२६ मंसिर २०८१, बुधबार
11-12-2024 , Wed
×

वर्तमान गठबन्धनका कारण देश गम्भीर अवस्थामा पुगेको छ : ओलि

Logo
नमो अनलाईन प्रकाशित बुधबार, माघ १७, २०८०

तस्बिर : ओलीको सचिवालय

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धनका कारण देश गम्भीर अवस्थामा पुगेको बताएका छन्।

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको प्रशासकीय भवन बुधबार उद्घाटन गर्दै अध्यक्ष ओलीले गठबन्धन सरकारले काम गर्न नसकेको बताए।

उनले एमाले सरकारमा जान हतार भने नगर्ने बताएका छन्। ०८४ को निर्वाचनमा सम्पूर्ण ठाउँ एमालेले जित्नुपर्ने बताएका ओलीले गठबन्धनका कारण अहिले देशमा ‘ग्रहण’ लागेको टिप्पणी गरेका छन्।

‘एमालेलाई छेक्न ८ वटा राजनीतिक दल लागेका छन्। गठबन्धन दलहरूलाई देश बनाउनेभन्दा पनि गठबन्धन जोगाउनेको मात्रै ध्यान छ,’ ओलीले भने।

ओलीले विकासका काममा राजनीतिक आग्रह पूर्वाग्रह नराख्न आग्रह गरेका छन्। योग्य मान्छेलाई सामाजिक क्षेत्रका जिम्मेवारी दिन उनले आग्रह गरेका थिए।

गठबन्धनले क्षमता हरेर नभई गठबन्धको हो कि होइन भनेर जिम्मेवारी दिने गरेको उनको आरोप छ।

(न्युज एजेन्सी नेपाल)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् । आज मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेकी हुन् । प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले विज्ञप्ति जारी गरी प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेश गर्न […]

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा नेपाली कांग्रेसले असभ्य व्यवहार गरेको बताएका छन् । अध्यक्ष ओलीले शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै कांग्रेसले उत्ताउलोपन देखाएर सत्तापक्ष र मन्त्री बसेको रोमा आएको बताएका हुन् ।  उनले कांग्रेस सांसदहरुले अपशब्द प्रयोग गरेको टिप्पणी गरेका छन् । बिहीवारको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका उपसभापति धनराज […]

इलाम । इलाम क्षेत्र २ मा आउँदो १५ गते उपनिर्वाचन हुँदैछ । निर्वाचनको साताअघि इलाम सदरमुकामको चोकबजारमा बिहीबार ‘नो भोट’ भन्दै सयौंको भिडमा कार्यक्रम चलिरहेको छ । अभियानमा सहभागी हुन झापातिरबाट दर्जनौं सवारी साधनमा हुलका हुल मानिस आएका छन् । र, उनीहरूले भारतीय नम्बरका सवारी साधन ल्याएका छन् । उनीहरूले ल्याएका भारतीय सवारीमा नेपालको राष्टिूय झन्डा […]