०१ चैत्र २०८१, शनिबार
15-03-2025 , Sat
×

दुर्गा प्रसाईंले भनेः सेना, प्रहरी र कर्मचारीको १२ खर्ब अपचलन

Logo
नमो अनलाईन प्रकाशित सोमबार, माघ २२, २०८०

तस्विर : फाईल

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र ‘नागरिक बचाउ महाअभियान’ का संयोजक तथा उद्यमी दुर्गा प्रसाईंले सेना, प्रहरी र कर्मचारीले जम्मा गरेको ३ वटा संस्थाको पैसा मारवाडी व्यापारीले चलाएको अभिव्यक्ति दिएका छन् ।

उनले आफूसँग प्रमाण रहेको भन्दै ‘कर्मचारी सञ्चय कोष, सेनाको कोष र नागरिक लगानी कोषको रकम समेत मारवाडी व्यापारीको हातमा पुगेको बताए ।

‘व्यापारिक घराना र मारवाडीले बैंकबाट चालु पुँजी १० देखि १२ खर्ब रुपैयाँ निक्षेप चलाएका कारण निजी बैंक टाट पल्टिने अवस्थामा पुगेका हुन्। अब यसरी प्रहरी, सेना र कर्मचारीले रकम जम्मा गरेको कोष पनि टाट पल्टिने अवस्थामा पुगेका छन्।’ उद्यमी प्रसाईंले भनेका छन् ।

‘४० खर्ब रुपैयाँ नेपालको पैसा मारवाडीहरूले बाहिर लागेका छन् ।’ मिडिया साक्षात्कारमा उद्यमी प्रसाईंले भने, ‘यही पैसाभित्र ३ वटै कोषको रकम पचाए ।’ उद्यमी प्रसाईंले हाल नेपालमा ७–८ खर्ब रुपैयाँ पैसा मात्र भएको दाबी गरे ।

देशको कुल निक्षेपको ७० प्रतिशतमा ५५ जना व्यापारीको नियन्त्रण रहेको उनको  दाबी छ । ‘एउटा ग्रुपले मात्रै १० खर्ब चलाएको पाइएको छ । तीनै व्यापारीले चालु पुँजी कर्जा १० देखि १२ खर्ब अपचलन गरेका छन् ।’ प्रसाईंले भने ।

अहिले बैंकले नक्कली मुनाफा देखाएको देखाएर सेवाग्राहीलाई भ्रममा पारिरहेकको बताउँदै उनले भने, ‘खासमा बैंकहरुसँग त्यो स्तरको नाफा छैन। यी सबै देखावटी गरिरहेका छन् ।’

यी सबै कोषको पैसा मारवाडी व्यापारीको हातमा भएको कारण ३ वटै संस्थाभित्र चाँडै समस्या उत्पन्न हुने उनको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बर्जु । कोशी प्रदेश स्थित सुनसरी जिल्लाको सिमावर्ती क्षेत्र बर्जु गाउँपालिकाले बढ्दै गई रहेको कालोबजारीलाई नियन्त्रण गर्न बजार अनुगमन गरि म्याद गुज्रेका समानहरु नियन्त्रणमान लिई नष्ट गरेको छ । गाउँपालिका भित्र पर्ने बजार देखी गाउँघरमा खोलिएका किराना पसल, मदिरा, हार्डवेयर, औषधी पसल, कपडा पसल, कस्मेटिक पसल तथा होटेलहरूमा फितलो अनुगमनको फाइदा उठाउँदै म्याद गुज्रेका तथा […]

बर्जु। कोशी प्रदेश स्थित बर्जु गाउँपालिकाका कर्मचारीहरुले संयुक्तरूपमा गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र बुझाएका छन् । पालिकामा कार्यरत कर्मचारीहरुको सुरक्षाको प्रत्याभुती गरी ७२ घण्टा भित्र सहज र सरल ढंगबाट काम गर्ने वातावरण सृजना गरियोस भन्ने माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापनपत्रमा ” २०८१ साल फागुन २० गतेका दिन यस बर्जु गाउँपालिकाको प्रशासन शाखामा अन्दाजी १०:४५ […]

देवानगञ्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासँग माओवादी अभियानले जनतालाई अजयशक्ति प्रदान गर्ने बताएका छन् । जनतासँग माओवादी तराई–मधेस जागरण अभियानअन्तर्गत सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित जनजागरण सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । पहिलो चरणमा सुरु गरिएको हुलाकी मार्ग केन्द्रित अभियानले दक्षिण सिमाना बसोबास गर्ने नेपालीको अवस्था बुझेर उनीहरूमाथिको विभेद […]