०१ चैत्र २०८१, शनिबार
15-03-2025 , Sat
×

गिरि फाउन्डेसनले आयोजना गरेको स्वास्थय शिविरमा ७५५ जनाले गराए नि:शुल्क स्वास्थ्य जाँच

Logo
नमो संवाददाता प्रकाशित शनिबार, माघ २७, २०८०

तस्विर : नमो अनलाईन

विराटनगर । पछिल्लो समय समाज सेवामा तल्लीन रहेका अभिषेक गिरिले विपन्न वर्गका बिरामीलाई मध्यनजर गर्दै आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ७५५ जनाले स्वास्थ्य जाँच गराई सेवा लिएका छन् ।

अभिषेक गिरिले स्थापना गरेको गिरि फाउन्डेसन र पारस मल्टिस्पेसियालिटी हस्पिटलले शनिबार विराटनगर महानगरपालिका–८ स्थित श्री ज्ञानकुञ्च आधारभूत विद्यालयमा शिविरको आयोजना गरेका थिए ।

उल्लेखनीय सर्वसाधारणको उपस्थिति रहेको सो शिविरमा ७५५ जनाले निःशुल्क स्वास्थ्य जाँच गराएर सेवा लिएका छन् । जसमध्ये एक सय ८० जनाको इसिजी जाँच र २८० जनाको रक्तचाप र सुगर परीक्षण गरिएको थियो ।

शिविरमा आएका अधिकांश सेवाग्राहीले निःशुल्क स्वास्थ्य शिविरबाट लाभान्वित भएको बताएका छन् । यस्ता शिविरबाट खर्चिलो उपचारको पहुँचबाट टाढा रहेका गरिब–निमुखाले सेवा पाएको उनीहरूको भनाइ छ ।

यता, गिरी फाउन्डेसनका अध्यक्ष अभिषेक गिरिले प्रत्येक शनिबार निःशुल्क स्वास्थ्य शिविरलाई निरन्तरता दिने बताउँदै पहिलो चरणमा विराटनगरका १९ वटै वडामा र विस्तारै अरू पालिकामा पनि आयोजना गरिने बताए ।

गिरिले आफ्नो फाउन्डेसनमार्फत् निःशुल्क स्वास्थ्य शिविर आयोजना गरी आसाहय तथा बिपन्न परिवारका बिरामीहरूलाई सुलभ र सहज उपचार सेवा उपलब्ध गराउने योजना रहेको बताए । विपन्न वर्गका बिरामीले स्वास्थ्योपचार नपाइरहेको परिस्थितिलाई मध्यनजर गरेर स्वास्थ्य शिविर चलाइएको उनको भनाइ छ ।

पारस हस्पिटलका वरिष्ठ हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा। फेजल अन्सारीले शिविरमा स्वास्थ्य जाँच गराउनेहरूलाई करिब पाँच लाख रुपैयाँ बराबरको औषधि निःशुल्क वितरण गरिएको बताए । परीक्षणमा आएका अधिकांश विपन्न वर्गका रहेको बताउँदै उनले यस्तो शिविरले उपचारको पहुचभन्दा पर रहेकाले लाभ लिने बताए ।

निःशुल्क स्वास्थ्य शिविरमा बालबालिकादेखि वृद्ध–वृद्धाले निःशुल्क स्वास्थ्य जाँच गराउँदै विशेषज्ञ चिकित्सकसँग परामर्श लिएका थिए । उनीहरूलाई निःशुल्क रूपमा औषधिसमेत वितरण गरिए पारस हस्पिटलका प्रबन्ध निर्देशक हेमनारायण मेहताले जानकारी दिए ।

अस्पतालको पहुँचबाट टाढा रहेका विपन्न वर्गका सर्वसाधारणलाई मध्येनजर गरी गिरि फाउन्डेसन र पारस हस्पिटलले संयुक्त रूपमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्न सम्झौता भएको थियो । जसमा शिविर गर्ने स्थानदेखि स्वास्थ्य सामग्रीमा लाग्ने खर्च व्यवस्थापनसम्म फाउन्डेसनले गर्नेछ भने चेकजाँच अस्पतालले गर्ने उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बर्जु । कोशी प्रदेश स्थित सुनसरी जिल्लाको सिमावर्ती क्षेत्र बर्जु गाउँपालिकाले बढ्दै गई रहेको कालोबजारीलाई नियन्त्रण गर्न बजार अनुगमन गरि म्याद गुज्रेका समानहरु नियन्त्रणमान लिई नष्ट गरेको छ । गाउँपालिका भित्र पर्ने बजार देखी गाउँघरमा खोलिएका किराना पसल, मदिरा, हार्डवेयर, औषधी पसल, कपडा पसल, कस्मेटिक पसल तथा होटेलहरूमा फितलो अनुगमनको फाइदा उठाउँदै म्याद गुज्रेका तथा […]

बर्जु। कोशी प्रदेश स्थित बर्जु गाउँपालिकाका कर्मचारीहरुले संयुक्तरूपमा गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र बुझाएका छन् । पालिकामा कार्यरत कर्मचारीहरुको सुरक्षाको प्रत्याभुती गरी ७२ घण्टा भित्र सहज र सरल ढंगबाट काम गर्ने वातावरण सृजना गरियोस भन्ने माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापनपत्रमा ” २०८१ साल फागुन २० गतेका दिन यस बर्जु गाउँपालिकाको प्रशासन शाखामा अन्दाजी १०:४५ […]

देवानगञ्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासँग माओवादी अभियानले जनतालाई अजयशक्ति प्रदान गर्ने बताएका छन् । जनतासँग माओवादी तराई–मधेस जागरण अभियानअन्तर्गत सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित जनजागरण सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । पहिलो चरणमा सुरु गरिएको हुलाकी मार्ग केन्द्रित अभियानले दक्षिण सिमाना बसोबास गर्ने नेपालीको अवस्था बुझेर उनीहरूमाथिको विभेद […]