०१ चैत्र २०८१, शनिबार
15-03-2025 , Sat
×

माओबादी जनयुद्धका पिडित सय परिवारलाई निःशुल्क बिमा

Logo
अजित झा प्रकाशित मंगलबार, फाल्गुण ०१, २०८०

तस्विर : नमो अनलाईन

इनरुवा । सुनसरीको इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले जनयुद्ध दिवसको अवसरमा इटहरीमा रहेका एक सय द्वन्द्व पीडित घर परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गर्ने निर्णय गरेका छन् ।

मङ्गलवार नेकपा माओवादी केन्द्रका पदाधिकारीसँग एक सय द्वन्द्व पीडित घर परिवारलाई निःशुल्क स्वास्थ्य बिमा इटहरी सरकारले गर्ने मेयर पौडेलले निर्णय गरेका हुन् ।
जनयुद्ध दिवसको अवसरमा तत्काल लागु हुने गरी यही आर्थिक वर्षमा कुनै संस्था मार्फत इटहरीमा भएका एक सय द्वन्द्व पीडित घर परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गर्न चार लाख रकम दिने निर्णय गरेको इटहरीका प्रमुख पौडेलले जानकारी दिनुभयो ।

इटहरी क्षेत्रमा बसोबास गर्दै आएका पिडित घाइतेको निशुल्क बिमा गर्ने गरिदिने प्रमुख पौडेलले जानकारी दिनुभयो ।

जनयुद्दमा पिडित बनेकाको निशुल्क बिमा गरिदिने मेयरको भनाई प्रति अत्यन्तै खुसी भएको माओबादीका इटहरी नगर अध्यक्ष बहादुर तामाङले बताउनुभयो । पिडितको नाम तयार गरेर मेयरसँग बुझाउने उहाँले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका–१ रामनगर भुटाहाका लोदाई बहरदारका छोरा राहुल बहरदारले आज बिहान आ त्म हत्या गरेका छन्। उनले आफ्नो घरभन्दा करिब डेढ किलोमिटर पश्चिममा रहेको मकैबारीमा मसला रुखमा झुन्डिएर ज्यान लिएका हुन्। स्थानीयहरूका अनुसार राहुल केही दिनदेखि मानसिक तनावमा देखिएका थिए। उनी प्रेमीकाको विवाह अरू कसैसँग भएको खबर पाएपछि चिन्तित भएका थिए। स्थानीयहरूले […]

देवानगञ्ज । सुनसरी स्थित देवानगञ्ज गाउँपालिका वडा नं. ३ कप्तानगञ्जबाट ३९ के.जी गाजा सहित ईलका प्रहरी कार्यालय देवानगञ्जका प्रमुख कमल विष्टको नेतृत्वमा खटेको प्रहरी टोलिले एकजनालाई पक्राउ गरेको छ। अरविन्द कुमार यादवको घरमा लुकाई राखेको अवस्थामा इलाका प्रहरी कार्यालय देवानगञ्ज, कोशी प्रदेशका PIT शाखा र जिल्ला प्रहरी कार्यालय सुनसरीको सादा पोसाकको संयुक्त टोलिले २०८१ सालको […]

हरिनगर । हरिनगरामा रहेको उपयुक्त कृषि सहकारी संस्था लिमिटेडको ९ औं बार्षिक साधारण सभा सम्पन भएको छ । हरिनगर गाउँपालिका वडा नं. – ४ हरिनगरा स्थित रहेको हरिनगरा माध्यमिक विद्यालयको सभाहलमा गाउँपालिकाकी उपाध्यक्ष रिमझिम कुमारी भगतको प्रमुख आतिथ्यमा सभाको आयोजना गर्दै आर्थिक बर्ष २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्दै साधारण सभा सम्पन भएको हो। सभामा […]