०१ चैत्र २०८१, शनिबार
15-03-2025 , Sat
×

भ्रामक र अपूष्ट समाचार प्रति बर्जु गाउँपालिकाद्वारा खेद प्रकट

Logo
ब्रहमदेव मेहता प्रकाशित बिहिबार, माघ २५, २०८०

तस्विर : नमो अनलाईन

बर्जु । सुनसरीको बर्जु गाउँपालिका अध्यक्ष जिवक्ष रायले विज्ञप्ती जारी गर्दै भ्रामक र अपूष्ट समाचार प्रति खेद प्रकट गरेको छ ।

नेपालको संविधानको धारा १७० ले सबैलाई विचार अभिव्यक्तिको स्वतन्त्रता लाई प्रत्याभूत गरेको छ । आफ्नो विचार अभिव्यक्त गरिरहदा कसैको चरित्र हत्या हुने तथा समुदाय विचको सम्बन्धमा खलल पुग्ने विषयमा सचेत रहनु पर्दछ । तर आवर बिराटनगर डटनेटले सत्यतथ्य नबुझि, हुदै नभएको विषयलाई आधार र प्रमाणविना कपोकल्पित रुपमा समाजमा भ्रम फैलाउने उद्देश्यका साथ बर्जु गाउँपालकाका निर्वाचित जनप्रतिनिधिहरुको चरित्रहत्या गर्ने खालको भ्रामक समाचार प्रकाशन र प्रशारण गरि सामाजिक सदभाव खलबलाउने काम गरेको प्रति बर्जु गाउँपालिकाले खेद प्रकट गरेको हो ।

स्वतन्त्र पत्रकारिताप्रति सदैव हाम्रो सम्मान र सहयोग रहन्छ । तर भ्रामक र अपुष्ट समाचार प्रकाशित गरी समाजमा द्वन्द र द्वेष फैलाउने पितपत्रकारिताको हामी सबैले प्रतिवाद गर्नै पर्दछ साथै यस्ता भ्रामक र कपोकल्पित मिडियाबाजी प्रति विश्वास नगर्न पनि आम बर्जु बासिमा विज्ञप्ति मार्फत अपील गरीएको गाउँपालिका अध्यक्षय रायको हस्ताक्षर रहेको पत्रमा उल्लेख छ।

बुधवार आवर बिराटनगर डटनेटले “दबाव छल्ल बर्जु गाउँपालिकाका अध्यक्ष राय सम्पर्क कार्यालयमा सरे” भन्ने शीर्षकमा समाचार सम्प्रषण गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका–१ रामनगर भुटाहाका लोदाई बहरदारका छोरा राहुल बहरदारले आज बिहान आ त्म हत्या गरेका छन्। उनले आफ्नो घरभन्दा करिब डेढ किलोमिटर पश्चिममा रहेको मकैबारीमा मसला रुखमा झुन्डिएर ज्यान लिएका हुन्। स्थानीयहरूका अनुसार राहुल केही दिनदेखि मानसिक तनावमा देखिएका थिए। उनी प्रेमीकाको विवाह अरू कसैसँग भएको खबर पाएपछि चिन्तित भएका थिए। स्थानीयहरूले […]

देवानगञ्ज । सुनसरी स्थित देवानगञ्ज गाउँपालिका वडा नं. ३ कप्तानगञ्जबाट ३९ के.जी गाजा सहित ईलका प्रहरी कार्यालय देवानगञ्जका प्रमुख कमल विष्टको नेतृत्वमा खटेको प्रहरी टोलिले एकजनालाई पक्राउ गरेको छ। अरविन्द कुमार यादवको घरमा लुकाई राखेको अवस्थामा इलाका प्रहरी कार्यालय देवानगञ्ज, कोशी प्रदेशका PIT शाखा र जिल्ला प्रहरी कार्यालय सुनसरीको सादा पोसाकको संयुक्त टोलिले २०८१ सालको […]

हरिनगर । हरिनगरामा रहेको उपयुक्त कृषि सहकारी संस्था लिमिटेडको ९ औं बार्षिक साधारण सभा सम्पन भएको छ । हरिनगर गाउँपालिका वडा नं. – ४ हरिनगरा स्थित रहेको हरिनगरा माध्यमिक विद्यालयको सभाहलमा गाउँपालिकाकी उपाध्यक्ष रिमझिम कुमारी भगतको प्रमुख आतिथ्यमा सभाको आयोजना गर्दै आर्थिक बर्ष २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्दै साधारण सभा सम्पन भएको हो। सभामा […]