२६ भाद्र २०८१, बुधबार
11-09-2024 , Wed
×

शिव मन्दिर निर्माणका लागि इनरुवा नगरपालिकाबाट ५० लाख

Logo
अजित झा प्रकाशित शुक्रबार, माघ २६, २०८०

तस्विर : नमो अनलाईन

इनरुवा । सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाले शिव मन्दिर निर्माणका लागि ५० लाख रुपैया दिने भएको छ ।

इनरुवा १ मा रहेको बालेश्वर शिव मन्दिर निर्माणका लागि ५० लाख रुपैया प्रदान गर्ने गरि बजेट बिनियोजन भएको छ । केदार भण्डारी इनरुवा नगरपालिकाको प्रमुखको रुपमा निर्वाचित भएर आएपछि इनरुवा १ मा निर्माणाधिन अवस्थामा रहेको बालेश्वर शिव मन्दिरका लागि ५० लाख रुपैयाँ दिने निर्णय भएको हो ।

यस अघि शिव मन्दिर निर्माणका लागि आर्थिक बर्ष २०७७÷०७८ मा इनरुवा नगरपालिकाले ८० लाख रुपैयाँ दिएको थियो भने पूर्व संघीय सांसद सिताराम मेहताले सांसद विकास कोषबाट १०÷१० लाख गरेर २० लाख र पूर्व प्रदेश सांसद राजिव कोइरालाले १० लाख रुपैया दिएको थियो ।

निर्वाचनका बेलामा जनता सामु गरेको प्रतिवद्धता अनुसार मन्दिर निर्माणका लागि यस पटक ५० लाख रुपैयाँ दिएको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले बताउनुभयो ।

भोतिक पुर्वाधारको विकाससंगै नगर क्षेत्र भित्र रहेका मठ मन्दिरको संरक्षण तथा निर्माण गर्ने उदेश्यका साथ बालेश्वर मन्दिर निर्माणका लागि यस पटक ५० लाख रुपैया दिएको प्रमुख भण्डारीले बताउनुभयो ।

इनरुवा नगरपालिका सहित जिल्ला निकायबाट आएको बजेटको हिसाबले मन्दिर निर्माणको कार्य भइरहेको छ । इनरुवा नगरपालिका सहित बिभिन्न ठाउँबाट आएको बजेटबाट उपभोक्ता समिति निर्माण गरेर कार्य भइरहेको बालेश्वर शिव मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष प्रमोद अर्चायले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाबाट तिर्थ यात्रा को लागि भारतको अयोध्या, नैमिषारण्य, वृंदावन, चित्रकुट, मथुरा, वनारश, गोकुल र वैजनाथ धाम जान लागेका तिर्थ यात्रीहरूलाई वडा अध्यक्ष हरिनन्दन मेहताले शुभकामनाका साथै सम्मान गर्नुभएको छ । वडा अध्यक्ष मेहताले तिर्थ यात्रीहरुलाई सोमवार देवानगञ्ज गाउँपालिका वडा नं. ६ स्थित रहेको ठाकुरवारी चौकबाट तिर्थ यात्रीहरूलाई शुभकामना दिई […]

हरिनगर । नेपाली हिन्दू महिलाहरूको महान् चाड हरितालिका तीजको रौनक नेपालका के सहर के गाउँ, जताततै फैलिइसकेको छ । यो पर्वमा महिलाहरू आफ्नो स्वास्थ्य र श्रीमानको दीर्घायु कामना गर्दै व्रत बस्छन् । यद्यपि समयसँगै हाम्रो संस्कार र संस्कृतिमा निकै परिवर्तन आएको छ जुन कुरो हाम्रा पर्वहरूमा सहजै दृष्टिगोचर हुन्छन् । हिजोआज तीज भड्किलो हुँदै छ […]

इनरुवा । मुस्लिम इत्तेहाद सङ्गठन सुनसरीको चौथो जिल्ला अधिवेशनले तुफेल अहमद अन्सारीलाई सर्वसम्मति गरी अध्यक्षमा निर्वाचित गरेको छ । सुनसरी इत्तेहादकाे उपाध्यक्षमा माे. एजाजुल (गढी), सचिवमा आकिब हुसेन (इटहरी), उपसचिव द्वयमा सफालुद्दिन मिया(भाेक्राहा) र मुस्ताक आलम(दुहबी)लाई निर्वाचित गरेको छ । अधिवेशनले २५ जना सदस्यसमेत निर्वाचित गरेको सङ्गठन सुनसरी जिल्ला इन्चार्ज अफाक अहमदले जनकारी दिए । […]