०३ आषाढ २०८१, आइतबार
16-06-2024 , Sun
×

समुदायमा कांग्रेस, सुनसरीको १२४ वटै वडामा खटिए नेता र कार्यकर्ता

Logo
नमो संवाददाता प्रकाशित बुधबार, माघ १७, २०८०

तस्विर : नमो अनलाईन

हरिनगर । नेपाली कांग्रेस सुनसरीले जिल्लाका १२४ वटै वडामा पार्टी प्रतिनिधि खटाएको छ । कांग्रेस बैठकले जिल्लाको १२४ वटै वडामा प्रतिनिधि खटाएको जनाएको हो ।

पार्टीको केन्द्रीय परिपत्रअनुसार समुदायमा कांग्रेस अभियान कार्यक्रमका लागि जिल्लाको सबै वडामा प्रतिनिधि खटाइएको पार्टीका जिल्ला सचिव एवम् प्रवक्ता वीरेन्द्रकुमार साहले जानकारी दिनुभयो ।

केन्द्रीय कार्य समितिले जिल्लामा पठाइएको केन्द्रीय प्रतिनिधि प्रदीपकुमार सुनुवारसहितको उपस्थितिमा भएको छलफल कार्यक्रमबाट सबै वडाका लागि प्रतिनिधि खटाइएको उहाँले जानकारी दिनुभयो ।

गएको प्रतिनिधिले वडा तहमा रहेको जनताको समस्या, समाधानको उपाय, पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधि र पार्टीका कार्यकर्ताबिचमा रहेका मतभेद, कृषि, शिक्षा, स्वास्थ्य, सिँचाइलगायतका समस्या समाधानका लागि पहल गर्ने पार्टीका जिल्ला प्रवक्ता साहले जानकारी दिनुभयो ।

कार्यक्रम पार्टीका जिल्ला सभापति केदार भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा केन्द्रीय प्रतिनिधि सुनुवारसहित पार्टीका नगेशचन्द्र राई, पङ्कज महतो, सञ्जय श्रेष्ठ, सिताराम मेहता, राजन मेहता, सुदिप अधिकारी, युवराज दाहाल, विभिन्न पालिकाका सभापतिलगायतको सहभागिता थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिकामा कम्पनी रजिस्ट्रार कार्यालय इटहरी, सुनसरीबाट सरूवा भई आउनु भएको प्रमुख प्रशासकीय अधिकृत सुधिर साफीलाई गाउँपालिका परिवारले स्वागत गरेका छन् । नेपाल सरकार, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरवार काठमाण्डौबाट स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ को उपदफा ४ अनुसार देवानगञ्ज गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालय देवानगञ्जको प्रमुख प्रशासकीय अधिकृतको […]

विराटनगर । समाजसेवामा सक्रिय अभिषेक गिरीले स्थापना गरेको गिरी फाउन्डेसनले मोरङको कटहरी गाउँपालिकास्थित एक विद्यालयलाई शैक्षिक र खेलकुद सामग्री वितरण गरेको छ । फाउन्डेसनका अध्यक्ष अभिषेक गिरीले बुधबार कटहरी (४ खयरवनस्थित श्री आधारभूत विद्यालयलाई शैक्षिक र खेलकुद सामग्री वितरण गरेका हुन् । उक्त विद्यालयलाई ६० हजार रकम बराबरको कापी (कलम, ह्वाइट बोर्डलगायत शैक्षिक सामग्री र […]

इनरुवा । सामुदायिक विद्यालय सुधार अभियानका लागि अनुगमन प्रभावकारी गर्न लागेको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले बताउनुभएको छ । कोशी गाउँक्षेत्रको शिक्षा सुधारमा आफू लागि परेको र शिक्षालाई मजाक बनाउनेलाई छुट नगर्ने बताउनुभयो । कोशी गाउँपालिका अन्तर्गतका सामुदायिक तथा धार्मिक बिद्यालयको अनुगमन तथा मूल्यांकन बारे जानकारी गराउने उद्देश्यले आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्नुहुदै उहाँले गाउँपालिकामा […]