०३ माघ २०८१, बिहिबार
16-01-2025 , Thu
×

एक सय ४९ किलो गाँजा टेम्पो सहित सुनसरीका २ जना पक्राउ

Logo
नमो संवाददाता प्रकाशित शनिबार, माघ २७, २०८०

तस्विर : फाईल

इनरुवा । सुनसरीको बिभिन्न स्थानबाट एक सय ४९ किलो गाँजा टेम्पो सहित २ जना आज पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धरान ११ रिटिङ टोलका १९ बर्षिय मौसम राई र २२ बर्षिय अभिषेक शर्मा रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।

बिषेश सूचनाको अधारमा इलाका प्रहरी कार्यालय धरानबाट गएको प्रहरीको टोलीले मौसम राई चालक रहेको प्रदेश १–०२–००३ ह ३७४ नम्वरको अटो टेम्पुलाई चेकजाच गर्दा पछाडी पट्टी रहेको डिकि भित्र लुकाई छिपाई राखेको अवस्थामा ३६ किलो गाँजा बरामद भएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताउनुभयो ।

त्यसैगरी अभिषेक शेर्मा चालक रहेको को. १ ह ५०९८ नम्वरको अटो टेम्पुलाई चेकजाच गर्ने क्रममा पछाडी पट्टीको डिकि भित्र लुकाई छिपाई राखेको ५२ किलो गाजा बरामद भएको प्रहरीले जनाएको छ । त्यसैगरी सुनसरीको गढी गाउँपालिका–२ छिटाहामा को २९ प ५७३६ नम्बरको मोटरसाइकल र नजिकै खेतमा २९ किलो गाँजा रहेको झोला तथा खेतको छेउमा परालले छोपी राखेको ३२ किलो गाजा बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाको बिषयमा थप अनुशन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पछिल्लो समय गाँजा चोरी तस्करी नियन्यत्रण गर्ने अभियान सञ्चालन गरेका बेलामा सुनसरीमा धमाधम गाँजा तस्करी गरिरहेका व्यक्ति तथा सवारीसधान पक्राउ पर्ने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देवानगञ्ज । संविधानको धारा २१७ बमोजिम गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने व्यवस्था छ । उक्त समितिमा गाउँ सभा वा नगर सभाले आफूमध्येबाट निर्वाचित गरेका दुई जना सदस्य रहने व्यवस्था छ । न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमीन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुंगो लगाउने गर्दछ […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. १ मध्यहर्षाहीमा रहेको साना किसान कृषि सहकारी संस्था ३६ लाख घाटामामा पुगेको छ। संस्थाले आर्थिक वर्ष २०८०/८१ मा ३६ लाख घाटा व्यहोरी रहेको लेखा प्रतीवेदनले देखाएको छ। संस्थाले पुष २७ गते सम्पन्न गरेको साधारण सभामा सार्वजनिक गरेको लेखा प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षमा २२ लाख घाटामा सञ्चालन रहेकोमा आर्थिक […]

देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाको १६ औं गाउँसभा अधिवेशन सम्पन्न गरेको छ । गाउँपालिकाको अध्यक्ष बेचन प्रसाद मेहताको अध्यक्षता, उपाध्यक्ष विभा कुमारी यादव तथा सभा सचिवको रुपमा प्रमुख प्रशासकीय अधिकृत सुधिर साफी लगायत सभा सदस्यहरुको उपस्थितिमा गाउँ सभा सम्पन्न भएको हो। सभामा गाउँपालिकाकी उपाध्यक्ष कुमारी बिभा यादवले संसोधनका प्रस्तावहरुमा कार्यपालिका निर्णयहरु तथा गाउँपालिका […]