०२ फाल्गुण २०८१, शुक्रबार
14-02-2025 , Fri
×

धनकुटाबाट धरान आउँदै गरेको भारतीय गाडीबाट १४९ केजी गाँजा सहित १४ जना पक्राउ

Logo
नमो संवाददाता प्रकाशित सोमबार, माघ २९, २०८०

तस्विर : नमो अनलाईन

इनरुवा । धनकुटाबाट आउँदै गरेको २ वटा भारतीय नम्बरको बलेरो गाडी धरान-१३ अमरहाटमा रोकेर चेकजाँच गर्दा दुई गाडिबाट १४९ केजी नियन्त्रित लागुऔषध गाँजा सहित १४ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारी अनुसार गाँजा र भारतीय नागरिकहरूलाई अस्थायी प्रहरी पोस्ट अमरहाट धरान-१३ को प्रहरी टोलीले पक्राउ गरेको हो ।

धनकुटाबाट धरानतर्फ आउँदै गरेको भारतीय बीआर १० पी ९१५४ र एमपी १७ टीए ०५१२ नम्बरको दुई वटा बलेरो गाडीलाई रोकेर चेकजाँच गर्दा दुई वटा गाडीबाट १४९ केजी गाँजा बरामद भएको थियो ।

गाँजा ओसारपसारमा संलग्न रहेका चालकहरू भारत बिहारका ३१ वर्षीय मनोरञ्जन मुइमार, ३९ वर्षीय गोपी मण्डल र गाडीमा सवार रहेका २३ वर्षीय सञ्जय कुमार मण्डल, ३५ वर्षीय रेखा देवी, ३५ वर्षीय रिङ्की देवी, ३५ वर्षीय दया मण्डल, ३७ वर्षीय राजेश मण्डल, ४० वर्षीय पुनम देवी र २४ वर्षीय गुडिया देवीलाई पक्राउ गरिएको छ ।

पक्राउको उक्त घटनामा बीआर १० एजे ४४८६ नम्बरको कार चालक भारत बिहारका २३ वर्षीय सन्तोष साह, कारमा सवार २३ वर्षीय अङ्कित कुमार यादव, राजा जैसवाल, शिवम सिंह र सत्यम यादवको संलग्नता रहेको पाइएकोले उनीहरूलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

बरामद गाँजा, सवारी साधन र पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी । ठगी आरोपमा झापा मेचिनगरका प्रदीप राउतलाई प्रहरीले पक्राउ गरेको छ। बैंकिङ कसुर मुद्दामा संलग्न रहेको भन्दै महाराजगञ्ज प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। राउतविरुद्ध १९ लाख ५० हजार र १५ लाख गरी दुईवटा चेक बाउन्सको जाहेरी परेको थियो। मेनपावर व्यवसायको आडमा ठगी गर्दै आएका उनले करोडौंको जग्गा किन्ने बहाना गर्दै धनाढ्य व्यक्तिहरूलाई जालमा पार्ने […]

हरिनगर। हरिनगरा बहुमुखी कलेजमा संचालन भैरहेको B. Ed. प्रथम बर्षको बार्षिक परिक्षा सौहार्दपूर्ण वातावरणमा संचालन भैरहेको छ । सुनसरी स्थित हरिनगर गाउँपालिकामा रहेको पूर्वाञ्चल विश्वविद्यालयबाट मान्यता प्राप्त हरिनगरा बहुमुखी कलेजमा संचालन भैरहेको B. Ed. प्रथम बर्षको बार्षिक परिक्षा सौहार्दपूर्ण वातावरणमा संचालन भैरहेको कलेज प्रमुख बलराम मण्डलले बताउनु भयो। स्थानिय तहमै कलेज स्थापना भएपछि बाहिर गएर […]

देवानगञ्ज । संविधानको धारा २१७ बमोजिम गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने व्यवस्था छ । उक्त समितिमा गाउँ सभा वा नगर सभाले आफूमध्येबाट निर्वाचित गरेका दुई जना सदस्य रहने व्यवस्था छ । न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमीन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुंगो लगाउने गर्दछ […]