०६ माघ २०८१, आइतबार
19-01-2025 , Sun
×

सामाजिक कार्य र सङ्गठन निर्माणमा तरुण दल सुनसरी उत्कृष्ट : केन्द्रीय समिति

Logo
नमो संवाददाता प्रकाशित सोमबार, माघ २२, २०८०

तस्विर : नमो अनलाईन

हरिनगर । नेपाल तरुण दल सुनसरीले सङ्गठन बिस्तार र सामाजिक सेवाको क्षेत्रमा सर्वोत्कृष्ट कार्य गरेको केन्द्रीय समितिले ठहर गरेको छ । केन्द्रीय समितिले आभार तथा धन्यवाद व्यक्त गर्दै तरुण दल सुनसरीको प्रशंसा गरेको हो ।

केन्द्रीय अध्यक्ष विद्वान गुरुङले मानव सेवा र सामाजिक क्षेत्रका कार्यहरूमा समर्पित तरुण दल सुनसरीले देशभरका तरुण साथीहरूमा उत्प्रेरणा प्रदान गरेको बताएका छन् । कोभिड(१९ को समयमा हजारौँ सर्वसाधारण नागरिकहरूको उद्धार, सेवा र सहयोग देखी आर्थिक एवं सामाजिक रूपमा सहयोग गरेको उनको भनाइ छ ।

केन्द्रीय अध्यक्ष गुरुङले सुनसरी अध्यक्ष सिजन गुरुङलाई पत्र मार्फत प्राकृतिक विपत्तिको समयमा अग्रपङ्क्तिमा रहेर आर्थिक र भौतिक सहयोग गरेकोमा धन्यवाद व्यक्त गरेका छन् ।

ूसमाजसेवाको उत्कृष्ट कार्यहरूले तरुण दलका लाखौँ सदस्य साथीहरूलाई उत्साह र हर्षले गौरवान्वित बनाएको छ । जिल्लाका सबै तह र क्षेत्रहरूमा व्यापक सङ्गठन निर्माण गरी नेपाल तरुण दलको इतिहासमा सुनसरी जिल्ला कार्य समितिले आफूलाई अब्बल साबित गरेको छ । साथै लोकतन्त्रको रक्षा र सामाजिक न्यायको लागि नेपाल तरुण दलनै कालान्तरसम्म आवश्यक भएको आम तरुणहरूमा बोध गराउँदै सङ्गठन विस्तारको गतिशीलता भने नेपाल तरुण दल केन्द्रीय समितिको लागि गर्वको विषय बनेको छ,ू पत्रमा उल्लेख गरिएको छ ।

सङ्गठन विस्तार गर्न तदारुकताका साथ लाग्ने सुनसरीका अध्यक्ष सिजन गुरुङ लगायत जिल्ला कार्यसमितिलाई धन्यवाद व्यक्त गरिएको छ । तरुण दल सुनसरीले हात्ती पीडित महिलाको घर निर्माण देखि विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देवानगञ्ज । संविधानको धारा २१७ बमोजिम गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने व्यवस्था छ । उक्त समितिमा गाउँ सभा वा नगर सभाले आफूमध्येबाट निर्वाचित गरेका दुई जना सदस्य रहने व्यवस्था छ । न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमीन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुंगो लगाउने गर्दछ […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. १ मध्यहर्षाहीमा रहेको साना किसान कृषि सहकारी संस्था ३६ लाख घाटामामा पुगेको छ। संस्थाले आर्थिक वर्ष २०८०/८१ मा ३६ लाख घाटा व्यहोरी रहेको लेखा प्रतीवेदनले देखाएको छ। संस्थाले पुष २७ गते सम्पन्न गरेको साधारण सभामा सार्वजनिक गरेको लेखा प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षमा २२ लाख घाटामा सञ्चालन रहेकोमा आर्थिक […]

देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाको १६ औं गाउँसभा अधिवेशन सम्पन्न गरेको छ । गाउँपालिकाको अध्यक्ष बेचन प्रसाद मेहताको अध्यक्षता, उपाध्यक्ष विभा कुमारी यादव तथा सभा सचिवको रुपमा प्रमुख प्रशासकीय अधिकृत सुधिर साफी लगायत सभा सदस्यहरुको उपस्थितिमा गाउँ सभा सम्पन्न भएको हो। सभामा गाउँपालिकाकी उपाध्यक्ष कुमारी बिभा यादवले संसोधनका प्रस्तावहरुमा कार्यपालिका निर्णयहरु तथा गाउँपालिका […]