०३ आषाढ २०८१, आइतबार
16-06-2024 , Sun
×

सर्लाहीमा २१ वर्षीया युवतीको हत्या, श्रीमान र ससुरा फरार

Logo
नमो संवाददाता प्रकाशित बिहिबार, माघ १८, २०८०

तस्विर : फाईल

सर्लाही । सर्लाहीको बलरामा एक युवतीको हत्या भएको छ। बलरा नगरपालिका-४ जब्दीका छोटेलाल सहनीकी पत्नी २१ वर्षीया पत्नी पुजादेवीको हत्या भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

बुधबार राति आफ्नै घरभित्र पुजादेवी मृत फेला परेकी थिइन्। प्रहरीका अनुसार घटनापछि उनका पति र ससुरा जयनारायण सहनी फरार छन्। पुजादेवीकी सासु बनारसी देवीलाई भने पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पुजादेवीको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ। उनको पतिसहित परिवारका सदस्य मिलेर हत्या गरेको आशंका प्रहरीले गरेको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । १ बैशाख २०८१ को मिति । नयाँ वर्षको दिन । घरमा माहोल रमाइलो थियो । एकाबिहानै ३२ वर्षीय रोशन सिंह (नाम परिवर्तन) को ह्वाट्सएपमा आफ्नै बहिनीको नग्न फोटो तथा भिडिओ आयो । रोशन आफ्नो फोन घरमै छोडेर नियमित काममा गएका थिए । उक्त फोनमा परिवारका अन्य सदस्यको पनि पहुँच थियो । रोशन पेसाले […]

इनरुवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकामा प्रथम महिला खाे-खाे प्रतियोगिता हुने भएको छ । भाेक्राहा नरसिंह गाउँपालिका चिराैली सुनसरीको सहयोग तथा प्रदेश स्तरीय खाे-खाे खेलकुद उपभोक्ता समितिको आयोजना र जिल्ला खाे-खाे संघ सुनसरीको सहकार्यमा उपाध्यक्ष प्रथम महिला आमन्त्रण राष्ट्रिय खाे-खाे प्रतियोगिता आयाेजना हुने भएको हाे । प्रतियोगिता जेठ २९ गतेदेखि ३१ गते सम्म संचालन हुने […]

झापा  । कोशी प्रदेश स्थित बी एन्ड सी मेडिकल कलेजले अन्ततः सम्बन्धन पाउने भएको छ । सर्वोच्च अदालतले बिहीबार चिकित्सा शिक्षा आयोग र काठमाडौं विश्वविद्यालयको नाममा परमादेश जारी गरेसँगै सम्बन्धन पाउने भएको हो । न्यायाधीशद्वय डा. कुमार चुँडाल र सारंगा सुवेदीको संयुक्त इजलासले १५ दिनभित्र सम्बन्धन दिन परमादेश जारी गरेका हुन् । सर्वोच्चले यसअघि १२ चैत, २०८० मा […]