०१ चैत्र २०८१, शनिबार
15-03-2025 , Sat
×

इनरुवा नगरपालिकाको १२ औं नगरसभा सम्पन्न

Logo
अजित झा/रासस प्रकाशित शनिबार, माघ २७, २०८०

तस्विर : नमो अनलाईन

इनरुवा । सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाको १२ औं नगरसभा शनिबार सम्पन्न भएको छ ।

चालु आर्थिक वर्ष ०८०÷०८१ को हालसम्मको प्रगति विवरण तथा विभिन्न निर्णय गर्दै नगरपालिकाको १२ औं नगरसभा सम्पन्न भएको हो । नगरसभामा आर्थिक बर्ष २०८०÷०८१ को योजना तथा बजेट रकमान्तर, संशोधन सम्बन्धी विवरण तथा चालु आर्थिक वर्ष ०८०÷०८१ को अहिलेसम्मको प्रगति विवरण राजस्व परामर्श तथा न्यायिक समितिको प्रतिवेदन प्रस्तुत गरेको थियो ।


प्रस्तुत गरेको प्रतिवेदन तथा विधेयकमा सुझाव राख्न गाउँसभाका सदस्यलाई समय उपलब्ध गराएर सबैको सर्वसम्मत रूपमा संसोधन पारित गर्दै अधिवेशन सम्पन्न भएको इनरुवा नगरपालिकाका उपप्रमुख बिनिता कुमारी मेहताले जानकारी दिनुभयो ।

सभासदस्यले सार्वजनिक सेवालाई गुणस्तर, सर्वसुलभ र कम खर्चिलो बनाउनुपर्ने, भएको राम्रा अभ्यासलाई सबैतिर विस्तार गर्नुपर्ने, बाकी रहेका सडकबाटोको स्तोरोन्नती गर्नुपर्ने, घरघरमा सुशासनको अनुभुती, स्वास्थ्य, शिक्षा तथा रोजगारका लागि थप कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।

सभाबाट आर्थिक ऐन २०८० र खानेपानी, सरसफाई तथा स्वच्छता ऐन २०८० सर्व सम्मतिले पारित गरेको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले जानकारी दिनुभयो ।
त्यसैगरीसभाबाट इनरुवा १० मा रहेको श्रीअधारभुत विद्यालयको भौतिक संरचना निर्माणका लागि २० लाख, इनरुवा ९ मा रहेको सरस्वती माविलाई भौतिक संरचना निर्माणका लागि २० लाख, सरस्वती अधारभुत विद्यालय इनरुवा ८ लाख १० लाख र नगर क्षेत्र भित्रमा रहेका बिभिन्न विद्यालयको टिनको छानो फेर्न तथा अन्य भौतिक संरचना निर्माणका लागि आवश्यक बजेट बिनियोजना गरेको इनरुवा नगरपालिकाकी उपप्रमुख बिनितकुमारी मेहताले जानकारी दिनुभयो ।

त्यसैगरी इनरुवा २ नम्वर वडा कार्यालयको माथिल्लो तल्ला थपका लागि ३१ लाख, ३ नम्वर वडा कार्यालयको माथिल्लो तल्ला तथा कम्पाउण्ड वाल निर्माणका लागि १७ लाख रुपैयाँ, इनरुवा २ मा रहेको कुशवाहा सेवा समाजको अधुरो भवन निर्माणका लागि १४ लाख ९० हजार रुपैयाँ, भुपु सैनिक तथा प्रहरीको भवन निर्माणका लागि ५÷५ लाख रुपैयाँ, इनरुवा १ मा रहेको खेल मैदान व्यवस्थापनका लागि २० लाख रुपैया, इनरुवा नगरपालिका भित्र स्तनपान कक्ष निर्माणका लागि ५ लाख रुपैयाँ, इनरुवा २ मा रहेको अधारभुत स्वास्थ्य केन्द्रको अधुरो भवन निर्माणका लागि १५ लाख रुपैया बिनियोजना गरेको इनरुवा नगरपालिकाका उपप्रमुख मेहताले जानकारी दिनुभयो ।

त्यसैगरी वडा तर्फ संशोधित बजेटमा ५ करोड ७४ लाख ५४ हजार २४० रुपैयाँ रहेको छ भने नगरपालिका तर्फ ८३ करोड ४५ लाख ५ सय ३९ रुपैयाँ ९ पैशा रहेको इनरुवा नगरपालिकाका उपप्रमुख मेहताले जानकारी दिनुभयो । नगरसभा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीको अध्यक्षतामा भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बर्जु । कोशी प्रदेश स्थित सुनसरी जिल्लाको सिमावर्ती क्षेत्र बर्जु गाउँपालिकाले बढ्दै गई रहेको कालोबजारीलाई नियन्त्रण गर्न बजार अनुगमन गरि म्याद गुज्रेका समानहरु नियन्त्रणमान लिई नष्ट गरेको छ । गाउँपालिका भित्र पर्ने बजार देखी गाउँघरमा खोलिएका किराना पसल, मदिरा, हार्डवेयर, औषधी पसल, कपडा पसल, कस्मेटिक पसल तथा होटेलहरूमा फितलो अनुगमनको फाइदा उठाउँदै म्याद गुज्रेका तथा […]

बर्जु। कोशी प्रदेश स्थित बर्जु गाउँपालिकाका कर्मचारीहरुले संयुक्तरूपमा गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र बुझाएका छन् । पालिकामा कार्यरत कर्मचारीहरुको सुरक्षाको प्रत्याभुती गरी ७२ घण्टा भित्र सहज र सरल ढंगबाट काम गर्ने वातावरण सृजना गरियोस भन्ने माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापनपत्रमा ” २०८१ साल फागुन २० गतेका दिन यस बर्जु गाउँपालिकाको प्रशासन शाखामा अन्दाजी १०:४५ […]

देवानगञ्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासँग माओवादी अभियानले जनतालाई अजयशक्ति प्रदान गर्ने बताएका छन् । जनतासँग माओवादी तराई–मधेस जागरण अभियानअन्तर्गत सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित जनजागरण सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । पहिलो चरणमा सुरु गरिएको हुलाकी मार्ग केन्द्रित अभियानले दक्षिण सिमाना बसोबास गर्ने नेपालीको अवस्था बुझेर उनीहरूमाथिको विभेद […]