०३ माघ २०८१, बिहिबार
16-01-2025 , Thu
×

झण्डै २ करोड नेपाली नक्कली नोट सहित भारतीय नागरिक मोहमद सैयद पक्राउ

Logo
नमो संवाददाता प्रकाशित सोमबार, माघ २९, २०८०

तस्विर : नमो अनलाईन

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा ४ सुनसरी खोला नजिकबाट एक करोड ८२ लाख ५१ हजार रुपैयाँ नेपाली नक्कली नोट सहित पक्राउ परेका एक जनालाई सोमबार सार्वजनीक गरेको छ ।

पक्राउ पर्नेमा भाारत सुपौल बिरपुर थाना बस्ने २२ वर्षीय छोटु भने मोहम्मद सैयद रहेको सुनसरीका प्रहरी उपरीक्षक बिपिन रेग्मीले जानकारी दिनुभयो ।

इनरुवा–४ सुनसरी खोलाको पुलनजिक नियमित चेकजाचको क्रममा आइतबार साँझ प्रहरीले एक हजारको १८ हजार २ सय ५१ थानका गरि जम्ममा एक करोड ८२ लाख ५१ हजार रुपैयाँ नेपाली नक्कली नोट सहित सैयादलाई नियन्त्रणमा लिएको प्रहरी उरीक्षक रेग्मीले बताउनुभयो ।

बिआर ११ एक्स ३४२९ नम्बरको स्कोरपियो गाडी रोकेको चेकजाँच गर्दा स्कारपियोको पछाडिको भागमा लुकाएर ल्याइएको नक्कली नोट बरामद भएको उहाँले बताउनुभयो । स्कारपियो भारतको कुन ठाउँबाट आएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नोट कारोवारमा अरु सलग्न रहेको बिषयमा अनुशन्धान भइरहेको सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले जानकरी दिनुभयो । सुनसरीमा पहिलो पटक ठुलो परिणाममा नेपाली नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ ।

यस अघि सुनसरीका इटहरीबाट १४ लाख रुपैयाँ सहित १ जनालाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेका नक्कली नोटलाई गण्ना गर्नका लागि ६ जनालाई ५ घण्टा लागेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका अधिकांश नोटमा एउटै नम्वर रहेको छ भने केही नोटमा फरक÷फरक नम्वर रहेको प्रहरीले जनाएको छ । नक्कली नोटमा बिगतका कार्यकालको गर्भनरको हस्ताक्षर रहेको छ भने कुनै नोट खर्सो रहेको प्रहरीले जनाएको छ । नोट अन्य नोटको तुलनामा हलुको रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकालाई मुलकी अपराध संहिता २०७४ को परिच्छेद २२ अन्तर्गत मुद्रा सम्बन्धी सुनसरी जिल्ला अदालतबाट म्याद थप भई थप अनुशन्धान भईरहेको प्रहरीले जनाएको छ ।

मुलकी अपराध संहिता २०७४ को परिच्छेद २२ अन्तर्गत मुद्रा सम्बन्धी कसुरमा १० बर्ष सम्म कैद र पच्चास हजार रुपैयाँ देखि १ लाख रुपैयाँ सम्म जरिवाना हुने व्यवस्था रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देवानगञ्ज । संविधानको धारा २१७ बमोजिम गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने व्यवस्था छ । उक्त समितिमा गाउँ सभा वा नगर सभाले आफूमध्येबाट निर्वाचित गरेका दुई जना सदस्य रहने व्यवस्था छ । न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमीन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुंगो लगाउने गर्दछ […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. १ मध्यहर्षाहीमा रहेको साना किसान कृषि सहकारी संस्था ३६ लाख घाटामामा पुगेको छ। संस्थाले आर्थिक वर्ष २०८०/८१ मा ३६ लाख घाटा व्यहोरी रहेको लेखा प्रतीवेदनले देखाएको छ। संस्थाले पुष २७ गते सम्पन्न गरेको साधारण सभामा सार्वजनिक गरेको लेखा प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षमा २२ लाख घाटामा सञ्चालन रहेकोमा आर्थिक […]

देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाको १६ औं गाउँसभा अधिवेशन सम्पन्न गरेको छ । गाउँपालिकाको अध्यक्ष बेचन प्रसाद मेहताको अध्यक्षता, उपाध्यक्ष विभा कुमारी यादव तथा सभा सचिवको रुपमा प्रमुख प्रशासकीय अधिकृत सुधिर साफी लगायत सभा सदस्यहरुको उपस्थितिमा गाउँ सभा सम्पन्न भएको हो। सभामा गाउँपालिकाकी उपाध्यक्ष कुमारी बिभा यादवले संसोधनका प्रस्तावहरुमा कार्यपालिका निर्णयहरु तथा गाउँपालिका […]