०६ माघ २०८१, आइतबार
19-01-2025 , Sun
×

इटहरीमा अत्याधुनिक बसपार्क निर्माण सुरु

Logo
नमो संवाददाता प्रकाशित मंगलबार, माघ २३, २०८०

तस्विर : नमो अनलाईन

इटहरी । पूर्वकै केन्द्रमा पर्ने इटहरीमा सवारी साधन पार्किङ प्रमुख समस्या बनेपछि बसपार्कलाई व्यवस्थित गरिने भएको छ । इटहरीको पुरानो बसपार्क भएको ठाउँमा ठेक्का लागेर निर्माणको काम सुरु भएको हो ।

आज इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले भवनको शिलान्यास गर्दै समयमै निर्माण सक्न निर्माण कम्पनीलाई निर्देशन समेत दिएका छन् । भवन निर्माण भए सँगै अत्याधुनिक र सुविधा सम्पन्न हुने नगर प्रमुख पौडेलको भनाई छ ।

शिलान्यास कार्यक्रममा उपप्रमुख सङ्गीता चौधरी, इटहरी-९ का वडा अध्यक्ष जितेन थापा, उपमहानगरका प्रवक्ता दिवस पोखरेल लगायतको उपस्थित रहेको थियो । श्री अर्थ/हाम्रो/श्रीमान् हेटौँडा-६, मकवानपुरले ९ करोड ४८ लाख ८३ हजार ५ सय ५६ रुपैयाँमा ठेक्का पारेर निर्माण सुरु भएको हो ।

इटहरी उपमहानगरपालिकाले नगर विकास कोषसँग ऋण लिएर व्यवस्थित बसपार्क बनाउन लागिएको हो । झन्डै दुई दशकअघि निर्माण भएको बसपार्क अव्यवस्थित भएको कारण नमुना बस पार्क निर्माणको काम सुरु भएको पौडेलको भनाई छ ।

अर्कातिर पछिल्लो समय इटहरीको चौरास्त चोकदेखि पाँच सय मिटर आसपास पुरै उपमहानगरपालिकाकै अगुवाइमा सवारी साधन हटाएपछि प्रायः यात्रुवाहक सवारी साधन बसपार्क नै गएपनि व्यवस्थित नभएको बेला उपमहानगरपालिकाले महत्त्वपूर्ण योजना अघि सारेर द्रुत गरिमा काम सुरु भएको मेयर पौडेलको भनाई छ ।

नगर विकास कोष काठमाडौँले ७० प्रतिशत र इटहरी उपमहानगरपालिकाको ३० प्रतिशत लगानी रहनेछ । उपमहानगरपालिका इन्जिनियर जीवन घिमिरेका अनुसार एक बिघा क्षेत्रफलमा फैलिने बसपार्कको तल्लो तलामा टिकट काउन्टर, सोधपुछ कक्ष, प्रतीक्षालय, सभाहल, रेस्टुरेन्ट सहितको हुनेछ।

१८ महिनाभित्र बस पार्क पूरा हुनेछ । ५० वटा बस अट्ने क्षमताको हुने उपमहानगरपालिका कार्यालयले जनाएको छ । बसपार्कमा ढल व्यवस्थापन र ड्रेन सहितको सुविधा हुनेछ । इटहरीका मेयर पौडेलका अनुसार अब बसपार्क व्यवस्थित गर्दा आम्दानीमुखी बसपार्क हुनेछ ।

इटहरी पूर्वकै व्यापारिक ‘हब’ समेत बन्दै गएकाले पनि यहाँ सामान खरिद-बिक्री गर्न आउनेको चाप बढ्दो छ । यहाँ काठमाडौँपछि भव्य, व्यवस्थित र आधुनिक बजार बनाउने सोचले एकपछि अर्को सपिङ सेन्टर निर्माण भइरहेका छन् । तर, व्यवस्थित बसपार्क वा पार्किङ स्थलको समस्या छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हरिनगर । हरिनगरामा रहेको उपयुक्त कृषि सहकारी संस्था लिमिटेडको ९ औं बार्षिक साधारण सभा सम्पन भएको छ । हरिनगर गाउँपालिका वडा नं. – ४ हरिनगरा स्थित रहेको हरिनगरा माध्यमिक विद्यालयको सभाहलमा गाउँपालिकाकी उपाध्यक्ष रिमझिम कुमारी भगतको प्रमुख आतिथ्यमा सभाको आयोजना गर्दै आर्थिक बर्ष २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्दै साधारण सभा सम्पन भएको हो। सभामा […]

बराहक्षेत्र । सुनसरी जिल्ला स्थित बराहक्षेत्र नगरपालिका ११ मधुवन स्थिति रहेको दाजु भाइ कृषि फर्मले विगत विगतको ४ बर्ष देखि च्याउ खेती तर्फ आकर्षित भएका छन । वैदेशिक रोजगारबाट फर्केर आएका भरत र रोसन दाजु भाइले च्याउ खेती गर्दे आएको हो। पहिलोपटक २ सय सिलिन्डर अर्थात पोक्का बाट च्याउ खेती गरिएको थियो । भने अहिले […]

हरिनगर । विशेष सूचनाका आधारमा खटिएको ईलाका प्रहरी कार्यालय देवानगञ्ज र जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त टोलीले हरिनगर गाउँपालिका – ७ कविलासा टोलको भित्री सडक खण्डबाट १०७.८ किलो गाँजासहित दुईजनालाई पक्राउ गरेको छ। टोलीले को १ ह २२६१ नम्बरको अटोमा प्लास्टिकको चार वटा बोरामा लुकाएर ल्याइएको लागू औषध गाँजासहित अटो चालक देवानगञ्ज गाउँपालिका–२ का २० […]