०६ माघ २०८१, आइतबार
19-01-2025 , Sun
×

प्रदेश स्तरीय नेपाल दृष्टि विशेषज्ञ संघको नयाँ कार्यसमिति गठन

Logo
नमो संवाददाता प्रकाशित बुधबार, फाल्गुण ०२, २०८०

तस्विर : नमो अनलाईन

बिराटनगर । नेपाल दृष्टि विशेषज्ञ संघको नयाँ कार्यसमिति कोशी प्रदेश स्तरीय गठन भएको छ ।

शनिबार संघका कोशी प्रदेश अध्यक्ष पंकज राय अधिकारीको अध्यक्षता तथा संघको केन्द्रीय अध्यक्ष निरज देव जोगीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यशाला गोष्ठीमा नयाँ कार्यसमिति गठन भएको हो ।

भेलामा कोशी प्रदेशका दृष्टि बिशेषज्ञहरुको उल्लेख्य उपस्थिति रहेको थियो। आँखा, चस्मा तथा उपचार र परामर्शका बिषयमा आउने समस्या, त्यसको समाधान र पेशागत हितलाई देशको स्वास्थ्यका सन्दर्भमा गर्न सकिने विभिन्न बिषयमा छलफाल सुझाव तथा परामर्श र निचोड माथि छलफल समेत गरिएको थियो ।

८० जना भन्दा बढि कोशी प्रदेशका दृष्टि बिशेषज्ञहरु सहभागी रहेको भेलाले आगामी कार्यकालको लागि अजित कुमार ठाकुरको अध्यक्षतामा १३ सदस्य नयाँ कार्यसमिति गठन गरेको छ। नयाँ कार्यसमितिमा उपाध्यक्षमा अमितकुमार मेहता, सचिवमा राकेशकुमार साह, कोषाध्यक्षमा संजीव कुमार यादव, सहसचिवमा सञ्जयकुमार साह सदस्यहरुमा मनोज कुमार सुनम, राजेश कुमार मेहता, सुबोध कुमार साह, अखिलेश मण्डल, निर्मला चौधरी, गौरव राई, मनोज शर्मा लगायतको चयन भएको छ।

उक्त भेलामा संघका मधेश प्रदेश अध्यक्ष रविशंकर चौधरी, उपाध्यक्ष विकास साह, सचिव अविनाश झा, सहसचिव शिवनरेस गुप्ता, कोषाध्यक्ष राकेश मण्डल लगायतको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देवानगञ्ज । संविधानको धारा २१७ बमोजिम गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने व्यवस्था छ । उक्त समितिमा गाउँ सभा वा नगर सभाले आफूमध्येबाट निर्वाचित गरेका दुई जना सदस्य रहने व्यवस्था छ । न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमीन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुंगो लगाउने गर्दछ […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. १ मध्यहर्षाहीमा रहेको साना किसान कृषि सहकारी संस्था ३६ लाख घाटामामा पुगेको छ। संस्थाले आर्थिक वर्ष २०८०/८१ मा ३६ लाख घाटा व्यहोरी रहेको लेखा प्रतीवेदनले देखाएको छ। संस्थाले पुष २७ गते सम्पन्न गरेको साधारण सभामा सार्वजनिक गरेको लेखा प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षमा २२ लाख घाटामा सञ्चालन रहेकोमा आर्थिक […]

देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाको १६ औं गाउँसभा अधिवेशन सम्पन्न गरेको छ । गाउँपालिकाको अध्यक्ष बेचन प्रसाद मेहताको अध्यक्षता, उपाध्यक्ष विभा कुमारी यादव तथा सभा सचिवको रुपमा प्रमुख प्रशासकीय अधिकृत सुधिर साफी लगायत सभा सदस्यहरुको उपस्थितिमा गाउँ सभा सम्पन्न भएको हो। सभामा गाउँपालिकाकी उपाध्यक्ष कुमारी बिभा यादवले संसोधनका प्रस्तावहरुमा कार्यपालिका निर्णयहरु तथा गाउँपालिका […]