेको उपयुक्त कृषि सहकारी संस्था लिमिटेडको ९ औं बार्षिक साधारण सभा सम्पन भएको छ । हरिनगर गाउँपालिका वडा नं. – ४ हरिनगरा स्थित रहेको हरिनगरा माध्यमिक विद्यालयको सभाहलमा गाउँपालिकाकी उपाध्यक्ष रिमझिम कुमारी भगतको प्रमुख आतिथ्यमा सभाको आयोजना गर्दै आर्थिक बर्ष २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्दै साधारण सभा सम्पन भएको हो। सभामा […]

बराहक्षेत्र । सुनसरी जिल्ला स्थित बराहक्षेत्र नगरपालिका ११ मधुवन स्थिति रहेको दाजु भाइ कृषि फर्मले विगत विगतको ४ बर्ष देखि च्याउ खेती तर्फ आकर्षित भएका छन । वैदेशिक रोजगारबाट फर्केर आएका भरत र रोसन दाजु भाइले च्याउ खेती गर्दे आएको हो। पहिलोपटक २ सय सिलिन्डर अर्थात पोक्का बाट च्याउ खेती गरिएको थियो । भने अहिले […]

हरिनगर । विशेष सूचनाका आधारमा खटिएको ईलाका प्रहरी कार्यालय देवानगञ्ज र जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त टोलीले हरिनगर गाउँपालिका – ७ कविलासा टोलको भित्री सडक खण्डबाट १०७.८ किलो गाँजासहित दुईजनालाई पक्राउ गरेको छ। टोलीले को १ ह २२६१ नम्बरको अटोमा प्लास्टिकको चार वटा बोरामा लुकाएर ल्याइएको लागू औषध गाँजासहित अटो चालक देवानगञ्ज गाउँपालिका–२ का २० […]