०१ चैत्र २०८१, शनिबार
15-03-2025 , Sat
×

आफुमाथि लगाएको आरोप निराधार रहेको उपाध्यक्ष चौधरीको भनाई

Logo
ब्रहमदेव मेहता प्रकाशित बिहिबार, माघ २५, २०८०

तस्विर : ब्रहमदेव मेहता/नमो अनलाईन

बर्जु । सुनसरीको सिमावर्ती क्षैत्र बर्जु गाउँपालिकाको उपाध्यक्ष नितु कुमारी चौधरीले आफुमाथि लगाएको आरोप निराधार रहेको बताएकी छिन् ।

बिहिवार पत्रकार सम्मेलन गर्दै संचार माध्यममा आएको समाचारमा आफु माथि लागाएको आरोपको खण्डन् गर्दै निराधार रहेको बताएकी हुन् ।

बिना आधार प्रमाणको समाचार सम्प्रेसन गरेर मेरो श्रीमान्को नाम जोडि मलाई बद्नाम गर्ने तथा मेरो अध्यक्ष बिच फाटो ल्याउने नियतले समाचार लेखिएको उहाँको ठम्याई छ । मलाई जानकारी नदिई, सोधपुछ नगरी कन केको आधारमा समाचार लेखिएको हो ? भन्ने कुरा आफुलाई जानकारी नभएको बताएकी छिन् । उपाध्यक्ष चौधरीले आफ्ना श्रीमान् मार्फत मनलाग्दी कुनै पनि विकास निर्माणका काम नगराएको दावि गरेकी छिन् । समाचारमा उल्लेख भए अनुसार आफुले कुनै पनि विकास निर्माणको काममा श्रीमानलाई बिल पेस गरेर भुप्त्तानी लिन नलगाएको बताइन । मेरो र अध्यक्ष बिच कुनै किसिमको मनमुटाव नरहेको भन्दै हामि नियमित रुपमा बर्जुको विकासका लागि समन्नवय गरेर अगाडी बढीरहेको बताइन् । हामी जनप्रतिनिधि र कर्मचारी मिलेर बर्जुको विकासका लागि अगाडी बढी रहेकोले केहीलाई असहज भएको कारण यस्तो बद्नाम गर्ने सड्यन्त्र गरेको बताइन ।

यता बर्जु गाउँपालिका अध्यक्ष जिवक्ष रायले विज्ञप्ती जारी गर्दै उत्त भ्रामक र अपूष्ट समाचार प्रति खेद प्रकट गरेको छ ।

बुधवार आवर बिराटनगर डटनेटले “दबाव छल्ल बर्जु गाउँपालिकाका अध्यक्ष राय सम्पर्क कार्यालयमा सरे” भन्ने शीर्षकमा समाचार सम्प्रषण गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बर्जु । कोशी प्रदेश स्थित सुनसरी जिल्लाको सिमावर्ती क्षेत्र बर्जु गाउँपालिकाले बढ्दै गई रहेको कालोबजारीलाई नियन्त्रण गर्न बजार अनुगमन गरि म्याद गुज्रेका समानहरु नियन्त्रणमान लिई नष्ट गरेको छ । गाउँपालिका भित्र पर्ने बजार देखी गाउँघरमा खोलिएका किराना पसल, मदिरा, हार्डवेयर, औषधी पसल, कपडा पसल, कस्मेटिक पसल तथा होटेलहरूमा फितलो अनुगमनको फाइदा उठाउँदै म्याद गुज्रेका तथा […]

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका–१ रामनगर भुटाहाका लोदाई बहरदारका छोरा राहुल बहरदारले आज बिहान आ त्म हत्या गरेका छन्। उनले आफ्नो घरभन्दा करिब डेढ किलोमिटर पश्चिममा रहेको मकैबारीमा मसला रुखमा झुन्डिएर ज्यान लिएका हुन्। स्थानीयहरूका अनुसार राहुल केही दिनदेखि मानसिक तनावमा देखिएका थिए। उनी प्रेमीकाको विवाह अरू कसैसँग भएको खबर पाएपछि चिन्तित भएका थिए। स्थानीयहरूले […]

बर्जु। कोशी प्रदेश स्थित बर्जु गाउँपालिकाका कर्मचारीहरुले संयुक्तरूपमा गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र बुझाएका छन् । पालिकामा कार्यरत कर्मचारीहरुको सुरक्षाको प्रत्याभुती गरी ७२ घण्टा भित्र सहज र सरल ढंगबाट काम गर्ने वातावरण सृजना गरियोस भन्ने माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापनपत्रमा ” २०८१ साल फागुन २० गतेका दिन यस बर्जु गाउँपालिकाको प्रशासन शाखामा अन्दाजी १०:४५ […]