०३ माघ २०८१, बिहिबार
16-01-2025 , Thu
×

अहिलेको सरकारले देशलाई सर्वत्र अस्तव्यस्त बनाएको छ : ओली

Logo
रासस प्रकाशित बिहिबार, माघ २५, २०८०

तस्विर : फाईल

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बढ्ता जान्ने भएर अहंकारले उफ्रिँदा माधवकुमार नेपाल भड्खालामा जाकिन पुगेको बताएका छन्।

एमाले रौतहटको दसौं जिल्ला अधिवेशनको उद्घाटन गर्न पुगेका अध्यक्ष ओलीले एकीकृत समाजवादीका अध्यक्ष नेपाल प्रतिक्रियावादीको पछि लागेर हिँडेको आरोप लगाए।

‘अहिलेको सरकारले देशलाई सर्वत्र अस्तव्यस्त बनाएको छ। जनतालाई कुनै पनि राम्रो, नयाँ काम गरेको छैन। हामीले थालेका विकास–निर्माण र आयोजना अलपत्र बनाएको छ। माधवकुमार नेपाल यतातिर आएर के भन्छन्, हिजोका दिन मैले यसो अनलाइन हेरेको, केपी ओलीसँग बोलचाल बन्द…,’ उनले भने, ‘माधवकुमार नेपालसँग बोलाचाल नहुँदा हाम्रो के बिग्रिन्छ र हँ? माधव नेपाललाई म सुझाव दिन्छु, रौतहटका जनतासँग पनि बोली बोलाचाल बन्द गरे हुन्छ। अनि के म बोलचाल गरिपाऊँ भनेर निवदेन हाल्न गएको छु? उहाँका बारेमा केही टिप्पणी गर्नुछैन। कहिलेकाहीँ बढ्ता जान्ने भएर, अहंकारले उफ्रिँदा भड्खालामा जाकिन्छ, कसरी जाकिन्छ भने माधवकुमार नेपाललाई हेरे पुग्छ!’

नेता नेपाल विदेशीको, प्रतिक्रियावादी, पार्टी, जनता, विकास, सुशासन विरोधी, भ्रष्ट तत्त्वको मतियार भएको बताए।

‘तिनको सहयोगी भएर, तिनको सरकार बनाइदिएर पछिपछि हिँडेका छन् माधवकुमार नेपाल। यो पार्टीले प्रधानमन्त्री बनाएको थियो, अहिले पछिपछि हिँडेका छन्,’ उनले भने।

त्यस्तै उनले आम जनता पार्टीका अध्यक्ष प्रभु साहले पनि एमालेलाई धोका दिएको बताए। टिकट आफैंले राखेर एमाले सिध्याउने खेलमा लागेको बताए।

माधवकुमार नेपाल र प्रभु साहसँग भ्रमवश गएकाहरूलाई फिर्ता आउन पनि अध्यक्ष ओलीले आग्रह गरे।

‘प्रभु साहको पछि लागेर कुन वैतरणी पार होला? मौलापुर? अर्कोपल्ट जमानत जोगिए धन्यवाद छ, जोगिँदैन जमानत!,’ उनले भने।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देवानगञ्ज । संविधानको धारा २१७ बमोजिम गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने व्यवस्था छ । उक्त समितिमा गाउँ सभा वा नगर सभाले आफूमध्येबाट निर्वाचित गरेका दुई जना सदस्य रहने व्यवस्था छ । न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमीन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुंगो लगाउने गर्दछ […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. १ मध्यहर्षाहीमा रहेको साना किसान कृषि सहकारी संस्था ३६ लाख घाटामामा पुगेको छ। संस्थाले आर्थिक वर्ष २०८०/८१ मा ३६ लाख घाटा व्यहोरी रहेको लेखा प्रतीवेदनले देखाएको छ। संस्थाले पुष २७ गते सम्पन्न गरेको साधारण सभामा सार्वजनिक गरेको लेखा प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षमा २२ लाख घाटामा सञ्चालन रहेकोमा आर्थिक […]

देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाको १६ औं गाउँसभा अधिवेशन सम्पन्न गरेको छ । गाउँपालिकाको अध्यक्ष बेचन प्रसाद मेहताको अध्यक्षता, उपाध्यक्ष विभा कुमारी यादव तथा सभा सचिवको रुपमा प्रमुख प्रशासकीय अधिकृत सुधिर साफी लगायत सभा सदस्यहरुको उपस्थितिमा गाउँ सभा सम्पन्न भएको हो। सभामा गाउँपालिकाकी उपाध्यक्ष कुमारी बिभा यादवले संसोधनका प्रस्तावहरुमा कार्यपालिका निर्णयहरु तथा गाउँपालिका […]