०३ माघ २०८१, बिहिबार
16-01-2025 , Thu
×

बैदेशिक रोजगारीको बिषयमा प्रहरीसंग अन्तरकृया कार्यक्रम सम्पन्न

Logo
अजित झा प्रकाशित बिहिबार, माघ १८, २०८०

तस्विर : अजित झा/नमो अनलाईन

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा बैदेशिक रोजगारीका बिषयमा प्रहरीसंग अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

सुरक्षति आप्रवासन(सामी) कार्यक्रम अन्तर्गत बैदेशिक रोजगारीका बिषयमा प्रहरीसंग अन्तक्रिया कार्यक्रम सम्पन्न भएको कार्यक्रम संयोजक धिरज भट्टराईले जानकारी दिनुभयो ।
इनरुवा नगरपालिकाको आयोजना र जिल्ला प्रहरी कार्यलय सुनसरीको सहकार्यमा कार्यक्रम भएको उहाँले बताउनुभयो । कार्यक्रममा बैदेशिक रोजगारीका क्रममा हुने समस्या, अपनाउनुपर्ने सावधानी, यसबाट हुने ठगीलाई कसरी न्युनिकरण गर्ने लगायतका बिषयमा कार्यक्रम भएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले बैदेशिक रोजगारीका लागि जानै पर्ने भयो भने सीप सिकेर मात्र जानका लागि आग्रह गर्नुभयो ।

उहाँले सकेसम्म आफ्नै देशमा बगाएको पसिना र त्यसबाट भएको आम्दनी उपयुक्त रहेको बताउनुहुदै जानै परेको खण्डमा सीप, ज्ञान र अनुभव लिएर मात्र जानका लागि आग्रह गर्नुभयो ।
पछिल्लो समय बैदेशिक रोजगारीका क्रममा ठगिने क्रमम बढ्दै गएका कारणले यसबाट जोगिनका लागि समेत अज्ञान, अनुभव र सीप आवश्यक रहेको इनरुवा नगरपालिकाका प्रमुख भण्डारीले आग्रह गर्नुभयो ।

कार्यक्रम इनरुवा नगर प्रमुख भन्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो भने सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण अचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रजिअ अर्चाय र प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रममा इनरुवा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अग्निप्रसाद अधिकारी, प्रहरी उपरीक्षक बिपिन रेग्मी लगायतको सहभागीता रहेको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत करिव २० जना भन्दा बढी प्रहरीहरुको सहभागीता समेत रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हरिनगर । हरिनगरामा रहेको उपयुक्त कृषि सहकारी संस्था लिमिटेडको ९ औं बार्षिक साधारण सभा सम्पन भएको छ । हरिनगर गाउँपालिका वडा नं. – ४ हरिनगरा स्थित रहेको हरिनगरा माध्यमिक विद्यालयको सभाहलमा गाउँपालिकाकी उपाध्यक्ष रिमझिम कुमारी भगतको प्रमुख आतिथ्यमा सभाको आयोजना गर्दै आर्थिक बर्ष २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्दै साधारण सभा सम्पन भएको हो। सभामा […]

बराहक्षेत्र । सुनसरी जिल्ला स्थित बराहक्षेत्र नगरपालिका ११ मधुवन स्थिति रहेको दाजु भाइ कृषि फर्मले विगत विगतको ४ बर्ष देखि च्याउ खेती तर्फ आकर्षित भएका छन । वैदेशिक रोजगारबाट फर्केर आएका भरत र रोसन दाजु भाइले च्याउ खेती गर्दे आएको हो। पहिलोपटक २ सय सिलिन्डर अर्थात पोक्का बाट च्याउ खेती गरिएको थियो । भने अहिले […]

हरिनगर । विशेष सूचनाका आधारमा खटिएको ईलाका प्रहरी कार्यालय देवानगञ्ज र जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त टोलीले हरिनगर गाउँपालिका – ७ कविलासा टोलको भित्री सडक खण्डबाट १०७.८ किलो गाँजासहित दुईजनालाई पक्राउ गरेको छ। टोलीले को १ ह २२६१ नम्बरको अटोमा प्लास्टिकको चार वटा बोरामा लुकाएर ल्याइएको लागू औषध गाँजासहित अटो चालक देवानगञ्ज गाउँपालिका–२ का २० […]