०१ चैत्र २०८१, शनिबार
15-03-2025 , Sat
×

गोबरको दाउरामा निर्भर हरिनगरका आम सर्वसाधारण

Logo
ब्रहमदेव मेहता प्रकाशित सोमबार, माघ २२, २०८०

तस्विर : नमो अनलाईन

हरिनगर । जाडोको मौसम । चिसो पानीसँगै गोबर र सनपाटको सण्ठी अनि केही पराल । सडक र घरको वरिपरि लहरै राखिएको गोबरले छोपेको दाउरा साथै केही दाउराको कुन्यु । यो दैनिकी नै हो जीवनस्तर कम भएका ग्रामीण क्षेत्रका स्थानीयको । गोबर सामान्यतया मलखादका लागि प्रयोग गर्ने गरिन्छ तर, सुनसरी हरिनगरका केही बस्तीमा जैविक इन्धनको रूपमा प्रयोग गर्नुपर्ने बाध्यता छ । आधुनिकतासँगै परिवर्तन भए पनि हरिनगर गाउँपलिका भित्र पर्ने बस्तीहरुमा गोबरबाट निर्मित दाउरा प्रयोग गर्दै जीवन गुजारिरहेको पाइन्छ ।

कम लागतको इन्धन

धुवाँबाट मानव स्वास्थ्यमा असर पर्ने विज्ञहरुले बताउँदै आएका छन् तर, हरिनगर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भने गोबरको गुइँठाबाट निस्कने धुवाँ स्वास्थ्यका लागि हानिकारक नहुने दाबी गर्छन् । अहिलेसम्म धुवाँका कारण कुनै पनि व्यक्ति बिरामी परेको नसुनिएको उनले बताए । सहजरुपमा दाउरा नपाएपछि यो नै उनीहरुको लागि इन्धनको विकल्प भएको उनको भनाइ छ । अन्य इन्धन प्रयोग गर्न स्थानीयको आर्थिक क्षमता नभएको समेत उनले बताए । एकपटक निःशुल्क रुपमा पाए पनि त्यसलाई पुनः प्रयोगमा नल्याउँदा गोबर दाउरा नै बनाउने गरेको उनको भनाइ छ । पशुपालन र खेती किसान गर्ने हुँदा गोबर सहजै उपलब्ध हुने उनले बताए । अन्य इन्धनमा भन्दा गोबरको दाउरामा पकाएको सामग्री स्वस्थ र स्वादिलो हुने उनले बताए ।

पशुधन भएका परिवारहरुको लागि कम लागत वा निःशुल्क स्रोतको रुपमा यसलाई लिने गरिन्छ । आधुनिक ऊर्जाका स्रोतहरुमा सीमित पहुँच भएका दुर्गम क्षेत्रका बासिन्दामा गोबर नै ऊर्जाको महवपूर्ण स्रोतको रुपमा रहेको छ । गोबरलाई परम्परागत रुपमा जलाउँदा श्वास–प्रश्वासका साथै स्वास्थ्यलाई असर नगर्ने, गोबरलाई जैविक इन्धनको रुपमा प्रयोग गर्न थप प्रभावकारी प्रविधिहरु ल्याउने प्रयास जारी छ । गोबर नेपालको एक महत्त्वपूर्ण जैविक इन्धनको स्रोत हो, विशेषगरी ग्रामीण क्षेत्रमा जहाँ विकल्पको अभाव छ । आधुनिक प्रविधिहरुसँग यसको परम्परागत प्रयोगलाई सन्तुलनमा राख्ने प्रयासहरु भइरहेका छन् ।

नेताले बोलेको पुर्‍याउँदैनन्

दुईवटा सनपाटको सण्ठीमा पराल राखेर गोबरले बाहिरबाट लेपन गरी सुकाएपछि बाल्नका लागि तयारी हुने ६५ वर्षीया सबितृ सदाले बताइन् । उनी हालसम्म इन्धनको रुपमा यही प्रयोग गर्दै आइरहेको बताउँछिन् । भोटका समयमा नेताले ग्यास र दाउरा उपलब्ध गराउने भनेपनि यतिका वर्षसम्म बोलेको नपु¥याएको उनको भनाइ छ । यो दाउरा बनाउन गोबर, पराल र सण्ठी अनिवार्य हुने हुँदा सबै चिज जुटाउन समस्या हुँदै आएको उनले बताइन् । घरमा गोबर नहुँदा गोबर सकङ्लनका लागि चरनमा लगिएका पशुबाट ल्याउँदा पनि सहजै नपाइने स्थानिय बिनोद मेहताले बताए । यो घरेलु ऊर्जाको रुपमा गोबर ब्रिकेट भएको उनको भनाइ छ ।

हिउँदमा गोबरका दाउरा बाल्न सजिलो भए पनि वर्षायाममा भने डुबानका कारण यस्तो दाउरा जोगाउन मुस्किल हुने उनको भनाइ छ । कुनै पनि नेताले यी समस्याको सम्बोधन नगर्दा दुःख लागेर आएको स्थनियहरुले गुनासो गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका–१ रामनगर भुटाहाका लोदाई बहरदारका छोरा राहुल बहरदारले आज बिहान आ त्म हत्या गरेका छन्। उनले आफ्नो घरभन्दा करिब डेढ किलोमिटर पश्चिममा रहेको मकैबारीमा मसला रुखमा झुन्डिएर ज्यान लिएका हुन्। स्थानीयहरूका अनुसार राहुल केही दिनदेखि मानसिक तनावमा देखिएका थिए। उनी प्रेमीकाको विवाह अरू कसैसँग भएको खबर पाएपछि चिन्तित भएका थिए। स्थानीयहरूले […]

देवानगञ्ज । सुनसरी स्थित देवानगञ्ज गाउँपालिका वडा नं. ३ कप्तानगञ्जबाट ३९ के.जी गाजा सहित ईलका प्रहरी कार्यालय देवानगञ्जका प्रमुख कमल विष्टको नेतृत्वमा खटेको प्रहरी टोलिले एकजनालाई पक्राउ गरेको छ। अरविन्द कुमार यादवको घरमा लुकाई राखेको अवस्थामा इलाका प्रहरी कार्यालय देवानगञ्ज, कोशी प्रदेशका PIT शाखा र जिल्ला प्रहरी कार्यालय सुनसरीको सादा पोसाकको संयुक्त टोलिले २०८१ सालको […]

हरिनगर । हरिनगरामा रहेको उपयुक्त कृषि सहकारी संस्था लिमिटेडको ९ औं बार्षिक साधारण सभा सम्पन भएको छ । हरिनगर गाउँपालिका वडा नं. – ४ हरिनगरा स्थित रहेको हरिनगरा माध्यमिक विद्यालयको सभाहलमा गाउँपालिकाकी उपाध्यक्ष रिमझिम कुमारी भगतको प्रमुख आतिथ्यमा सभाको आयोजना गर्दै आर्थिक बर्ष २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्दै साधारण सभा सम्पन भएको हो। सभामा […]