१३ मंसिर २०८०, बुधबार
29-11-2023 , Wed
×

भलुवा गोल्डकप फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पूरा

Logo
नमो अनलाईन प्रकाशित बुधबार, जेठ १०, २०८०

हरिनगर । सुनसरीको दुहबी ७ भलुवा खेलमैदानमा संचालन हुने नवौं भलुवा गोल्डकप फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको छ । भोली बिहिवारबाट संचालन हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको भलुवा गोल्डकप टुर्नामेन्ट समितिका अध्यक्ष शिब कुमार बिश्वासले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् ।

 

प्रतियोगितामा भारतीय फुटबल क्लब युनाईटेड खर्साङ फुटबल क्लब भारत तथा राष्ट्रिय, स्थानीय सहित १० वटा क्लबले प्रतिस्पर्धा गर्ने आयोजक क्लब गोल्डेन स्टार युथ क्लबका अध्यक्ष अनिल कुमार बिश्वासले बताए।

 

जेठ २० गतेसम्म संचालन हुने फुटबल प्रतियोगितामा मनोहरा फुटबल क्लब काठमाडौं,प्लानीङ ब्याइज युनाईटेड काठमाडौं, बिरगंज युनाईटेड पर्सा, सहलेश युथ क्लब सिराहा, झापा ११ झापा, रारा फुटबल क्लब धनकुटा, ब्याइज फुटबल क्लब इटहरी लगायत आयोजक क्लब गोल्डेन स्टार युथ क्लब भलुवा र मेमोरी युवा क्लब दुहबी बिच प्रतिस्पर्धा हुने जनाइएको छ ।

 

बिजेता टिमले उपाधी सहित नगद ४ लाख सिल्ड मेडल प्राप्त गर्ने छ । उपबिजेता टिमले नगद २ लाख सहित सिल्ड मेडल प्राप्त गर्ने छ । विभिन्न विधा तर्फ उत्कृष्ट हुने खेलाडीहरूलाई समेत पुरस्कृत गरिने र प्रतियोगितामा ४४ लाख खर्च हुने आयोजकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । फिफा विश्वकपको एसियाली छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ । पहिलो चरणमा लाओसलाई पन्छाएपछि नेपाल छनोटको दोस्रो चरणमा पुगेको हो । लाओसविरुद्ध दुई लेगको खेलमा नेपाल समग्रमा २-१ ले विजयी हुँदै दोस्रो चरणको यात्रा तय गरेको हो । यो खेल आज राति ९ बजे सुरु हुनेछ । नेपाल रहेको […]

बिराटनगर । आईसीसी टी ट्वान्टी विश्वकप क्रिकेटको एसिया छनोटको उपाधि भिडन्तमा नेपाल ओमानसँग पराजित  भएको छ । आइतबार कीर्तिपुर मैदानमा भएको फाइनल खेलमा नेपाल ओमानसँग सुपर ओभरमा पराजित बनेको हो । नेपालले प्रस्तुत गरेको १ सय ८५ रनको लक्ष्य पछ्याएको ओमानले ९ विकेटको क्षतीमा १ सय ८४ रन बनाएपछि खेल सुपर ओभरमा गएको हो । सुपर ओभरमा ओमानले […]

बिराटनगर । हाल भई रहेको ICC Men’s T20 World Cup 2024 Aisa Qualifier खेलमा नेपाल सेमिफाइनलमा पुगी सकेको छ जसले हामी सवैलाई हर्षित पारेको छ । खेलाडीहरुको उच्च सम्मान गर्दै विश्वकप टि २० क्रिकेट खेलकुदको सेमी फाइनलमा नेपाल राष्ट्रिय टोलीले विजय हाँसिल गरी विश्वकपमा छनौट हुन सफलता प्राप्त होस् भन्ने कामनाका साथ नोवेल मेडिकल कलेज […]