१३ मंसिर २०८०, बुधबार
29-11-2023 , Wed
×

इडेनवर्ग कलेजमा विद्यार्थीहरुको स्वागत तथा विदाई

Logo
नमो अनलाईन प्रकाशित आइतबार, जेठ १४, २०८०

देवानगञ्ज । विराटनगर ९ मा अवस्थित इडेनवर्ग कलेजले नयाँ भर्ना भएका ४ सय २० जना विद्यार्थीहरुको स्वागत तथा ब्याचलर अन्तिम बर्षका १ सय ५० भन्दा बढि विद्यार्थीहरुको विदाई गरेको छ । कलेजले आज एक कार्यक्रमको आयोजना गरेर स्वागत तथा विदाई गरेको हो ।

विदाई कार्यक्रममा अध्यक्ष बिष्णु दाहाल , क्याम्पस प्रमुख डि.के शाह, सचालक जे.बी मगर , हिमाल बराल , संयोग पोखरेल , शम्भु प्रसाद महतो , दिनेश पडित , खुशिराज श्रेष्ठ, लगायतले विद्यार्थीहरूलाई टीका र मायाँको चिनो प्रदान गरेर विदाई गरेका थिए । यसैगरी क्याम्पस प्रमुख डि।के शाहले मन्तव्य राख्दै विद्यार्थीहरूको उज्वल भविष्यको कामना गरेका छन् ।

यसैगरी १ सय ५० भन्दा बढी चौथो बर्षको परीक्षा दिइसकेका विद्यार्थीहरूलाई भविष्य सफल बनाउन र राम्रो क्षेत्रमा लाग्न अध्यक्ष बिष्णु दाहालले सुझाव दिए । साथै ३० जना विद्यार्थीहरुबाट शुरु गरेको कलेजमा आज १३०० विद्यार्थीहरुले अय्ययन गरिरहेको दाहालले बताए। साथै इडेनवर्गले चाँडै नै विएच।एम र विआडी कार्यक्रम संचालन गर्ने दाहालले बताए ।

कार्यक्रमकै अवशरमा कलेजमा अध्ययनरत विद्यार्थीहरुले नृत्य र गायन समेत प्रस्तुत गरेका थिए भने विदाइ हुने विद्यार्थीहरुल कलेजमा अध्ययन गर्दाका अनुभव समेत सुनाएका थिए ।

बिष्णु दाहालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा त्रि.वि क्षेत्रीय सह परिक्षा नियन्त्रक डिललीराम प्रसाँइ प्रमुख अतिथिका रुपमा रहेका थिए । त्यसैगरि कार्यक्रममा कान्तिपुर कलेजका संचालक सन्तोष भगत, कोवास कलेजका प्राचार्य केवल पोख्रेल , सास्थम कलेजका डाइरेक्टर महेश्वर सिंह लगायतको उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हरिनगर । सुनसरीको रामधुनीमा रहेको जीविका कृषि सहकारी क्याम्पसले अघिल्लो शैक्षिक सत्रमा एक जना पनि विद्यार्थी भर्ना गर्न सकेन । सहकारी मोडलमा सञ्चालित कलेजले विएसी एजीका विद्यार्थी पाउन छाडेको हो । विश्वविद्यालयले एक पटक मात्र प्रवेश परीक्षा लिने र अधिकांश विद्यार्थीले प्रवेश परीक्षा उत्तीर्ण गर्न नसक्दा समस्या बढ्दै गएको छ । कृषि तथा वन विज्ञान […]

बिराटनगर । लगातार तिन दिन देखि UCMS भैरवाहाका विधर्थीहरु प्रिन्सिपल लाई मेडिकल कलेज भित्रै कैद गरी बिभिन्न माग राखी आन्दोलनमा छन्। UCMS मिति २०८० असोज २४ गते बुधवार सुचना जारी गर्दै आन्दोलनरत बिद्यार्थीहरुलाई वार्तामा आउन अह्वान गरेपनि बिधार्थीहरुले प्रिन्सिपललाई कैद मुक्त नगरी आन्दोलनलाई जारी राखेको छ। यता बिद्यार्थीहरुले व्यक्तिगत रिसिबिसीका कारण प्रिन्सिपललाई थुनिएको आन्दोलन गरिरहेकै […]

हरिनगर । आज ५९ औँ राष्ट्रिय बाल दिवस देशभर मनाइँदै छ । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाई रहेका छन् । सोही अवसरमा सुनसरीको हरिनगर गाउँपालिका वडा नं. – ३ गौतमपुर स्थिति रहेको श्री जनता माध्यमिक विद्यालयले भव्य कार्यक्रमको आयोजना गरी हर्सो उल्लासका साथ बालदिवस मनाएका छन् […]