०३ माघ २०८१, बिहिबार
16-01-2025 , Thu
×

कक्षा १० मा पढ्ने १६ वर्षीया किशोरीको पेटमा ६ महिनाको गर्भ, दुई किशोर पक्राउ

Logo
नमो संवाददाता प्रकाशित मंगलबार, माघ २३, २०८०

तस्विर : नमो अनलाईन

दाङ । दाङको तुलसीपुरमा करिब १६ वर्षकी एक किशोरीको पेटमा ६ महिनाको गर्भ भएपछि उनी लामो समयदेखि बलात्कारमा पर्दै आएको घटना सार्वजनिक भएको छ। किशोरीलाई बलात्कारमा गरेको आरोपमा प्रहरीले उनका साथी एक किशोर र एक युवकलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–१२ हरिपौराका २१ वर्षीय अशोक चौधरी र अर्का करिब १७ वर्षका किशोर छन्।

प्रहरीका अनुसार किशोरी स्थानीय एक बोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययनरत थिइन्। उनी स्कुलको होस्टेलमा बसेर पढ्थिन्। पक्राउ पर्ने किशोर पनि किशोरी पढ्नै स्कुलकै विद्यार्थी भएका प्रहरीले जनाएको छ।

‘प्रारम्भिक अनुसन्धानले किशोरी गएको असारदेखि नै बलात्कारमा परेको खुलेको छ,’ जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनकबहादुर मल्लले मंगलबार बिहान  भने, ‘किशोरीले आफ्ना साथी (पक्राउ परेका किशोर)सँगको सम्बन्धबाट आफू गर्भवती भएको बयान दिएकी छन्। अनुसन्धानका क्रममा हामीले चौधरीलाई पनि पक्राउ गरेका हौँ।’

प्रहरीका अनुसार किशोरी गएको एक साताअघि करिब चार दिन परिवारको सम्पर्कमा थिइनन्। होस्टल छाडेर हिँडेकी उनी परिवारको सम्पर्कमा पनि नरहेपछि खोजीको लागि भन्दै किशोरीकी आमाले जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी गरेकी थिइन्।

‘चार दिनपछि उनी आफैँ परिवारको सम्पर्कमा पुगेकी रहिछन्। अभिभावकले कहाँ गएकी थिइस् भनेर खोजी गर्ने क्रममा उनले आफू अप्ठ्यारो अवस्थामा रहेको जानकारी गराएपछि अभिभावक बलात्कारको किटानी जाहेरी लिएर प्रहरी कार्यालयमा आएका हुन्,’ डीएसपी मल्लले भने, ‘हामी घटनाको अनुसन्धानको क्रममा छौँ।’

उनले स्वास्थ्य परीक्षणको क्रममा किशोरीको पेटमा ६ महिनाको गर्भ रहेको खुलेको बताए। ‘किशोरीकी आमाले जाहेरी दिनु भएको छ। सोही जाहेरीको आधारमा हामीले आरोपीलाई पक्राउ गरेका हौँ,’ उनले भने। पक्राउ परेका दुबै किशोरले किशोरी आफ्नी प्रेमिका भएको दाबी गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देवानगञ्ज । संविधानको धारा २१७ बमोजिम गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने व्यवस्था छ । उक्त समितिमा गाउँ सभा वा नगर सभाले आफूमध्येबाट निर्वाचित गरेका दुई जना सदस्य रहने व्यवस्था छ । न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमीन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुंगो लगाउने गर्दछ […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. १ मध्यहर्षाहीमा रहेको साना किसान कृषि सहकारी संस्था ३६ लाख घाटामामा पुगेको छ। संस्थाले आर्थिक वर्ष २०८०/८१ मा ३६ लाख घाटा व्यहोरी रहेको लेखा प्रतीवेदनले देखाएको छ। संस्थाले पुष २७ गते सम्पन्न गरेको साधारण सभामा सार्वजनिक गरेको लेखा प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षमा २२ लाख घाटामा सञ्चालन रहेकोमा आर्थिक […]

देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाको १६ औं गाउँसभा अधिवेशन सम्पन्न गरेको छ । गाउँपालिकाको अध्यक्ष बेचन प्रसाद मेहताको अध्यक्षता, उपाध्यक्ष विभा कुमारी यादव तथा सभा सचिवको रुपमा प्रमुख प्रशासकीय अधिकृत सुधिर साफी लगायत सभा सदस्यहरुको उपस्थितिमा गाउँ सभा सम्पन्न भएको हो। सभामा गाउँपालिकाकी उपाध्यक्ष कुमारी बिभा यादवले संसोधनका प्रस्तावहरुमा कार्यपालिका निर्णयहरु तथा गाउँपालिका […]